४९ दिनको जनआन्दोलनपछि २०४६ साल चैत २६ गते राति राजा वीरेन्द्रले देशवासीका नाममा सन्देश दिँदै दलमाथिको प्रतिबन्ध हटाएको खुलासा गर्नुभयो । राजाको घोषणाअनुसार देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो । प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली कांग्रेस, मालेलगायतका राजनीतिक पार्टीका शीर्षस्थ नेताले आन्दोलन फिर्ता लिए । राजधानीलगायत देशभरका कारागारमा बन्दी बनाइएका सबै राजबन्दीलाई रिहा गरियो । ०४६ सालको ऐतिहासिक जनआन्दोलन आफैँमा विशिष्ट राजनीतिक मुद्दा बोकेको प्रजातन्त्र प्राप्तिको लडाइँ थियो । तत्कालीन वाम घटकले गणेशमान सिंहको नेतृत्व स्वीकार गरी नेपाली कांग्रेसको चारतारे झन्डामुनि र
कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले वास्तविक किसानले राहत र अनुदान पाउने बताउनुभएको छ । नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रले शुक्रबार आयोजना गरेको अनुदान वितरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उद्योग, कृषि तथा सहकारी मन्त्रालय तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशबाट प्राप्त दुग्ध कृषकहरूलाई उत्पादनका आधारमा अनुदान वितरण गरिएको थियो ।
स्वास्थ्य सेवामाथिको खस्किँदो भरोसाबीच सप्तरीको एक सरकारी अस्पतालको स्वास्थ्य सेवाबाट सेवाग्राही खुसी देखिएका छन् । बोदेबरसाइन नगरपालिकाले तीन वर्षअघि सञ्चालनमा ल्याएको शत्रुधन अस्पतालले दिँदै आएको स्वास्थ्य उपचार सेवाबाट स्थानीय सेवाग्राही खुसी भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल जिल्लाको पुरानो अस्पताल हो तर यहाँ आउने बिरामीमध्ये ९० प्रतिशत बिरामी उपचार पाएर पनि सन्तुष्ट छैनन् । यो अस्पताल पूर्ण रूपमा निःशुल्क पनि छैन ।
सडक नपुगेको सर्लाहीको चुरे भेगस्थित दुर्गम क्षेत्रमा खोलाको बगरबाट बस सञ्चालन भइरहेका छन् । यो वर्ष अहिलेसम्म खोलामा बाढी नआएकाले बगरबाटै बस सञ्चालन भइरहेका हुन् । सडक नरहेकाले यहाँको चुरे भेगका केही बस्तीमा खोलाको बगर हुँदै आवजावत गर्नुपर्ने बाध्यता छ । वर्षा हुन थालेपछि खोलामा बाढी आएर गाउँमै थुनिने स्थानीय बासिन्दा अहिले भने खोलाको बगरबाट बस गुड्दा गाउँमा उत्पादित कृषि उत्पादन र खसीबाख्रा बिक्री गर्न तथा आफूलाई आवश्यक पर्ने
जग्गाधनी पुर्जाको अभावमा नयाँ घर बनाउन नपाउँदा मुसहर समुदायका बासिन्दा एउटै कोठाको जीर्ण घरमा परिवारका सात जनाभन्दा बढी सदस्य बस्न बाध्य छन् । देशकै होचो पालिकाका रूपमा परिचित धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ स्थित मुसहरी टोलका मुसहर समुदायका बासिन्दा लालपुर्जाको अभावमा वर्षौंदेखि बसोबास गर्दै आएको जग्गामा नयाँ घर बनाउन नपाउँदा पुरानै घरमा कोच्चिएर बस्न बाध्य भएको सोही टोलकी ५० वर्षीया राजकुमारी सदा बताउनुहुन्छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आन्तरिक नियमन प्रणाली बलियो बनाउन सके सहकारीमा समस्या नआउने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी महासम्मेलनको दोस्रो दिन कार्यपत्र प्र्रस्तुत गर्दै रेग्मीले भन्नुभयो, “सहकारीमा माथिबाटै सफाइ गर्नु आवश्यक छ । यसो हुन सके सुशासनमा प्रवद्र्धन पुग्छ ।” कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण गठन गर्न सरकार सकारात्मक भएको भन्दै उहाँले सहकारीका समस्या समाधान गर्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
