बाढी टल्कँदै बगेका छन् किरणहरू पहिरोमा क्या सुन्दर अक्षरहरू छङछङाउँथे सङ्लो नदीझैँ ! बग्दै कल्कलाउँथे चैतन्यमय भुल्काहरू सत्यका लहर र छालहरू उराल्दै !
जिन्दगी बन्ने आसमा कोही अल्झिएको छ तासमा कोही । घिउ चिनीको मिठासमा कोही दास बन्छन् बिलासमा कोही ।
गद्य कविताका अनुरागी सचेत पाठक हृदयमा स्वतःस्पूmर्त खुल्दुली जन्माएर तरङ्गित बनाउने बडो पृथक् शीर्षकमार्पmत जन्माएको गद्य कविता सङ्ग्रह हो– ‘नदी बग्दैन’ । प्रस्तुत अमर काव्यपुञ्जका काव्यकार हुनुहुन्छ चर्चित कवि श्याम रिमाल । सपेराले साँपलाई द्रष्टा आँखामा जादुगरी चमत्कार खेल देखाएजस्तै बडो नवीन एवं पृथक् शैलीमा काव्य रचनाहरू प्रस्तुत गर्नुभएको छ कवि रिमालले । गद्य कविताका वर्तमान प्रतिनिधि कवि रिमाललाई गनिएका कवि शिल्पकार हुनुहुन्छ भनी चिनाउनु जरुरी छैन । प्रौढ परिपक्व उमेरले नेटो नकाटेको लेखकीय मापनलाई सहजै चुनौती दिन्छ ।
सिमरौनगढ हाम्रो देशको एउटा प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थल हो । यसको प्राचीन गौरव र गरिमा अत्यन्त सम्पन्न, समृद्ध, सभ्य तथा सुसंस्कृत रहेको सर्वविदितै छ । यसलाई मिथिला, डोय विदेह र तिरहुतको राजधानी पनि मानिएको छ ।
पछिल्लो समय सङ्घीय राजधानी काठमाडौँको उत्तरी किनारतिर रहेको नागार्जुन पर्वत धेरै पदयात्रीको आकर्षणको केन्द्र बन्न पुगेको छ । अहिले धेरैजसो मानिस भ्रमण, चरा अवलोकन र जिप सफारीका लागि त्यहाँ पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एउटा खण्डका रूपमा चिनिएको १५ वर्ग किमि क्षेत्रफलमा फैलिएको नागार्जुन पर्वतलाई धार्मिक, सांस्कृतिक, पौराणिक, जैविक, पर्यटकीय आदि दृष्टिले ज्यादै उत्कृष्ट गन्तव्यका रूपमा लिन सकिन्छ ।
स्वास्थ्य परीक्षणका लागि जनकपुर लगिएका जलेश्वर कारागारका एक थुनुवा फरार भएका छन् । हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लोहरपट्टी नगरपालिका ९ खुट्टापिपराडीका २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य क्लिनिकबाट शुक्रबार अपराह्न फरार भएका हुन ।
हराउँदै गएको झाम्रे, सालैजो तथा कौरा जोगाउन यहाँका युवा पुस्ता लागेका छन्। अघिल्लो पुस्तासम्म मगर समुदायमा लोकप्रिय हुँदै आएको झाम्रे, सालैजो तथा कौराको परम्परा लोप हुन थालेपछि यसको संरक्षण गर्न यहाँका युवा पुस्ता अभ्यासमा लागेका छन्।
व्यास नगरपालिकाको वडा नम्बर १ को कार्यालयले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप दश हजार अनुदान दिएको छ । जैविक कृषिलाई प्रोत्साहन गर्न र हाते ट्याक्टर खरिद गर्न नसक्ने कृषकलाई जीविकोपार्जनलाई सहज बनाउन अनुदान दिइएको वडाध्यक्ष रमेशचन्द्र हड्खलेले जानकारी दिनुभयो । वडाले १२ जना कृषकलाई रकम प्रदान गरेको छ ।
