कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो देशको राष्ट्रिय फल के राख्ने त्यसका बारेमा अध्ययन सुरु गरेको छ । राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नुपर्ने प्रस्ताव गरेपछि कृषि मन्त्रालयले त्यसको अध्ययन थालेको हो । कृषि मन्त्रालयले स्रोत केन्द्रबाट आएको प्रस्तावलाई अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरलाई जिम्मेवारी दिएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न गम्भीर छलफल आवश्यक भएको बताउनुभएको छ। शनिबार राजधानीमा आयोजित इनरुवा सेवा समाजको गठन एवं नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देश र समाजले संविधान पाइसकेकोले भाषण मात्रै नभई व्यवहारमा देशको समुन्नति, विकास र समृद्धिको बाटोमा अग्रसर हुनसमेत अपिल गर्नुभयो।
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको तीन महिना बितिसकेको छ तर अझै प्रदेश सभाअन्तर्गत बन्नुपर्ने विषयगत समिति गठन भएको छैन। सङ्घमा सत्ता समीकरणमा आएको परिवर्तन र दलहरूबीचको विवादको प्रत्यक्ष प्रभा
भरतपुर अस्पतालमा बिरामीको चाप बढिरहेको छ। बिरामीको बढ्दो चापलाई थेग्न जनशक्ति र पूर्वाधार भने पर्याप्त नरहेको बताइएको छ। आर्थिक वर्ष २०७८/७९ मा भरतपुर अस्पतालमा दुई लाख ८० हजार ५११ जना बिरामीको उपचार भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। भरतपुरमा शनिबार आयोजित अस्पतालको वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार सो आर्थिक वर्षमा अस्पतालको ओपीडीमा दुई लाख ५२ हजार ८९४ र आकस्मिक तर्फबाट २७ हजार ६१७ बिरामीको उपचार भएको हो। सो अस्पतालमा आव २०७७/७८ मा एक लाख ७१ हजार १३ र २०७६/७७ मा दुई लाख ५२ हजार ६९ जना बिरामीले उपचार गराएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अबको छ महिनाभित्र जसरी पनि कम्तीमा एकचोटि पशुपति पुगेर एउटा तस्बिर खिच्नैपर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले मुुलुकलाई पशुपतिनाथजस्तै पवित्र र सफा राख्नुपर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरका विभिन्न ठाउँमा सडकको क्षेत्राधिकार मिचेर बनाइएका प्रहरी बिट हटाउन सम्बन्धित मन्त्रालय र निकायलाई आग्रह गर्नुभएको छ । उहाँले शानिबार सामाजिक सञ्जालमार्फत महानगरभित्र सडक तथा सडकपेटी मिचेर निर्माण गरिएका १९ वटा प्रहरी बिटको ठेगानासहित तस्बिर सार्वजनिक गर्दै यथाशीघ्र हटाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको हो ।
स्वास्थ्य बिमा गरेका ५५ प्रतिशतले स्वास्थ्य सेवा नलिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । ६४ लाखभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा ५५ प्रतिशतले स्वास्थ्य सेवा नलिएको तथ्याङ्क सार्वजनिक गरिएको हो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले ६४ लाख ५४ हजार ७७२ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको जानकारी दिनुभयो । उक्त सङ्ख्या नेपालको कुल जनसङ्ख्याको २२ प्रतिशत हो । बिमा नवीकरण गर्नेको सङ्ख्या भने ३८ लाख ७१ हजार ८५० छ । सरकारले स्वास्थ्य बिमा सुरु गरेको सातौँ वर्षको उपलक्ष्यमा स्वास्थ्य बिमा बोर्डले शनिबार आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएका छन् ।
मधेसका आठ जिल्लामा रहेको दास प्रथा हरवा चरवाको पुनस्र्थापनाको मागसहित चार दिने अधिकार यात्रा २०७९ आज शनिबारदेखि सुभारम्भ भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक कार्यक्रमबीच आज सो अधिकार यात्राको रिबन काटेर सुभारम्भ गर्नुभएको हो ।
उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा शनिबार विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ।
पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्र नै हामी सबैको पहिचान भएको बताउनु भएको छ ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघमा ४१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।
सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताउनुभएको छ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ । शनिबार साँझ भएको खेलमा युनाइटेडले एभर्टनलाई २–० गोलले हरायो ।