दुई अर्ब रुपियाँको लगानीमा फस्ट च्वाइस फुड्स प्रालिले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा आलुबाट बन्ने फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको छ । फस्ट च्वाइस फुड्स प्रालिले गत साउन २ गतेदेखि गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमै उत्पादन थालेको जनाएको छ । उद्योगले नेपालमै पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको हो । उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले भौतिक संरचना निर्माण र मेसिन
पाँच हजार डलर रकमको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ वालिङ नगरपालिकाले पाउने भएको छ ।
नेपथ्यले क्यानडाको शृङ्खलाबद्ध यात्रा सम्पन्न गरेको छ । कन्सर्टबाट मनोरञ्जन लिनका लागि दर्शकको निकै ठुलो भिड लागेको नेपथ्यले जनाएको छ ।
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।
चलचित्र ‘पशुपति प्रसाद–२ भस्मे डन’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा भस्मे डनको भूमिकामा अभिनेता विपिन कार्की देखिनुभएको छ भने नायिका स्वस्तिमा खड्का र अर्का दुई नायक सौगात मल्ल र रवीन्द्रसिंह बानियाँ पनि ट्रेलरमा अटाउनुभएको छ । ट्रेलरमा प्रेम र बदलाको कथा पाइन्छ । चलचित्रले ‘पशुपति प्रसाद’ को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भस्मे डन’ को जीवनलाई रोमाञ्चक तरिकाले चलचित्रमा देखाउन खोजिएको छ । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापामगरलगायत कलाकारको चलचित्रमा अभिनय रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
टेलिभिजन रियालिटी सो ‘महागफाडी’ को फिजिकल अडिसन सम्पन्न भएको छ । सोका निर्देशक नरेशनाथ योगी (किङ योगी) का अनुसार हजारौँ आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका एक सय प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानिएका छन् ।
लोक सेवा आयोगले बुधवार (आज) गोरखापत्रमा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन भएन । आयोगले मङ्गलवार निर्णय गरी बुधवारको तालिकामा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन गर्न नसकिने सूचना जारी गरेको थियो ।
विश्व बैङ्कद्वारा सन् २०२३ अक्टोबर ३ मा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? ३.९ प्रतिशत – अक्टोबर ३ मा सार्वजनिक ‘नेपाल विकास अपडेट : निर्यातको प्रतिस्पर्धात्मकता पुनस्र्थापना’ प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको । – विश्व बैङ्कले सन् २०२५ सम्म नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने जनाएको । गत चैतमा विश्व बैङ्कले चालु आवको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।
उपभोक्ता समिति र अधिकार १. उपभोक्ता समिति भनेको के हो ? उपभोक्ता समितिबाट निर्माण कार्य गराउनुका फाइदाहरू उल्लेख गर्नुहोस् । निर्माण कार्यबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूले कुनै निर्माण कार्यको निर्माण, सञ्चालन, मर्मत सम्भार गर्नका लागि आफूहरूमध्येबाट गठन गरेको समितिलाई उपभोक्ता समिति भनिन्छ । लाभग्राहीहरूको प्रत्यक्ष सहभागितामा विकास निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्दा विकास कार्य प्रभावकारी हुने विश्वासका साथ उपभोक्ता समितिलाई सामान्य प्रकृति
जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबिच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएको छ । जर्मनीमा मङ्गलबार भएको एक औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबिच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले गएको शुक्रबार मात्र द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुुस्ताङबाट भेडाच्याङग्रा निकासी हुुन थालेको छ ।
जुम्लाको हिमा नदीको किनारमा रहेको फाँटमा सिंजा गाउँपालिकाका स्थानीयले लगाएको पाक्न थालेको धान ।
रुपन्देही र आसपासका जिल्लामा दिगो र पर्याप्त विद्युत् उपलब्धता र पूर्वी नेपालको विद्युत् प्रसारण लाइनसँग आबद्धता बढाउने उच्च क्षमताको कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन तयार भएको छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्नका लागि एक हजार दुई सय मेगावाट क्षमता विद्युत् आपूर्ति गर्ने क्षमताको प्रसारण लाइन सोमबारदेखि चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।