घोडाघोडी नगरपालिकामा–१, घोडाघोडी गाउँमा रिङरोड कालोपत्रे गरेको एक हप्ता नबित्दै झार उम्रियो। सडकमा झार उम्रिएको हल्ला फैलिएपछि निर्माण कम्पनीका कर्मचारीले झार मार्ने विषादी छरेर फरार भएका थिए। पूर्व–पश्चिम राजमार्गको घोडाघोडीदेखि कैलाशपुरसम्म निर्माण भएको कालोपत्रे सडकमा झार उम्रिएपछि स्थानीयले गुणस्तरमाथि शङ्का गर्दै पुनः निर्माणको माग गरेका छन्।
मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनः स्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन् ।
तत्कालीन सशस्त्र जनयुद्धका बेला सर्वसाधारणले पाएका पीडा सम्बोधन नभएको भन्दै पीडितले गुनासो गरेका छन्। शान्ति स्थापना भएको लामो समयसम्म महिलाले पाएका पीडा बल्झिरहेको उनीहरूको भनाइ छ। जिल्ला सदरमुकाम मुसीकोटमा आयोजित महिला शान्ति र सुरक्षासम्बन्धीको दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी द्वन्द्वपीडितले महिलाको अधिकारको सवाल कुरामा मात्र सीमित भएको उल्लेख गरेका छन्।
नेपाली कांग्रेसको नेतृत्वमा भएको वि.सं.२००७ को जन–क्रान्ति नेपालको समग्र परिवर्तनको संवाहक थियो । नेपालले प्राप्त गरेका सबै सकारात्मक पक्ष त्यही क्रान्तिका उपलब्धि थिए । त्यो क्रान्तिले नेपालीलाई निमुखा रैतीको अवस्थाबाट अधिकार सम्पन्न नागरिकको स्तरमा पु-यायो । यसले फगत राजनीतिक क्षेत्रमा मात्र होइन–आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा नयाँ जागरण ल्यायो । राष्ट्रियताको संवद्र्धन यो क्रान्तिको अर्को महìवपूर्ण उपलब्धि थियो । पृथ्वीनारायण शाहको विजयपछि नेपाललाई गोरखासरह तथा नेपाली भाषालाई गोरखाली भाषा भनिने आदि प्रचलन ल्याइए । चन्द्रशमशेर शासनमा रहँदा, वि.सं. १९७० देखि नेपाली भाषालाई पूर्ववत् नेपाली भाषा नै भन्न थालियो र अन्य क्षेत्रमा पनि क्रमशः नेपाल र नेपाली शब्द प्रयोगमा ल्याइए ।
अन्तरजातीय प्रेमलाई सामाजिक प्रतिष्ठाको विषय बनाउँदा कैयौँ अन्तरजातीय जोडी आत्महत्या गर्न बाध्य बने, बनाइए । जात व्यवस्थाले जर्जर बन्दै गएको नेपाली समाजमा जातसँग जोडिएका हरेक विषयलाई सामाजिक प्रतिष्ठामा लगेर टुङ्ग्याउने अभ्यास जीवितै छ । अन्तरजातीय प्रेम विवाह गर्नेहरूलाई प्रोत्साहन भत्ता दिने र समाजमै सम्मानका साथ जिउने वातावरण बनाउने प्रतिबद्धताको चाङ नै लागेको छ । अन्तरजातीय प्रेम विवाह गर्ने जोडी कि समाजबाट विस्थापित नै भएका छन् कि आत्महत्या नै गर्ने अवस्थामा पुगेका छन् ।
कुनै पनि समाजलाई विकसित र सभ्य भनेर चिनाउने आधार भनेको त्यहाँको जीवनशैली, सांस्कृतिक–धार्मिक सद्भाव तथा समान व्यवहार प्रदर्शन हो । अहिले यस्तो समाजको कल्पना त गर्न सकिन्छ तर भेट्टाउन मुस्किल पर्छ । इतिहासको कालखण्डमा नेपाली समाज त्यस्तै थियो भनेर भन्न सकिने आधार प्रशस्तै छन् । हाम्रा धार्मिक परम्परा, सांस्कृतिक अभ्यास र शास्त्रहरूमा वर्णित सन्दर्भले यसको पुष्टि हुन्छ ।