मेरी आमा जस्तो हुनुहुन्छ त्यस्तै छ मेरो देश काटीकुटी केही फरक छैन नाकको टुप्पोमा रिसको हिमाल
आदरणीय गुरु प्राध्यापक प्रेम शर्मासँगको दामोदर कुण्ड यात्रा अविस्मरणीय रह्यो । गुरुको ७० वर्षको त्यो जोस मेरो प्रेरणाको स्रोत बन्यो । दामोदर कुण्डको यात्रा पटक्कै सहज छैन । कठिन छ । चानचुने मुटु र कमजोर स्वास्थ्यले यो यात्रा सम्भव छैन । यात्रा कठिन छ तर अद्भुत छ । यो अत्यन्त चुनौतीपूर्ण, रोमाञ्चक र साहसिक यात्रा हो । सामान्य मानिसले यो हिम्मत नगरे नै हुन्छ । यद्यपि खाने मुखलाई जुँगाले छेक्दैन, घोडा तथा हेलिकोप्टरको पनि प्रयोग गर्न सकिन्छ, स्वस्थ म
मानिस मात्र होइन, उसले निर्माण गरेका संरचना पनि वयस्क हुँदै वृद्ध हुन्छन् । बुढो भएको मानिस पुनः युवावस्थामा फर्किन सक्दैन तर मानिसले बनाएका संरचना भने बुढो, जर्जर र भग्नावेशष भएपछि पनि पुनर्निर्माण गर्न सकिन्छ । ती फेरि तन्नेरी अवस्थामा हुन्छन् । यतिबेला बागमती प्रदेश अन्तर्गतको सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढी क्षेत्र (रानी दरबार) चिटिक्क भएको छ । लाग्छ, सिन्धुलीगढीलाई वर्षौंपछि बैँस आएको छ !
नेपाली लोकगीत लोकसाहित्यको निकै पुरानो र लोकप्रिय विधा हो । साँच्चै भनुँ भने यो लोकजीवनको हरेक क्षणमा उपस्थित भइरहेको हुन्छ । जन्मनासाथै शिशुलाई झोलुङ्गोमा झुलाउँदादेखि नै मान्छेको साइनो लोकगीतसँग सुरु हुन्छ । ‘‘हो हो नानी हो हो... आइज चरी काटूँ कान्
अफिसबाट थाकेर फर्केको थिएँ कोठामा । लौ ल्यापटप त बन्द गर्न नै भुलेँछु । चार्ज १२ प्रतिशत आइपुगेको रहेछ । चार्ज गर्नुप¥यो भनेर हेर्दै थिएँ, एउटा मेलको नोटिफिकेसन देखेँ । महत्त्वपूर्ण मेल हो कि भन्ने लागेर खोलेर हेरेँ, लामो चिठी देखेँ । माथि सम्बोधन गरिएको थियो – प्यारो छोरा ! अब त ठम्याउन गाह्रो भएन, मेल बाबाको रहेछ । त्यसपछिको विवरण यस्तो थियो :
म सदेह तिमीसँग छैन त के भयो ? मेरो हंश तिमीमा एकाकार नै छ नि !
सर्लाहीसहित मधेशका जिल्लामा नेपाली नम्बर प्लेटको तुलनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल बढी सञ्चालन भइरहेका छन्। यहाँका जिल्ला सदरमुकाममै अत्यधिक रूपमा भारतीय मोटरसाइकल प्रयोग हुने गरेको छ। सीमावर्ती क्षेत्रका हाटबजार र गाउँमा नेपाली नम्बर प्लेटका मोटरसाइकल देख्नै मुस्किल पर्छ। तराईमा भारतीय सवारीको बढ्दो प्रयोगले राजस्व सङ्कलनमा कमी मात्रै आएको छैन।
नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार झापामा २६ हजार ४३० जनाले जन्मसिद्ध नागरिकता लिएका छन्।
मोरङ जिल्लाका केही गाउँमा बिजुली, खानेपानी र सडक अझै पुगेको छैन् भन्दा पत्याउन गाह्रो हुन्छ तर उत्तरी मोरङको मिक्लाजुङ–१ को खोला गाउँमा अझैसम्म खानेपानीको अभाव छ। गाउँको नाम खोलागाउँ। तल तेलीखोलामा बाह्रैमास कञ्चन पानी बगिरहन्छ तर माथि खोलागाउँका झन्डै सय घरपरिवारलाई खानेपानीको चरम सङ्कट छ। यही खोलागाउँका बासिन्दा यति बेला तेलीखोलाको पानी गाउँ लैजान जनश्रमदान गरिरहेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ को पाउदुरको पहिरोले मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।
बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आफूखुसी कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (१–१० कक्षासम्म) निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले एक सूचना निकालेर कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।
बाँकेको कोहलपुर नगरपालिकाले हरित नगरपालिका निर्माणका लागि स्थानीयसँग सहयोग लिने भएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीसँग सहकार्य गरी हरित नगरको अवधारणाले मूर्त रूप लिने बताउनुभयो । नगर प्रमुख आचार्यले भन्नुभयो, “नगर क्षेत्रभित्र वृक्षरोपण गरी सहरी सुन्दरता कायम गर्न आआफ्ना घरपरिसरमा सदाबहार हरियाली हुने एवं सौन्दर्य कायम हुने बिरुवा लगाउन सार्वजनिक अपिल गरेका छौँ ।”
नेपाल वायुसेवा निगम १ जुलाई १९५८ मा स्थापना भएको हो। यसको प्रमुख उद्देश्य नेपालभित्र तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायती हवाई यातायात सेवा पु-याउनु हो। देशको पहिलो हवाई कम्पनी भएकाले यसप्रति आमनागरिकको सरोकार र चासो छ। सरकारको पूर्ण स्वामित्व रहेका वायुसेवा निगमको अधिकृत पुँजी रु. ३० करोड रहेको छ। चुक्ता पुँजी रु. १६ करोड २३ लाख र नेपाल सरकारको लगानी २१ करोड ७० लाख गरी निगमको कुल पुँजी रु. ३७ करोड ९३ लाख छ। ठुलो पुँजी लगानी गर्नुपर्ने यस्तो व्यवसायका लागि यो पुँजी ज्यादै न्यून हो। निगमको अधिकृत पुँजी ४० देखि ५० अर्ब जति बढाउन आवश्यक भइसकेको छ। पुँजीको अभाव पूरा गर्न निगमले आफ्नो पुँजीभन्दा बढी हुने गरी बाह्य ऋण र बैङ्कहरूसँग सञ्चयकोष र नागरिक लगानी