नेपालीको घरआँगनमा बिस्तारै दसैँको आगमन हुँदै छ । लामै समयदेखि अर्थतन्त्रमा आएको सुस्त, अझ मन्दीतिर गइरहेको अवस्थालाई यो दसैँ, तिहारलगायत चाडपर्वले अलिकति भए पनि अवरोध गर्ने अनि अर्थतन्त्रलाई गति दिने आशा पलाएको छ । सुस्त अर्थतन्त्रका बिच सहरका मुख्य बजारमा केही दिनयता चलहपहल बढ्न थालेको छ । राजधानी उपत्यका मुख्य बजार नयाँ सडक, असन, इन्द्रचोक, मङ्गलबजार, लगनखेललगायतका क्षेत्रमा ग्राहकको उपस्थिति भिडतर्फ उन्मुख हुँदै छ । डिपार्टमेन्ट स्टोरमा चहलपहल बढेको छ । ग्राहकको उपस्थिति बढ्न थाले पनि किनमेल भने खासै बढ्न नसकेको व्यापारीहरूको भनाइ छ तर कतिपयले व्यापारीको यो
मुलुकवासीप्रति प्रत्येक सरकारको सामाजिक तथा नागरिक दायित्व हुन्छ । सोही अनुसार हरेक मुलुकले आफ्ना नागरिकको विकास र समृद्धिमा ध्यान दिएको हुन्छ । नेपालले पनि २०८०/८१ को बजेटमा एक खर्ब ९७ अर्ब २९ करोड शिक्षामा खर्च गर्ने लक्ष्य राखेको छ । यसै अवधिमा भारतले ६८ हजार ८०५ करोड, अमेरिकाले १२९ विलियन डलर खर्च गरेको देखिन्छ । प्रत्येक देशले आफ्नो जनशक्तिलाई साक्षर, शिक्षित, सक्षम बनाउन प्रयास गरिरहेको हुन्छ ।
पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहनुभएको छ । उहाँको उपचारको क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।
अर्थर मिलरले लेख्नुभएको ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ । नाटक ‘यौटा सपनाको अवसान’ ०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएको थियो । ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, नाटककै कलाकारहरू दिया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरलप्रताप अधिकारीले नाटकको पुस्तक विमोचन गर्नुभएको हो ।
प्रेमध्वज प्रधान फाउन्डेसनले प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ ।
दसैँको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’ यतिबेला प्रचारप्रसारमा जोडतोडले लागिपरेको छ । चलचित्रका निर्देशक एवं कलाकारहरू प्रचारप्रसारकै क्रममा भक्तजनमाझ प्रस्तुत हुनुभएको छ । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गर्नुभएको हो ।
इन्डियन आइडल सिजन–१४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जित्नुभएको छ । अडिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उहाँले गाउनुभएको थियो । उहाँ टप १५ मा छानिनुभएको छ । मेनुकाले गीत गाउँदै गर्दा निर्णायक तथा गायिका श्रेया घोसालको आँखाबाट आँसु झरेको थियो । उहाँको प्रस्तुति सकिएपछि केहीबेरसम्म निर्णयकहरू अकमक्क पर्नुभएको थियो । त्यसपछि सबै निर्णायक श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर पौडेललाई बधाई दिनुभएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
कृषि तथा पशुपन्छी विकास मन्त्रालय गहुँ तथा नगदेबालीका लागि मल व्यवस्थापनमा लागिसकेको छ । यस पटक धान रोपाइँको सिजनमा मल अभाव हुन नदिएको मन्त्रालयले गहुँ तथा नगदेबालीमा पनि अभाव हुन नदिने गरी तयारी थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलले बताउनुभयो ।
हमासको आक्रमणपछि अमेरिकाले इजरायलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताउनुभएको छ । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।
सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले बजारमा माग र आपूर्तिको अवस्था बुझेर योजनाबद्ध रूपमा बजार अनुगमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “बजारमा कुन वस्तुको माग कति हो, त्यसको मूल्य र आपूर्ति सहज भए वा नभएको सबै बुझेर बजार अनुगमन गर्न सक्नु पर्छ । अनि मात्रै उपभोक्ताले बजार अनुगमनको महसुस गर्न सक्छन्, त्यस कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकासमेत समन्वय गरेर अनुगमन गर्नु पर्छ ।”
दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ‘ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स)’ ले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्ट पारेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ ।