आज राष्ट्रिय धान दिवस । किसान धान रोप्नमा व्यस्त हुन थालेका छन् । कृषिमा आश्रित किसान यतिबेला खेतमा रमाइरहँदा गत वर्ष आजका दिनसम्म २५ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष भने नौ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ ।
कैलालीमा यसवर्ष रोपाइँ अझै पनि न्यून रहेको छ । सिँचाइ असुविधाका कारण किसानले असार १५ सम्म थोरै रोपाइँ गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताउनुभएको छ ।
मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
बगनासकाली गाउँपालिकाले ‘सिभिल प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ । विकासे योजनाहरूमा प्रयोग हुने कच्चा पदार्थको जाँच गर्ने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
ताप्लेजुङका बाढीपहिरो पीडित परिवारलाई कलाकार कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी टोलीले राहत सहयोग उपलब्ध गराएको छ ।
करिब देशभरि धान रोपाइँ कार्यक्रम भइरहँदा बाँकेमा भने अधिकांश खेत बाँझै रहेका छन् । कृषि ज्ञान केन्द्र बाँकेले असार १५ सम्म जिल्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ प्रतिशत धान रोपाइँ भएको छ ।
आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ । असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा रोपाइँ सुरु भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त हुनुभएको छ । प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त गर्न असफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउनका लागि द्विपक्षीय चासोका विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्नु भएको छ । उहाँले मतविभाजनबाट विश्वासको मत परीक्षण गर्न चाहेको भन्दै प्रस्ताव गर्नुभएको हो ।
कराँचीको बल्दिया सहरमा सशस्त्र अपराधीहरूले ‘व्यक्तिगत दुस्मनी’ को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन् ।
रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा बम विष्फोटमा संलग्न भएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।
आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’महिनाको रूपमा लिने गरिन्छ । असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा रोपाइँ सुरु भएको छ । दर्के झरी र चर्को घामको प्रवाह नगरी जिल्लाका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने बताउनुभएको छ ।