सम्बन्ध भावनामा अनुबन्धित हुन्छ। भावनालाई राजनीति, औपचारिक कानुन अनि चिन्तन र दर्शनका दायराले बाँध्नै सक्दैन। आमा र सन्तानबिचको सम्बन्धलाई भावनाले उनेको हुन्छ। विशेषतः हिन्दु धर्मग्रन्थलाई हेर्ने हो भने आमाबुवालाई लौकिक र पारलौकिक परिस्थितिसम्म पूजा गरिन्छ। जीवन रहेसम्म “मातृ देवो भवः, पितृ देवो भवः” भनेरै देवताका रूपमा पुजिन्छ। मृत्युपश्चात् पनि पितृदेवताका रूपमा श्राद्ध गर्ने हिन्दु संस्कृतिभित्रको प्रचलनले अभिभावकप्रतिको श्रद्धालाई उच्च स्थानमा राखिएको देखिन्छ। धार्मिक ग्रन्थ रामायणको कथा अनुसार श्रवणकुमारले देखाएको मातापिताको भक्तिलाई मूल्याङ्कन गरेर स्वयम् भगवान् वि
उपकुलपति एवम् बाल साहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बाल-साहित्य बालबालिकाका लागि बीज तत्त्व भएको बताउनुभयो । शुक्रवार काठमाडौँमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बाल साहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बाल साहित्यको अवस्था विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बाल साहित्यको समावेश लगायतका विषयमा भएको अन्तरक्रियामा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
नारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रको सडक पुन अवरुद्ध बनेको छ । बिहीबार मध्यान्न १:२० बजे देखि लगातार खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रवार अपराह्न ६ बजे एकतर्फी खुले पनि अवरुद्ध बनेका गाडीहरू पुरै पार हुँदहुँदै शनिबार उज्यालो हुनु पूर्व ३:३० बजे देखि पुनः अवरुद्ध बनेको छ ।
एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, “तपाईंको पहाड घर कहाँ हो ?” त्यसपछि “आफू कसमा ?” भनेर जात–विरादरी सोध्छन् या सोध्लान्। कवि भूपाल राईले लेखेको यही शीर्षकको कवितामार्फत चर्चाको गाँठो यो लेखोटमा गरिने छ। यसअघिको आलेखमा कविताकै चौदण्डीभित्र विचरण गर्नु परेकाले विषय विस्तारको गहिराइमा पुग्ने सीमा थियो। त्यो सीमित चौघेरा नाघेर यो खण्डमा वाक्यको अर्थ–राजनीति र भू–राजनीतिको सिक्का केलाउने प्रयत्न गरिएको छ। अर्थात् अघिल्लो आलेखको यो पूरक लेख हो।
नेपाली सेनालाई मुलुककै जेठो, ऐतिहासिक र गौरवशाली सङ्गठन मानिन्छ। स्थापनाकालीन इतिहासदेखि नै मुलुक रक्षार्थ सैनिक सङ्गठनले निर्वाह गरेको भूमिका सराहनीय छ। पछिल्लो छ दशकदेखि सङ्गठनले विश्व शान्तिमा पु¥याएको योगदान अद्वितीय छ। त्यसकै माध्यमबाट नेपालको परराष्ट्र नीतिमा परेको सकारात्मक प्रभावका कारण विश्व शान्ति कायम गर्न स्थापित ‘छाता सङ्गठन’ संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाको उच्च मूल्याङ्कन गरेको छ। शान्ति स्थापनामा सैनिक सङ्ख्या थप
बजारमा जुम्ली स्याउको माग बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ। जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने कार्य अघि बढेको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदान दिने कार्यनीतिले स्याउ खेती विस्तार हुँदै गएको हो। आर्थिक वर्ष २०७३/७४ सालदेखि प्रधानमन्त्री
आर्थिक मन्दीका कारण देशैभर राजस्व सङ्कलनमा ह्रास आइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जले भने चालु आर्थिक वर्षको ११ महिनामै अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ। वन र वन्यजन्तुको अवलोकनमा विश्वमै ख्यातिप्राप्त चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धिसँगै राजस्व सङ्कलनमा पनि उल्लेखित वृद्धि भएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आव २०७९/८० को ११ महिनामा २८ करोड ९९ लाख ७० हजार ६७० रुपियाँ राजस्व सङ्कलन भएको छ।
सार्वजनिक निकायहरूको लेखापरीक्षणको विश्वसनीयता कायम गर्न महालेखा परीक्षकले गर्ने कार्यलाई दबाबरहित बनाउँदै लैजानु आवश्यक रहेको सरोकारवालाहरूले उल्लेख गरेका छन्। महालेखा परीक्षकको कार्यालयको ६५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा लेखापरीक्षणको नतिजालाई वास्तविक बनाउन पनि दबाबमुक्त वातावरण आवश्यक रहेको सरोकारवालाको भनाइ थियो।
गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ। खरेलकै शब्द तथा सङ्गीत रहेको गीतमा विशम आचार्यको व्यवस्थापन रहेको छ। भिडियोमा कामेश्वर चौरेसिया, पुष्प खड्का, कविता नेपालीलगायतको अभिनय छ।
नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ प्राध्यापक घनश्याम कँडेललाई प्रदान गर्ने भएको छ। पुरस्कार असार २९ गते ११० औँ भानु जयन्ती समारोहमा समर्पण गरिने छ। पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ। त्यस्तै बैठकले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ शैलेन्दुप्रकाश नेपाललाई प्रदान गर्दै छ भने पुरस्कार साउन ३२ गते परिषद्को ७३ औँ वार्षिकोत्सव समारोहमा समर्पण गरिने छ। पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ। अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो।
नेपाली समाजमा कामको अधिक चटारो परेमा एउटा उखान भन्ने गरिन्छ ‘आफूलाई असार १५ जस्तो भएको छ।’ हो, कृषि प्रधान देशमा असार १५ भनेको निकै चटारोको दिन हो। असारमा रोपेको मानोले नै मङ्सिरमा मुरी भित्रिने हो। त्यसैले यो दिन किसानका लागि उत्तिकै महत्वपूर्ण दिन मानिन्छ। असार १५ सम्म पनि रोपाइँ गर्न नपाए वा नसकेमा उनीहरू ठुलो बेचैनीमा पर्छन्। पानीको भेल छोपेर रोपाइँ गर्न नसके किसानको भकारी भरिँदैन। यतिबेलासम्म सुबिस्ताले रोपाइँ सके भने दही चिउरा जस्ता मिठा परिकार खाएर उत्सव मनाउने गर्छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधान २०७२ ले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको र त्यसलाई कार्यान्वयनका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी भएको बताउनुभएको छ। २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा शुक्रबार शुभकामना दिँदै उहाँले देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन सरकारले सिँचाइ सुविधाको विस्तार, रासायनिक मल तथा बिउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यव्रmमलाई कार्यान्वयनमा ल्याएको पनि धारणा राख्नुभयो। विभिन्न प्रयासले धान उत्पादन वृद्धि भए पनि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्सेनि बढ्दै गएको उहाँले बताउनुभयो।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने जनाएको छ । महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले विगतमा बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री गर्ने कम्पनी नवीकरण नभएका कारण महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने निर्णय गरेको जानकारी दिनुभयो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ ।