नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले नेपाल फर्कन चाहनेलाई व्यवस्थापन गरी ल्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले इजरायलमा हालै भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको उद्धार र घाइतेको उपचारको व्यवस्था गर्न माग गरेको छ ।
नेपालका भेटरान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसिपमा कांस्य पदक जित्नुभएको छ ।
इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उहाँका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनः संरचनामार्फत मौजुदा साधनस्रोतको पूर्ण क्षमतामा परिचालन गरी नयाँ व्यावसायिक ढाँचामा लैजानुपर्ने बताउनुभएको छ ।
नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख एक हजार भारतीय रुपियाँ बरामद गरेको छ ।
प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।
बाँकेको खजुरा गाउँपालिकामा गाई र भैंसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ ।
नेपालगन्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदैआएको निषेधाज्ञाको समय पनि घटाइएको छ ।
चाडपर्वमा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने भएको छ ।
इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणमा परी निधन भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका –४, सपहीका २२ वर्षीय आनन्द साहको शव माग गर्दै धनुषाको सपहीमा चक्काजाम गरिएको छ ।
शनिबार अपराह्नतिर डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनुहुन्थ्यो ।
इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको छिटो उद्धार होस् भन्दै टीकापुरमा विद्यार्थीले मौन र्याली निकालेका छन् ।