प्रदेशभरि स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कानुनी कारबाही गरिने भएको छ । प्रदेशमा व्यापक सङ्ख्यामा अवैधानिक तरिकाबाट स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।
जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग गोरखापत्रका जाजरकोट समाचारदाता सहदेव बस्नेतले गर्नुभएको कुराकानी :
दुध बेचेर गुजारा चलाउँदै आएका हजारौंँ किसान नजिकिँदै गरेको बडादसैँ टार्ने चिन्ताले पिरोलिन थालेका छन् । आफूले दुध बिक्री गरेको सहकारीले महिनौँदेखि दुधको भुक्तानी नदिएपछि किसानलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौँडा अस्पतालमा २५ श-या क्षमताको मनोचिकित्सा वार्ड सेवा सञ्चालनबारे जानकारी दिइएको हो ।
वीरेन्द्रनगर सुर्खेतका प्रायः सडक अपाङ्गता भएका व्यक्तिलाई हिँडडुल गर्न सहज छैनन् । मङ्गलगढी–गणेशचोक मुख्य सडकमा दायाँबायाँ जाने सडक अपाङ्गतामैत्री छैनन् । मुख्य सडकभन्दा अग्लो तहमा रहेका दायाँबायाँका साइड सडकमा अपाङ्गता भएका व्यक्तिलाई हिँडेरै जानसमेत मुस्किल भएको छ । उक्त सडक मात्र हैन वीरेन्द्रनगरका कुनै पनि सडक अपाङ्गतामैत्री छैनन् । अप्ठ्यारो खालको सडक संरचना र खाल्डाखुल्डीले अपाङ्गता नभएका व्यक्तिलाई समेत यात्रामा सकस भएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिले १२ वटै स्थानीय तहका भूकम्पपीडितका लागि विभिन्न निकायबाट उपलब्ध भएको राहत सामग्री गाउँ गाउँ पठाउने तयारी गरेको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपत् समितिको बैठक बसेर सबै पालिकामा क्षतिको आधारमा राहत पठाउने निर्णय गरेको जनाइएको छ । प्रशासन कार्यालयले स्थानीय तहमा राहत पठाउन सुरु गरेको हो ।
गत शनिबार बिहान इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी इस्लामिक समूह हमासले आक्रमण गर्दा दस जना नेपाली विद्यार्थीको हत्या भयो । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दस जना विद्यार्थीको मृत्यु, चार जना घाइते र एक जना हराइरहेकाले आमनेपाली यतिबेला चिन्तित छन् । मित्रराष्ट्र इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत नेपालका कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गरी
आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्नुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीनको दुई साता लामो भ्रमण हालै सम्पन्न गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ साधारण सभामा भाग लिन यही भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । महासभामा सम्बोधनलगायत थुप्रै साइडलाइन वार्ता र द्विपक्षीय छलफलपछि असोज ५ गते उहाँ चीन भ्रमणमा जानुभयो । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङलगायत नेतृत्वहरूसँगको उच्चस्तरीय द्विपक्षीय वार्तापछि प्रधानमन्त्री प्रचण्ड असोज १३ गते स्वदेश फर्कनुभयो ।
विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ ।
“व्यापार गर्न ठूलो लगानी चाहिन्छ रु होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।”
कर्णाली क्षेत्र भन्नाले सामान्यतः पूर्वमा धवलागिरी हिमालदेखि पश्चिममा ब्यास हिमालसम्मको करिब १७९.५९ किलोमिटर लम्बाइमा फैलिएको कर्णाली नदीको जल प्रवाहित भूभागलाई मानिन्छ । ठुलो भूभाग मात्र नभई भाषा, संस्कृति, संस्कार यी सबै कुराको उद्गमस्थल यो सुन्दर थलोलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा कर्णालीबाहिर आजसम्म सकारात्मक देखिँदैन । कर्णालीको पहिचान नेपालको सबैभन्दा ठुलो भूभाग ओगटेको क्षेत्र वा नेपालको सबैभन्दा लामो कर्णाली नदी भएको ठाउँ भनेर परिचित छैन ।
सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ ।
वैदेशिक रोजगारी नेपालको मात्रै होइन, नेपाल जस्तै अन्य धेरै गरिब मुलुकको पनि बाध्यता नै हो । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको सदुपयोग गरेर धेरै मुलुकले आर्थिक समृद्धि हासिल गरेको पनि सत्य हो । नेपालमा पनि धेरै गरिब नेपालीको जीवन निर्वाहको स्रोत बनेको छ, वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स । यति मात्रै होइन, देशको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको छ ।
सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (मङ्गलबार) सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।