जिल्लामा पछिल्ला दिनमा डेङ्गीको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ ।
सर्लाहीको बरहथवामा वन्यजन्तुबाट तरकारी जोगाउन थापिएको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ । काउली खेतीमा निलगाईलगायत अन्य जीवजन्तु प्रवेश गर्न नदिन बिजुलीको नाङ्गो तारमा प्रवाह गरिएको करेन्ट लागेर बरहथवा नगरपालिका –१४, बिन्माटोलका ४५ वर्षीय शिवजी साहको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न निर्देशन दिनुभएको छ ।
अफगानिस्तानमा बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ ।
रामारोशन अछामको मात्रै नभई सुदूरपश्चिमकै पर्यटकीय तथा धार्मिक क्षेत्र हो । रामारोशन लाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्बदन्ती रहीआएको छ । एकथरीले यो क्षेत्रमा शिव-पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन् ।
नेपालगञ्जमा वन कार्यालयको टोलीले बुधवार विहान एक सःमिलमा छापा मारी अवैध सालको चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लामा डेङ्गीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले दैनिक डेङ्गीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण किट नभएको गुनासो गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को काम सम्बन्धन बाँड्ने नभएको बताउनुभएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गाे भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमै पहिलो प्रसूति कुरुवा घरका रूपमा जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरवा घर सञ्चालनमा आएको हो ।
चुलाचुली गाउँपालिका–५ का ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरुङको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत इलामले जन्मकैदको सजाय सुनाएको छ ।
इजरायलबाट मृतक १० जना नेपाली विद्यार्थीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी कोरिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो ।
पश्चिम नेपालको प्रमुख सीमानाका नेपालगन्जस्थित जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।चाडपर्व मनाउन भारतबाट स्वदेश फर्किनेहरूको सङ्ख्या बढ्दै गएपछि उनीहरूको सहयोग र सहजताका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
इजरायलमा प्यालेष्टिनी हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका विद्यार्थीको सम्झनामा नेपालगञ्जमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।