संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता यहाँको राजनीतिमा पनि बढ्दो क्रममा देखिएको छ। बेलायतका विभिन्न तहका काउन्सिलमा अहिले एक मेयर, एक उपमेयर र १० जना काउन्सिलर पदमा नेपाली मूलका निर्वाचित भएका छन्। सन् २०१० अघि भने फाट्टफुट्ट नेपाली मात्र स्थानीय तहमा निर्वाचित भएका थिए। सन् २००९ पछि ब्रिटिस गोरखा परिवारलाई आवासीय सुविधा दिएसँगै नेपालीको सङ्ख्या बढेपछि राजनीतिक सहभागिता पनि बढेको हो।
कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक विशेष कारणवश शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा आज दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुङ्गा खसेपछि पन्छाउन सकिएको छैन ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको छ।
गुल्मीमा चक्लाबन्दीमा फलफूल खेती सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा रेसुङ्गा नगरपालिका –४ अर्खलेमा १५० रोपनी जग्गामा चक्लाबन्दी गरी अहिले ११३ रोपनी जग्गामा फलफूल खेती अन्तर्गत सुन्तला र कागती खेती सुरु गरिएको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुभएको छ ।
मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा चिनिने असारमा किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका –६ डिहुलीका स्थानीयलाई सुपानेट झुल वितरण गरिएको छ । वडा कार्यालयको आयोजना तथा वीर फाउन्डेसन नेपाल र नमस्ते बालबचाउ नेपालको व्यवस्थापनमा वडाभित्र रहेका ६ सय जनालाई एक–एक थानका दरले झुल वितरण गरिएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले किसानलाई तोरी पेल्ने मिल (आयल एक्स्पेलर) वितरण गरेको छ । मिक्वाखोला गाउँपालिकाका पाँचमध्ये तीनवटा वडाका किसानलाई सो मिल वितरण गरिएको हो ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । एक कार्यक्रमबीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यावसायिक रूपमा कृषिखेती गर्दैआएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कृषि औजार वितरण गरेको हो ।
भक्तपुर नगरपालिका –२ व्यासीमा माटोको भाँडोमा जुजु धौ (दही) तयार गर्दै व्यवसायी । नेपाली समाजमा भोली असार १५ मा दही चिउरा खाने प्रचलन छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताउनुभएको छ ।
जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको आज अवलोकन गर्नुभएको छ।
एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ दोस्रो चरणको प्रवेश गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पियरे ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ । चार दिवसीय भ्रमणका लागि नेपाल आउनुभएका उपमहासचिव पियरेलाई आज लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।