दसैँ तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न भीड लागेका छन् । व्यवसायीहरूले यात्रुको सहजताका लागि आज(सोमबार) देखि अग्रिम रूपमा लामो दुरीमा चल्ने बसको टिकट खुल्ला गरेसँगै यात्रुहरू टिकट काट्नका लागि भीड लागेको पाइएको छ ।
रास्कोट अस्पताल आउजाउ हुने सडक भत्केको वर्षौं बित्दा पनि मर्मत हुन सकेको छैन। सडक मर्मत नहुँदा बिरामी तथा सेवाग्राहीलाई आउजाउ गर्न समस्या भएको छ । गत वर्ष असोजमा परेको अविरल वर्षाले रास्कोट नगरपालिका–२ देखि रास्कोट अस्पताल जोड्ने सडकका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको थियो ।
वीरगन्जलाई हराभरा बनाउने उद्देश्यका साथ ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले अभियानका रूपमा वृक्षरोपण कार्यलाई अगाडि बढाएपछि मुख्य व्यावसायिक तथा वित्तीय केन्द्रका रूपमा स्थापित आदर्शनगर हरियाली सहरका रूपमा विकसित भएको छ ।
इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरू सकुशल रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र आयोजनाको समस्या सल्ट्याउन जोड दिएको छ । मन्त्रालयले गण्डकी प्रदेशका ११ वटा जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुस्ती भएका सडक, पुल, झोलुङ्गे पुल र भवनसम्बन्धी योजनाको समस्या पहिचान गरी गति दिन पहल सुरु गरेको हो । मन्त्रालयका सचिव शङ्करराज पण्डितले समस्याग्रस्त योजनाको स्थलगत निरीक्षणका साथै प्राविधिक, निर्माण व्यवसायी, जनप्रतिनिधि, सुरक्षा अधिकारी र समुदायसँग छलफल गरेर निर्माणलाई गति दिन पहल गरिएको जानकारी दिनुभयो ।
पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद आचार्यको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन ।
दसैँतिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको कारोबार सुरु भएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा शनिबार लाग्ने हाटबजारमा चाडपर्वलक्षित खसीबोकाको कारोबार सुरु भएको हो ।
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ ।
सिरहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरेको छ । यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो ।
कर्णाली राजमार्ग र रत्न राजमार्ग आवधिक मर्मत गरिने भएको छ। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले दुवै राजमार्गमा गरी करिब ४० किलोमिटर सडकमा आवधिक मर्मतको काम गर्ने भएको हो । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैङ्कको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मत गर्न लागिएको छ ।
पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत लिने दिनमा पदबाट राजीनामा दिनुभएपछि अब त्यहाँको राजनीतिक मोड कता सोझिने हो भन्ने चासो बढेको छ । संविधानको धारा १६८(३) अन्तर्गत सबैभन्दा ठुलो दलको हैसियतले ३० दिनअघि सर्वोच्चको परमादेशबमोजिम मुख्यमन्त्री बन्नु
सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक यति बेला प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बहसको विषय बनेको छ । राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित २०७९ साल चैत २९ गते यो विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको हो । राष्ट्रिय सभामा उत्पत्ति भएका कारण प्रतिनिधि सभाको अवधि समाप्त भएर पनि यो विधेयक कायमै रह्यो र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पहिलो अधिवेशनमा नै संसद्मा प्रस्तुत गर्नुभएको हो । यो विधेयक सा
नेपालको शिक्षा ऐनलाई सङ्घीय ढाँचामा बदल्न संशोधित विधेयक सरकारले संसद्मा दर्ता गरेको छ । यसबारे संसद्को छलफलमा सांसद्हरूका टिप्पणी विरोध, आलोचना, प्रहार अनि आक्रमणहरूले भरिपूर्ण छन् । आफूले गर्न नपाएको, सरकारले आफूसँग सल्लाह नगरेको, संविधानविरुद्ध भएको जस्ता आरोपहरूले आजसम्मको राजनीतिक ढिलासुस्तीलाई ढाक्न खोजिएको मात्र देखिन्छ । कुनै न कुनै समयमा आफूहरू सरकारमा भएको र गर्न नसकेको स्विकार्नुको सट्टा विरोधका लागि विरोधमा उत्रनु, कुण्ठा सुनाउनु तर निकास दिन नसक्नु देशका लागि दुःखद कुरा हो ।
स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको छ ।