चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता हुनुभएको छ ।
सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणबाट धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको निधन भएपछि घरका सदस्य तथा आफन्तमा रुवाबासी चलेको छ । गाउँ नै शोकमा डुबेको छ
नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी यु–१९ प्रिमियर कप खेल्न मलेसिया जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको छ ।
नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ ।
कात्तिक १ गतेबाट कोहलपुर क्षेत्रका बासिन्दाहरूले कोहलपुरबाटै मालपोतसम्बन्धी सेवा पाउने भएका छन् । मालपोत कार्यालय उद्घाटन गरिएको झण्डै १४ महिनापछि कोहलपुरबाट सेवा प्रवाह सुरु हुन लागेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताउनुभएको छ ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीको मुटुमा पर्ने वीरेन्द्रचोकको चौतारीको इतिहास मेट्ने काम गरिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।
संसदीय समितिले गैरकानुनी तरीकाले खुला सीमामार्फत भित्रिने चिनी लगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ ।
चाडपर्व नजिकिएसँगै बजारमा मानिसहरूको चहलपहल बढेको छ । काठमाडौँको न्यूरोड, असन लगायतका बजार क्षेत्रमा मानिसहरूको भिड बढेको छ ।
पूर्व-पश्चिम जोड्ने देशको चौथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ ।
पछिल्लो समयमा आपराधिक घटनामा वृद्धि भएपछि न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले सचेतना अभियानलाई तीव्रता दिँदै ग्रामीण भेगमा पुगेको छ ।
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले प्रतिनिधिसभामा प्रक्रियामा रहेका विद्यालय शिक्षा विधेयक, २०८० संशोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
नेकपा (एमाले) ले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार घटाइएको घटनाको भर्त्सना गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्नुहुँदै सो भर्त्सना गर्नुभएको हो ।