केही दिन यता परेको अविरत वर्षका कारण पूर्वी नवलपरासीमा धानबालीमा ठूलो क्षति पुगेको छ । किसानले काटेका धान पानीले भिजेर कुहिन थालेपछि किसान मर्कामा परेका छन् ।
सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।
इजरायलमा जारी पछिल्लो द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक अहिले मन्त्रालयमा बसिरहेको छ ।
सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथाशक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ ।
इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाउनुभएको छ।
यहाँका एक युवाले सरकारी अनुदान पाएपछि व्यावसायिक बङ्गुर पालन थाल्नुभएको छ । पैसाको अभावमा खोर निर्माण र बङ्गुर खरिद गर्न समस्या भोग्दै आउनुभएका बेनी नगरपालिका ३ भकिम्ली राँखुका खिमबहादुर पुनले सरकार स्तरबाट अनुदान पाएपछि व्यवस्थित खोर निर्माण गरी व्यावसायिक रूपमा बङ्गुर पालन थाल्नुभएको हो ।
रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका–२ सीतापुर जोड्ने सडकको सम्झौता भएको डेढ वर्षपछि काम सुरु भएको छ । २०७९ वैशाख २५ गते सम्झौता भएको सडकको निर्माण कार्य २०८१ भदौ २४ गते सम्पन्न हुने सम्झौतामा उल्लेख भए पनि डेढ वर्षको अवधिमा निर्माण कम्पनीले सामान्यबाहेकको निर्माण गरेको थिएन ।
जर्मनीको राजधानी बर्लिनमा आयोजना हुने ग्लोबल डाइलग फोरममा कैलालीको जानकी गाउँपालिकाले पनि विपत् व्यवस्थापनको सिकाइबारे अनुभव आदानप्रदान गर्ने जनाएको छ । विपत् व्यवस्थापनमा प्रभावकारी काम गरेपछि जानकी गाउँपालिकालाई सो कार्यक्रममा बोलाइएको हो । सो कार्यक्रममा पालिका अध्यक्ष गणेश चौधरीले अनुभव सुनाउने बताइएको छ । उहाँ आइतबार नै जर्मनीतर्फ जानुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्कोतर्फ प्रस्थान गर्नुभएको छ ।
कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं ६ मा स्थानीय निर्वाचन २०७४ मा गोली चल्यो । निर्वाचन बहिस्कार गर्ने नेकपा समूह र सरकारी पक्ष बिचको दोहोरो गोली हानाहानमा माल्कोटका दानबहादुर बटालालाई गोली लाग्यो र घाइते हुनुभयो ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर, आठ बँदेल र चार झारलको सिकार गर्न अनुमति दिएको हो । ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्रराज कँडेलले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताउनुभयो । उहाँका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ । यस वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका सिकारीले सिकार खेल्ने अनुमति पाइसकेको कँडेलले जानकारी दिनुभयो ।
गायक पदम राईलाई ‘के गुलियो छ र सखर चिनी’, ‘पछि पछि लागेर’ बोलको गीत र भिडियोले चर्चाको शिखरमा पुर्याएको छ । विगतमा पनि उहाँका दर्जनौँ गीत श्रोतामाझ पुगिसकेका छन् । ‘जागिर खान्छु सरकारी अड्डामा’ बोलको गीतले उहाँलाई थप चर्चित बनायो । हालै बजारमा आएको ‘बाटो घुमाउरो’ बोलको भिडियो दर्शकको रुचिको बनेपछि गायक पदम राई स्थानीयस्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा रहेका नेपालीमाझसमेत लोकप्रियता हासिल गर्न थाल्नुभएको छ ।
गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो । वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ ।
झापा जिल्लाको सानो क्षेत्रफलमा रहेको कनकाई नगरपालिका ७९.१ वर्ग किलोमिटरमा फैलिएको छ । धार्मिक एवं ऐतिहासिक स्थल कनकाईको नामबाट बनेको यस कनकाई नगरपालिका तत्कालीन सुरुङ्गा र घै