पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २४ घण्टामा एक हजार सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाको मृत्यु भएको छ।
काठमाडौं, असोज ४ गते । अनलाइन ट्यालेन्ट प्रतियोगिताको दोस्रो संस्करण 'अनलाइन ट्यालेन्ट शो' २०२३ घोषणा भएको छ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । 'हिमालयन म्युजिक एकेडेमी' अमेरिकाका अध्यक्ष पुष्प गजमेरका अनुसार आफूहरु विदेशमा भए पनि नेपाली भाषा, सङ्गीत, साहित्य र नेपालप्रति समर्पित रहेर साे आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, सङ्गीत तथा कलाको माध्यमबाट एकीकृत हुन सघाउनेछ । कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्वारा प्रशिक्षण गराई उत्कृष्ट पाँचका लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ । अन्तिम प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाका लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनेछन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने डडेल्धुराका अधिकांश उम्मेदवारलाई जरिवना तोकेको छ । खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकिएको हो ।
अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ ।
पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ ।
बाँकेमा स्थानीय तहको निर्वाचनपछि २ मतदानस्थल थप भएको छ । यसैगरी स्थानीय तहको निर्वाचनभन्दा यसपटक दुई हजार ७५८ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाभर १३८ मतदानस्थल कायम गरिएको छ ।
चिकित्सहरुको छाता संस्था नेपाल चिकित्सक सङ्घकोे दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) आज (मङ्गलवार)बाट सुरु भएको छ ।
विपद्को पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन)को प्रयोग गर्न विपद् व्यवस्थापनमा खटिने निकायहरु तालिम लिन लागेका छन् ।
निस्दी–४, मित्याल लामेदमारका बासिन्दाले बिजुली बत्ती बाल्ने रहरले १५ वर्षअघि पाँच हजारदेखि १० हजारसम्म रकम सामुदायिक विद्युतीकरण योजनाका लागि बुझाएका थिए ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथामसम्बन्धी जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा १७३ जना पुरुष र ७६ जना महिलाले आत्महत्या गरेका खुलासा गर्नुभयो ।
देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपियाँ आर्जन गरेको हो ।
काठमाडौं, असोज ४ गते । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन तर्फको बन्दसुची पेश गरेको छ । यी मध्ये सबैभन्दा धेरै ४० वटा दल बागमती प्रदेशमा रहेका छन् ।
सायद म पाँच वर्षको थिएँ, त्यो बेला अहिले जस्तो थरिथरिका खेलौना कहाँ पाउनु ? ऊ बेला बाआमाहरूले नियमित खुवाउन, लगाउन र पुस्तक किनिदिनसमेत सक्दैनथे । खेलौना सर्वसाधारणका लागि उपलब्ध पनि थिएन । त्यतिखेर मैले खेल्ने प्रिय खेलमध्ये एक थियो नर्कटलाई दुई पटक भाँचेर बनाइएको ब्याटले करिब चार इन्चको बिग्रिएको बियरिङको बाहिरी चक्का बाटो र गोरेटामो गुडाउनु । त्यो चक्का गुडाउन पनि राम्रै सीप र ध्यानको जरुरी हुन्थ्यो । गुडाउने बेलामा त्यही चक्का हेरेर गुडाउनुपर्ने हुनाले बाटोमा रहेका अरू मान्छे, गाई, कुखुरासँग ठक्कर पनि खाइन्थ्यो ।
२०६७ सालको दशैँ पनि उति उत्साहजनक थिएन । तैपनि अघिल्ला वर्षहरूको जस्तै सबै किसिमले रमाइलो बनाउने कोसिस गरिएकै थियो । उत्साह नहुनुमा सीताजीको शारीरिक कमजोरी थियो । उहाँको शरीरमा त्यति घातक क्यान्सर रोग हुर्किरहेको थियो भन्ने हामीलाई थाहै थिएन । बरु पाठेघरको शल्यक्रियाकै कारण उहाँ यति कमजोर हुनुभएको हो र चाँडै नै ठीक हुनु हुनेछ भन्नेमा हामी निर्ढुक्क थियौँ । तर दशैँ सकिएको चार महिनापछि नै उहाँको शरीरमा चौथो स्टेजको क्यान्सर हुर्किसकेको र उपचारभन्दा धेरै पर पुगिसकेको थाहा पाइयो । हामीले टुलुटुलु हेर्दै अरू अढाइ महिना रुँगेर बिदा ग-यौँ ।