नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा जारी रहेको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु हुने छ ।
पुरातत्त्व विभागले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियाका लागि मस्यौदा तयार पारी प्रस्ताव अघि बढाएको छ ।
मुस्किलले निर्माण भएर अन्तिम चरणमा पुगेको तिलागुफा नगरपालिका वडा ९, १० र ११ जोड्ने भैसीगौडा पक्की पुल बाढीले बगाएपछि अहिले स्थानीयलाई आवत–जावतमा समस्या परेको छ ।
कैलालीको दुई वटा स्थानीय तहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने प्रक्रिया अघि बढाएका छन् ।
कैलालीको जोशीपुर गाउँपालिका –५ मैनापोखरीका २५ वर्षीय आशिष् चौधरीको पारिवारिक आर्थिक अवस्था कमजोर थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलमा भएको घटनाप्रति दुः ख व्यक्त गरेको छ ।
खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । गोठालो गएकी आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका २० वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् ।
करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीको करिब ६ करोड लगानीमा सुरु गर्नुभएको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो ।
लागु औषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई सदर गरेको छ ।
शारदा नगरपालिका –३ साहुटोल अहिले शोकमय छ । गाउँको तिक्ष्ण, मेहनती युवा अध्ययनका लागि इजरायल पुगेका प्रवेश भण्डारीको निधनको खवरसँगै गाउँ शोकमय बनेको हो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योगधन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताउनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ गर्ने भएको छ ।
कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले जनाएको छ ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।