• २८ पुस २०८१, आइतबार

माओवादी केन्द्रको संसदीय दलको बैठक

इजरायलबाट नेपाल फर्कन चाहनेलाई व्यवस्थापन गर्न सरकारसँग माग

blog

सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, असोज २२ गते । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले नेपाल फर्कन चाहनेलाई व्यवस्थापन गरी ल्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा ज्यान गुमाएकाप्रति सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै घाइतेको उपचार लगायत नेपाल फर्कन चाहनेलाई पहलकदमी गर्न सरकारसँग माग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सिंहदरबारमा बैठकपछि सञ्चारकर्मीसँग छलफल गर्नुहुँदै उहाँले भन्नुभयो, “घाइते उपचारलगायत नेपाल फर्कन चाहने, ती शवलाई व्यवस्थित गरेर ल्याउने लगायतका बारेमा सरकारलाई छिटो पहलकदमी गर्न माग गर्ने निर्णय भएको छ ।”

यससँगै बैठकमा विद्यालय शिक्षा ऐन सम्बन्धमा छलफल भएको उहाँको भनाइ छ । यस विषयमा गठबन्धन दलसँग कुराकानी गरेर संशोधनको विषय राखिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन दलसँग कुराकानी गरेर संशोधन राख्नुपर्छ, एउटा विषयवस्तु यो भएको छ भने समय अभावका कारणले कयौँ विषयवस्तु छुट्न सक्छन् । संशोधन आ–आफ्नो ठाउँमा राख्ने । यो विधेयक समितिमा ल्याएर व्यापक छलफल गर्नुपर्ने हुन्छ ।”