पौडी खेल्ने क्रममा एक जना बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको निस्दी–३, का सात वर्षीय उस्मी सोतीमगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
ओखलढुङ्गामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार अपराधी पक्राउ परेका छन् । अदालतबाट कसुर ठहर भई सजाए पाएका ४० जना फरार अपराधी पक्राउ परेका हुन् ।
कोरोना सङ्क्रमणका कारण विगतका वर्षमा रोकिँदै आएको मेयर कप फुटबल प्रतियोगिता यो वर्षदेखि सुरु भएको छ।
मैथिली साहित्य परिषद् सप्तरीको १७ औं साधारण सभा तथा अधिवेशन शनिबार राजविराजमा सुरु भएको छ।
उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आउनुभएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोग्नु भएको छ ।
कालिकोट जिल्लाको कोटबाडामा निर्माण सम्पन्न भएको सुन थराली विमानस्थल ।
जिल्लाको विभिन्न स्थानमा पशुमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिएको छ । १५ दिनअघि जिल्लाको माथागढी–५, का किसानले पालेका पशुमा देखिएको लम्पी स्किन रोग माथागढीसँगै बगनासकाली, तानसेन, तिनाउ, रिव्दीकोट तथा रैनादेवी छहरामा फैलिएको छ ।
कालीकोटको सदरमुकाम मान्ममा आँखा परीक्षण गराउनेको भीड लागेको छ । नेपाल नेत्रज्योती संघ हिमालय आँखा अस्पताल पोखराको सहयोग तथा आयोजनामा तीनसम्म सञ्चालन हुने निःशुल्क मोतियाविन्दु शल्याक्रिया शिविरमा आँखा परीक्षण गराउनेको भीड लागेको हो ।
बसको ठक्करबाट घाइते भएकाको उपचारको क्रममा मृत्यु भएपछि अछामको साँफेबगरमा सडक बन्द गरिएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशभित्रका सबै श्रमजीवी पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
गल्याङ् नगरपालिका –१ मालुंगामा रहेको उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय (अस्पताल) निर्माण गरिने भएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाको सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भएको छ ।
गोरखापत्र संस्थानका धादिङ समाचारदाता डा.मुरारी अधिकारी सीताराम प्रसाद बर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
सर्लाहीको बागमतीमा १८ करोडको लागतमा व्यवस्थित आर्यघाट निर्माण गर्न सुरु गरिएको छ । अन्तिम संस्कार गर्ने ठाउँ राम्रो नभएको र जथाभाबी अन्तिम संस्कार गर्दा खोला फोहोर हुने भएपछि बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट बनाउन लागेको हो ।