नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन नेपाली जनताको समृद्धि र मुलुकको विकासमा खर्चिने बताउनुभएको छ। आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको भन्दै अब विकास र समृद्धिमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शøयाको सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले जनतालाई अधिकार सम्पन्न बनाउन तल्लो तहलाई अझ अधिकार दिनुपर्ने धारणा राख्नुभयो।
पूर्वी नेपालको झापा, मोरङ सुनसरीमा बस्दै आएका आदिवासी लोपोन्मुख सन्थाल समुदायले आफ्नो समुदायको पहिचानको साझा नाम ‘सन्थाल’ राख्न र जनगणनाबाट सतार हटाउन सरकारसँग माग गरेका छन्। यसअघि सन्थाल, सन्ताल वा सान्ताडमध्ये के राख्ने भन्नेमा लामो समयदेखि यो समुदायमा विवाद रहँदै आएको थियो। उनीहरूले अब ‘सतार’ शब्द हटाएर वास्तविक थर लेख्ने अभियानमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन्। ‘सतार’ शब्दले आफ्नो समुदायलाई होच्याउने, अपमानित गर्ने, भावनामा ठेस पु¥याएको भन्दै
सातौँ संविधान दिवस मनाइरहँदा बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीले संविधान कार्यान्वयनप्रति असन्तुष्टि जनाउनुभएको छ । सातौँ संविधान दिवस एवं राष्ट्रिय दिवस २०७९ का अवसरमा बागमती प्रदेश सरकारको संविधान दिवस मूल समारोह समितिले सोमबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रदेशको एकल अधिकारमाथि समेत सङ्घीय सरकारबाट हस्तक्षेप भएको भन्दै संविधान कार्यान्वयनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
भूकम्प गएको सात वर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक कटेरोमै पठनपाठन गर्न बाध्य भएका छन् । सरोकारवाला निकायले समयमै चासो नदिँदा अहिले आएर विद्यालय भवन निर्माणाधीन रहेकाले यसरी पढ्नु र पढाउनु परेको प्रधानाध्यापक किशोर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार जस्ताको छानो र बारसमेत रहेकाले विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन साह्रै कठिन छ । कक्षाकोठामा एक अर्काे कोठाको आवाजले बाधा भइरहन्छ । भएको कटेरोमा पनि ठाउँ नपुगेर बिहान र दिवा कक्षा सञ्चालन गर्नुपरेको छ । आधा–आधा घण्टाको कार्यतालिका बनाउनुपर्दा दिइएको पाठ्यभारअनुसार पठनपाठन गर्न सकिएको छैन ।
न्याय परिषद्ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ ।
सरकारले अबदेखि सबै निकायले सङ्कलन गरेको तथ्याङ्कलाई एकीकृत रूपमा राख्ने भएको छ। अहिले मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय, वित्तीय संस्थालगायत निकाय र विभिन्न गैरसरकारी संस्थाले तथ्याङ्क सङ्कलन गर्दै आएका छन्। सरकारले राष्ट्रिय तथ्याङ्क ऐन जारी गरेसँगै उक्त निकायले सङ्कलन गरेको तथ्याङ्क राष्ट्रिय तथ्याङ्क प्रणाली स्थापना गरी एकीकृत गर्न लागेको हो। राष्ट्रियस्तरको तथ्याङ्क सङ्कलन गर्नका लागि भने राष्ट्रिय तथ्याङ्क प्रणालीको कार्यालयबाट अनुमति लिनुपर्नेछ।
वर्षौंदेखि घर बहाल र व्यवसाय कर नतिरेका काठमाडौँको भृकुटीमण्डपभित्रका व्यवसायीले कर तिर्न थालेका छन्। स्टल र खुला स्थान ओगटेर व्यापार गर्दै आएकालाई काठमाडौँ महानगरपालिकाले कर तिर्न १५ दिने सूचना दिएपछि कर तिर्न थालेका हुन्। अहिले समाज कल्याण परिषद्अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन कार्यालयले पनि कर तिर्नका लागि उनीहरूलाई ताकेता गर्न थालेको छ। कार्यालय प्रमुख दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपभित्र व्यापार व्यवसाय गर्दै आएकाले कर तिर्न थालेको बताउँदै भन्नुभयो, “भृकुटीमण्डपभित्रका सानादेखि ठूला व्यवसायीलाई कर तिर्न ताकेता गर्न थालेका छौँ। कतिपयले राजीखुसीले तिर्न थालेका छन्। कोहीले भने केही समय माग गरेर विभिन्न निकायबाट मिनाहा गराउने मेसो पनि खोजिरहेका छन्।”
परराष्ट्रमन्त्री डा. नारायण खड्का सोमबार वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुनुभएको छ ।
काठमाडौंको कागेश्वरी मनहारा–८ मा गोली चल्दा एकजना घाइते भएका छन् ।
साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले उचालेको छ।पहिलो पटक साफ च्याम्पियन बन्ने अवसर घरेलु मैदानमा नेपालले गुमाउँदा बंगलादेशले उपाधि उचालेको हो।
केही बर्ष अघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायात सुबिधा लिन मुस्कील थियो । यातायात चढ्नै पर्ने अबस्था आएमा घण्टौ लगाएर मेची तथा कोशी राजमार्ग पुग्नुपर्थो । यी क्षेत्रका बासिन्दा दैनिक उपभोग्यलगायतका सामग्री घण्टौ बोकेर जोहो गर्नेगरेका थिए । अहिले तमोर करिडोर सडकमा सवारी साधन सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ ।
काठमाडौं, असोज ३ गते । गायक एंव सङ्गीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको गीतमा राजन खतिवडाको सङ्गीत रहेको छ । फनिन्द्र राईले सङ्गीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गर्नुभएको हो ।गीतको म्युजिक भिडियोमा युवराज वाइबाले निर्देशन छ भने निशल पौडेलको छायाङ्कन, विकास दाहालले सम्पादन रहेको छ । यस्तै, भिडियोमा चाँदनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गर्नुभएको छ । बाल कलाकार रिसभ स्याङ्बाकोसमेत अभिनय देख्न सकिन्छ ।
पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार तीन हजार ९२४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि भएको हो ।
बडादशैँ र तिहारको उपलक्ष्यमा मदिरा व्यवसायी सङ्घ ललितपुरले आयोजना गर्ने सो एक दिने बृहत्त बियर जात्रा ललितपुरको यला दरवार शंखमुलमा यहि असोज २८ गते शनिवार आयोजना हुने भएको छ ।