राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेश गर्नुभएको हो।
अटो एक्स्पो दशैँ कार मेलामा पुरानो (सेकेण्ड ह्याण्ड) गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधबारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दशैँ लक्षित अटो एक्स्पो सुरु गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी गरेको छ । एन्फाको बुधबार सम्पन्न विशेष साधारण सभामा ‘ए’ डिभिजन लिग पुसमा गरिने प्रस्ताव गरिएको हो ।
दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन् । आफु अनुकलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य र कार्यपालिका सदस्यहरुले लमही नगरपालिमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार एकै दिनमा दुई जना सङ्क्रमितको मृत्यु भएसँगै डेंगु सङ्क्रमण्बाट ३८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६८७ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको संयोजनमा चाडपर्व लक्षित शुभकामना तथा चियापान कार्यक्रम भएको छ।
दशैं सुरक्षा योजनाअनुसार जिल्ला प्रहरी कार्यालयले गरेको सवारी चेकजाँचको क्रममा नियमविपरित यात्रु बोक्ने ४३ जना सवारी साधन कारबाहीमा परेको छ् । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा प्रहरी चौकी रानिमत्ता, पाल्तडा, राकम कर्णाली र इलाका प्रहरी कार्यालय दुल्लुबाट गएको ट्राफिकसहितको टोलीले एक सय १० सवारी चेकजाँच गर्दा ४३ सवारी साधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
धनकुटामा सम्पन्न रोड रेस प्रतियोगिताको खुला तर्फको उपाधि नेपाल आर्मीका देवराज बस्नेतले जित्नु भएको छ । विश्व मुटु दिवसको अवसर पारेर बिहीबार धनकुटामा आयोजना गरिएको प्रतियोगितामा बस्नेतले १५ किलोमिटर दुरी दौड एक घण्टा एक मिनेट १९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।
खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ ।
नेपाली सेनाको बिकास निर्माण दलले कर्णाली करिडोरको हुम्ला र बाजुुरा खण्डमा गर्दैआएको काम रोकेको छ । सडक निर्माण कार्यमा खटिदै आएका कामदार दशैं मनाउन घर गएपछि सेनाले काम रोकेको हो ।
विश्व खाद्य सङ्गठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ ।
तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा ‘विशेष छुट’ हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ ।