काठमाडौँको गोठाटारमा गोली हानेर मोहम्मद दर्जी (लाल मोहम्मद)को हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई अनुदान उपलब्ध गराउनका लागि कार्यविधि बनाएको छ । ज्येष्ठ नागरिकबाट शुल्क लिएर वा नलिई दिउँसोको समयमा हेरचाह गर्नका लागि मन्त्रालयले यस्तो मिलन केन्द्रको अवधारणा ल्याएको हो ।
पौराणिक कालदेखि नै चलिआएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो। कृषिप्रधान हाम्रो मुलुकमा अन्न बाली लगाइसकेर यस बीचमा राम्रो लगाउने, मिठो मसिनो खाने तथा आफन्त र मान्यजनसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्दछ दशैँ !
राष्ट्रिय निकुञ्जको स्वीकृति लिएर एकाध बदमासलाई पक्रेर तह लगाउनबाहेक जङ्गली बाँदर पक्रिन कानुनले वर्जित गरेको छ। पक्रिएकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा स्थान्तरण गर्दा समस्या पनि सर्न सक्छ। निकुञ्ज वरिपरिका बस्तीमा त्यही समस्या बल्झिन सक्छ ।
ललितपुर महानगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचार खर्च उपलब्ध गराउने भएको छ । महानगरपालिकाको समाज कल्याण महाशाखाअन्तर्गतको जनस्वास्थ्य शाखाले त्यस्तो खर्च आवश्यक पर्नेहरूसँग निवेदन माग गरेको छ ।
निर्वाचनको समयमा मिथ्या सूचना रोक्न सबैभन्दा ठूलो चुनौती थपिएको छ। राजनीतिक दल र तिनका कार्यकर्ताबाट आइरहेका सूचनामा मिडियाको भर पर्ने परम्परा रहेका कारण मिडियाबाटै गलत समाचार सम्प्रेषण भइरहेका छन्। यस्ता सूचनाका कारण लोकतन्त्रका आधारस्तम्भ कमजोर हुने भएकाले सूचना सम्प्रेषणमा ‘क्रस चेक’ अति आवश्यक देखिएको छ।
दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ । जिल्लाभित्र चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनले जथाभावी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओराल्ने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
शेर्पा भाषा
चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दशैँ अवधिभर काभ्रे जिल्लाभर टिप्पर सञ्चालन गर्न रोक लगाइएको छ । दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिप्पर नचलाउने निर्णय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले गरेको हो । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बीपी राजमार्ग भएर पूर्वी जिल्ला जाने सवारीको यान्त्रिक परीक्षण गरेको छ ।
मगही भाषा
चाडपर्वमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले प्रदेशअन्तर्गतका मकवानपुरसहित चार जिल्लामा चाडपर्वलाई लक्षित गरी शुक्रबारबाट ‘टाइम कार्ड’ लागू गरेको हो ।
सामाजिक सुरक्षा भत्ता लिने नागरिकले सहजै रूपमा आफ्नो रकम लिऊन् भन्दै सरकारले बैङ्कमार्फत भुक्तानीको व्यवस्था मिलाएको छ । रामेछापमा भने बैङ्कहरूले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा नागरिकले सास्ती बेहोर्नु परेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शु
तनहुँ, असोज १४ गते । पिकअप भ्यानको ठक्करबाट तनहुँमा एक पैदल यात्रुको शुक्रबार दिउँसो मृत्यु भएको छ ।