बाँकेको कोहलपुरमा २८ करोडको लागतमा निर्माण गरिएको पश्चिम नेपालकै अत्याधुनिक नमुना बसपार्क आगामी साउन १ बाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।
लम्पी स्किन रोगका कारण सुदूरपश्चिम प्रदेशमा १० हजार ९३९ पशुको मृत्यु भएको छ । पछिल्लो समय गाई भैँसीमा महामारीको रूपमा देखिएको यो रोगबाट प्रदेशको नौ वटै जिल्लामा पशुचौपायाकाे मृत्यु हुने क्रम बढेको छ ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. वेदुराम भुसाल धान रोपाइँमा सहभागी हुनुभएको छ । शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोप्नुभएको हो ।
स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्न बाली संरक्षण गर्ने नीति ल्याएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेको छ ।
आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ । भौगोलिक बनावट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको सुविधा छैन ।
युवा तथा खेलकुमन्त्री एवम् नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
भक्तपुरमा दही कान्छाले परिचित जगाती चोकमा जय शम्भु जुजु सेन्टरका सञ्चालक सिद्धिराम त्यातलाई आज बिहानैदेखि भ्याइनभ्याइ छ ।
‘मानो रोपेर मुरी फलाउने’ नेपाली मान्यतालाई सार्थक पार्दै शुक्रबार चितवनको भरतपुरमा २० औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव आयोजना गरिएको छ ।
अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताउनुभएको छ ।
नेपाल साहित्यिक पत्रकार सङ्घको १७ औँ स्थापना दिवसका अवसरमा सङ्घले पाँच साहित्यिक पत्रकारलाई सम्मानित गरेको छ ।
पाकिस्तानले बिहीबार वाशिङ्गटनमा आईएमएफले तीन अर्ब डलरको नयाँ स्ट्यान्ड–बाइ सम्झौताको व्यवस्था गरेसँगै केही राहत अनुभव गरेको छ । चुलिँदो वैदेशिक ऋणले आक्रान्त बन्दै गएको देशमा यसले अस्थायी राहत अनुभव गर्ने छ ।
मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत-जावत गर्न केही सहज भएको छ ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ को चुँदीफाँटलाई कृषि पर्यटनको नमुना केन्द्र बनाइने भएको छ ।
जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कान ले आज (शुक्रबार) भेट गर्नुभएको छ ।
पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए ।