बाँकेको कोहलपुर र नेपालगञ्ज लगायतका राजमार्ग तथा मुख्य सडकमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक सुधार अभियान सुरु गरेको छ ।
दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्थापन विभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
अफगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरुषको शव दुर्घटनास्थलबाट निकालिएको प्रहरीले बताएको छ ।
निर्माण कार्य थालिएको कालीकोटको सुनथराली विमानस्थलमा ३३ वर्षपछि २०७३ माघ २९ गते पहिलो पटक परीक्षण उडान भएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुन तर्जुमा गर्ने बताउनुभएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ ।
भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहनुभएको छ । आज (शुक्रबार) बहिरङ्ग विभागमा भेटिनुभएका उहाँले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गर्नुभएको छ।
वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै मृत्यु भएकाहरूको परिवारलाई बीमा रकम दिलाई दिन्छु भनी परिवारका सदस्यलाई प्रलोभनमा पारी ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरका सडक झिलिमिली र उज्यालो देखिन थालेका छन् । महानगरपालिकाले उज्यालो वीरगञ्ज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलिमिली उज्यालो बनेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण गर्नु भएको छ । सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले सो समय मौनधारण गरेर व्यथित गर्नु भएको हो ।
नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाउनु भएको छ।