• १३ साउन २०८१, आइतबार

‘आदिकवि भानुभक्त पुरस्कार घोषणा’

blog

काठमाडौँ, असार १६ गते । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ प्राध्यापक घनश्याम कँडेललाई प्रदान गर्ने भएको छ। पुरस्कार असार २९ गते ११० औँ भानु जयन्ती समारोहमा समर्पण गरिने छ। पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ। त्यस्तै बैठकले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ शैलेन्दुप्रकाश नेपाललाई प्रदान गर्दै छ भने पुरस्कार साउन ३२ गते परिषद्को ७३ औँ वार्षिकोत्सव समारोहमा समर्पण गरिने छ। पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ। अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो।