गोरखापत्र समाचारदाता काठमाडौं, असोज ४ गते । गोठाटार गोलीकाण्डको सम्बन्धमा अनुसन्धान गर्न विशेष समिति गठन भएको छ। गार्मेन्ट व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको हत्या घटना रहस्यमय देखिएपछि विस्तृत अनुसन्धानका लागि विशेष समिति गठन गरिएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यका प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान समिति गठन गरेको हो।सर्लाही हरिवन–२ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आउनु भएका मोहम्मदमाथि सोमबार साँझ अज्ञात समूहबाट गोली प्रहार हुँदा उहाँको उपचारका क्रममा मृत्यु भएको हो। आफू सवार गाडी पार्किङ गरी निस्कँदै गर्दा उहाँमाथि चार वटा गोली प्रहार भएको थियो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार, दर्जीको टाउको, छाती र कम्मरमा गोली लागेको थियो।टाउको र छातीमा लागेको गोलीका कारण अत्यधिक रगत बगेको हुँदा उहाँको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। उपत्यका प्रहरी कार्यालय प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र धानुकले घटना रहस्यमय देखिएकाले विस्तृत अनुसन्धानका लागि उच्चस्तरीय अनुसन्धान समिति गठन गरिएको बताउनुभयो। विवादास्पद छविसँगै विगतमा पनि हत्या घटनामा केही वर्ष जेल सजाय भुक्तान गरेर रिहा भएका मोहम्मदले आर्थिक लेनदेनको विवादमा आफूलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरी वृत्त बौद्ध र सो अन्तर्गतको एक प्रहरी कार्यालयमा शान्ति सुरक्षाका लागि निवेदन दिएको बताइएको छ। सो निवेदनमा उल्लेख गरिएका व्यक्तिको परिचय भने खुलाइएको छैन। अपराध महाशाखा प्रमुख एवं अनुसन्धान समितिका संयोजक भट्टराईले हत्या घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो। हत्या घटनामा संलग्न रहेको आशङ्का गरिएका तीन जनामध्ये एक जना गोठाटारकै कोसीपारि गेष्टहाउसमा विगत एक महिनादेखि बस्दै आएको पाइएको छ। प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले भन्नुभयो, ‘घटनाको विस्तृत विवरण आउन केही समय लाग्छ । व्यापारी मोहमम्द आउने मौका छोपी बसेकामध्ये एक जनाले गोली चलाएको र दुई जना मोटरसाइकल रोकेर बसेको दृश्य प्रहरीले अनुसन्धानका लागि लिएको सिसी टिभी भुटेजमा देखिन्छ। घटनास्थलबाट स्वचालित पेस्तोल र सोमा प्रयोग भएको गोली तथा खोकासमेत बरामद गरेको छ। उक्त हत्या घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखा र प्रहरी परिसर काठमाडौँको छुट्टा छुट्टै टोलीले अनुसन्धान गरिरहेका छन्। साँझको समयमा राजधानीमै सर्वसाधारणलाई आतङ्कित पर्ने गरी भएको फिल्म शैलीको घटनामा प्रयोग भएको मोटरसाइकलबाट प्रहरीले अनुसन्धान थालेको छ।
राधा लुइटेलफिदिम, असोज ४ गते । पाँचथरको फिदिममा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ५० जनाको अप्रेसन गरिएको छ। मोतियाबिन्दु र आँखामा ऐजेरु पलाएका यत्तिका बिरामीको आँखा अप्रेसन गरिएको हो।शिविरमा १ हजार ८ सय ६ जनालाई आँखा जाँच गरेर औषधि वितरण गरिएको छ। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको परोपकारी संस्था जनसेवा समाजको आयोजनामा असोज १ गतेदेखि आँखा शिविर सुरु गरेको थियो। शिविरमा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक तथा नेपाली सेनाको रणशेर गणले स्वयंसेवी भूमिका निर्वाह गरेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।शल्यक्रिया गरिएका बिरामीका आँखाको पट्टी खोलेर अन्तिम परीक्षणसँगै असोज ५ गते बुधबार शिविरको औपचारिक समापन गरिने अधिकारीको भनाइ छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ । आगामी १५ वर्षका लागि तयार गरिएको शिक्षाको संरचनापत्र–२०७९ सार्वजनिकिकरण कार्यक्रममा मंगलबार उहाँले सो कुरा बताउनुभएको हो ।
सिम्रौनगढ नगरपालिकाले बिद्यार्थीको भ्रमण खर्च उपलब्ध नगराएको बिषयमा विवाद हुँदा झडप भएको छ । विद्यार्थीले नगरपालिकामा तोडफोड गरेका छन् । दुई पक्षबीच झडप भएपछि प्रहरीले अवस्था नियन्त्रण गर्न हवाई फायर पनि गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताउनुभएको छ।
पूर्व–पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० स्थित सैनिक चौकमा मंगलवार बेलुका ४ ः १० बजे कार अनियन्त्रित भई दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ ।
प्रदेश १ का प्रमूख पर्शुराम खापुङले नागरिकको घर दैलासम्म संघीयताको अनुभुति गराउन स्थानीय सरकारलाई मजवुद बनाउनु पर्ने बताउनुभएको छ । नेपालको संविधानले परिकल्पना गरेका तीन तहका सरकारमध्ये नागरिकका घर दैलोसम्म प्रत्यक्ष उपस्थित हुने र आमनागरिकले भेट्न सक्ने स्थानीय सरकार भएकाले यस्लाई मजवुद बनाउनुपर्ने उहाँको धारणा छ ।
आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जित्नुभएको छ । क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गर्ल्समा इभाना पहिलो हुनुभएको हो । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरुबीच आगामी निर्वाचन सम्बन्धमा छलफल जारी रहेको देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीले काठमाडौं जान अस्वीकार गर्नु भएको छ।
ओखलढुङ्गा सदमुकाम बजार नजिकै स्रष्टा पार्क निर्माण गरिएको छ ।
अमेरिकाले मङ्गलवार युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापका लागि नेपालको निजी क्षेत्रमा लगानी गर्न सुरु गरेको छ ।
नजिकिंदै गरेको दशैं–तिहार लगायतका चाडपर्वमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी बाँकेले दैनिक चेकजाँचलाई तिव्र पारेको छ । जिल्लामा दुर्घटना हुन नदिन बाँके ट्राफिक प्रहरीले मापसे जाँच, सवारी जाँच, यात्रु क्षमता जाँच लगायतमा ध्यान दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले बताउनुभयो ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७७ जिल्लामा ५०६ जना निर्वाचन पर्यवेक्षक परिचालन गरिने भएको छ ।