दाङ जिल्लामा हालसम्म करिब ८ प्रतिशत धान रोपाइँ भएको छ ।
मधेश प्रदेशमा कार्यरत गोरखापत्रका समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने गरी ल्याइएको दाबी गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गर्नुभएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका–४ बन्चरे भन्ने स्थानमा बसका सहचालक मृत अवस्थामा भेटिएपछि स्थानीयहरूले यातायात अवरुद्ध गरेका छन् ।
सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ।
बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका –५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
धान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पाँच जना कृषकलाई नगदसहित पुरस्कृत गरेको छ । एक जनालाई प्रदेश सर्वोत्कृष्ट र चार जनालाई प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट सम्मान गरेको हो ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाले दायर गरेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको छ।
कोहलपुरमा पाटेबाघको छाला र हड्डी सहित तीन जना पक्राउ परेका छन् । कोहलपुर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो ।