संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ ।
दशैँको उल्लास छ । बजारमा चहलपहल बढेको छ । दशैँमा चाहिने सामग्री किन्न र खर्चको जोहो गर्न सबै व्यस्त रहँदा ९० वर्षीया लक्ष्मी
जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ।
खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको फाँटमा चर्दै गरेका भेंडाका बथान ।
काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले बिहीबार सहरका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य बस्तु जफत गरेको छ ।
काठमाडौं, असोज १३ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् भएको बताउनुभएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। नेता खनालले व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने बताउनु भयो। उहाँले देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेद कायम रहेको भन्दै त्यस्ता विभेदलाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेकको विकल्प नरहेको स्पष्ट पार्नुभयो। उहाँले समाजवादले मात्रै समाजमा भएका वर्गीय शोषणलाई समाप्त गर्नसक्ने बताउनु भयो। हालसम्म महिलालाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताउनु भयो। उहाँले समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्ने बताउनु भयो।
चन्द्र पन्दाकताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङ खुला म्याराथन (दौड) को उपाधि दलबहादुर कुँवरले जित्नुभएको छ। बिहीबार सम्पन्न ताप्लेजुङ खुला म्याराथनको उपाधि जुम्लाका कुँवरले जित्नुभएको हो। ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनको विजेता कुँवरले निर्धारित ४२ किलोमिटर दूरी चार घण्टा १२ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभएको थियो। कर्णाली रिपोर्टिङ क्लबमा आबद्ध कुँवरले खुला म्याराथनको उपाधिसहित एक लाख ५१ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ। यस्तै नेपाल आर्मीको गजुरी धादिङस्थित शिवदल गणमा कार्यरत खगेन्द्रबहादुर भाट म्याराथनको उपविजेता बन्नुभएको छ। भाटले निर्धारित उक्त दूरी चार घण्टा १२ मिनेट ५७ सेकेण्डमा पार गर्नुभएको थियो। म्याराथनका तृतीय भने पाँचथरस्थित रणशेर गणमा कार्यरत नपाली सेनाका राजन मेयोङ्बा चार घण्टा १२ मिनेट ५८ सेकेण्डमा उक्त दूरी पार गर्दै तृतीय बन्नुभएको छ। उपविजेता र तृतीयले क्रमशः एक लाख ११ हजार १११ र ५१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ। यस्तै महिला हाफ म्याराथनतर्फ ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाकी समपाल्मु शेर्पाले उपाधि जित्नुभएको छ। निर्धारित २१ किलोमिटर दूरी तीन घण्टा १३ मिनेट ९ सेकेण्डमा पार गर्दै शेर्पाले उपाधि जित्नुभएको हो। उहाँले उपाधि जितेसँगै ८१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ। यस्तै भोजपुर जिल्लाकी छेन्वीमाया राईले चार घण्टा ९ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै महिला हाफ म्याराथनको द्वितीय र ताप्लेजुङकै मिक्वाखोला गाउँपालिका–३ लिबाङकी पेम्बाल्हामु शेर्पा चार घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दूरी पार गरी तृतीय बन्नुभएको छ। द्वितीय बन्न सफल राई र तृतीय शेर्पाले क्रमशः ५१ हजार १११ र ३१ हजार १११ रुपियाँ नगद राशीको पुरस्कार प्राप्त गर्नुभएको छ। खुला म्याराथनका लागि सदरमुकाम फुङ्लिङ बजारदेखि तीन हजार ७९४ मिटरको उचाइ रहेको पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने गरी दौडस्थल कायम गरिएको थियो। त्यस्तै महिला हाफ म्याराथनतर्फ फुङ्लिङ बजारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर पुनः फुङ्लिङ बजार आइपुग्ने स्थल कायम थियो। म्याराथनको खुलातर्फ एक सय ३५ र महिला हाफतर्फ २४ जनाले सहभागिता जनाएका थिए।मङ्गलबार सुरु भएको तीन दिने ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९’ बिहीबार सम्पन्न भएको हो। महोत्सव पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बन्धन समिति र नेपाली सेनाको भीमकाली गुल्म ताप्लेजुङले संयुक्त आयोजना गरेका हुन्।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढासहितका नेताकार्यकर्ता एमालेमा फर्किनुभएको छ।
कोरोना महामारीले गर्दा लामो समयसम्म कपिलवस्तुका नेवार समुदायले आफ्ना परम्परागत संस्कृतिमा रमाउन पाएका थिएनन् । गत तीन वर्ष यता ठूला सांस्कृतिक समारोह गर्न नपाएका नेवार समुदाय यस पटक भैरव जात्रामा रमाएका छन् ।
नेपाल टुरिजम एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि सुवास तामाङले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न तीन दिने ५४ होलको प्रतियोगितामा सुवासले कूल १० अन्डर २०८ खेल्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बालकोटमा जारी छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
काठमाडौं, असोज १३ गते । चिरञ्जीवी, सलमान खान र नयनतारा अभिनीत दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सलमान खानलाई चिरञ्जीवीको दाइको भूमिकामा देख्न सकिन्छ । ट्रेलरमा नयनतारा र सत्यदीप कञ्चनाको चरित्रलाई पनि देखाइएको छ । 'गडफादर' अक्टोबर ५ अर्थात् दशैं टीकाको दिन रिलिज हुने भएको छ ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा अवसर नपाउँदा तुरुन्तै अन्त हाम फाल्ने प्रवृत्ति रहेको बताउनुभएको छ ।