मनोपरामर्शविद् तथा साहित्यकार खिमा रिजालको अन्तर्मनका रङ्गहरू सार्वजनिक भएको छ ।
नेपालमा यस वर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ ।
हिमाली जिल्ला हुम्लाको माथिल्लो क्षेत्रमा कात्तिक १ गतेदेखि मात्र पाकेको स्याउ टिप्न पाइनेभएको छ । गुणस्तरीय स्याउ बजारमा ल्याउन यो नियम ल्याइएको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले मङ्गलबार बताएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो ।
बागमती प्रदेश सभाको चालु अधिवेशन आज (मङ्गलबार) रातिबाट अन्त्य गरिने भएको छ ।
बझाङमा केन्द्रबिन्दु बनाई मंगलबारदेखि पटक पटक गएको भूकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा क्षति भएको छ ।
तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् ।
चलचित्र परदेशी २ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो ।
जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठुलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ ।
प्रकृतिको अनुपम उपहारको रूपमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेन क्षेत्र पर्यटकको रोजाइमा पर्दैगएको छ । पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेसँगै लोदेन क्षेत्रको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ ।
कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ ।
काठमाडौँ महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ गौवर योजना अन्तर्गत आर्थिक वर्ष २०८०÷८१ मा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
नवलपुरको कावासोती नगरपालिकामा अवस्थित नवदुर्गा भवानी मन्दिरमा असोज २८ गतेदेखि श्रीमद्देवी भागवत ज्ञान महायज्ञ हुनेभएको छ । धार्मिक ग्रन्थको अध्ययन केन्द्र बनाउने मुख्य उद्देश्यसाथ ज्ञान महायज्ञ गर्न लागिएको हो ।