सफा हिमाल अभियान २०२३ अन्तर्गत विभिन्न चारवटा हिमाल सरसफाइका लागि नेपाली सेनाले तीनवटा टोलीलाई जिम्मेवारी दिएको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली, अन्नपूर्ण हिमाल सफाइका लागि सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली र बरुन्चे हिमाल सफाइका लागि सात जनाको टोली खटाइएको छ । सगरमाथा र ल्होत्से सफाइमा खटिएको टोली मङ्गलबार स्याङ्सोचे पुगेको र स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गरी एक साताभित्र सगरमाथा आधार शिविर पुग्ने प्रवक्ता भण्डारीले बताउनुभयो ।
नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगतिको समीक्षा गर्दै समयमै सम्पन्न गर्न ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ ।
काठमाडौँ उपत्यका मेयर फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । शुक्रबार उपत्यकामा सम्पन्न तीन जिल्लाका १८ वटा नगरपालिका प्रमुख र उपप्रमुखको भेलाले उपत्यका नगरपालिका फोरमको अध्यक्षमा महर्जनलाई चयन गरेको हो । उपाध्यक्षमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, सहसचिवमा मध्यपुर थिमिका प्रमुख
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । शुक्रबार गोरखा सदरमुकाममा आयोजित विभिन्न कार्यक्रममा बोल्दै उहाँले आफूलाई आराम गर्ने छुट नभएको बताउनुभयो । “बितेका सय दिन अलि उतार चढाव भयो । फेरि पनि जहाँ आएर ल्यान्ड हुनुपर्ने हो त्यहाँ आएर ल्यान्ड भएको छ,” उहाँले भन्नुभयो, “अब खुसीका साथ मलाई आराम गर्ने छुट छैन ।”उहाँले विगत तीन महिना
कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएको थियो । यो विमानस्थलले अहिले जहाजको प्रतीक्षा गरेका छन् ।
पाटीको बास भएका दोलखाको तामाकोशी गाउँपालिका–१, भीरकोट माझी गाउँका ६५ वर्षीय दानबहादुर माझीले बस्ने बास पाउने हुनुभएको छ। गत चैत १३ गते गोरखापत्र अनलाइनमा प्रकाशित सडकले सुकुम्बासी बनाएपछि बिचल्लीमा दानबहादुर शीर्षकको प्रभावले वडा कार्यालयले घर बनाइदिने भएको हो।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई देशकै पहिलो ‘स्वस्थ सहर’मा सूचीकृत गर्न पहल सुरु गरिएको छ। सरकारले लिएको दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये गरिबी निवारण, गुणस्तरीय शिक्षा, गुणस्तरीय खानेपानी र शून्य कार्बन उत्सर्जन गरी चारवटा लक्ष्य पूरा गरेको धुलिखेल नगरपालिकाले नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)मा पहल गरेको हो।
नेपाल–भारतबीच जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट मल खरिद गर्ने सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्यो तर नेपालले हालसम्म ३० हजार मेट्रिक टन मल ल्याउन मात्र सकेको छ । नेपाल र भारतीबीच २०७८ फागुन १६ गते जीटुजी सम्झौताबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार भारतबाट पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल आउनुपर्ने हो । सन् २०२१–२२ मा एक लाख मेट्रिक टन युरिया र डीएपी ५० हजार टन आउनुपर्ने थियो तर हालसम्म ३० हजार मेट्रिक टन युरिया मात्र आइपुगेको छ ।
फलको राजा मानिने आँपमा फूल लाग्ने बेलादेखि नै रोगको प्रकोप बढेकाले यो वर्ष उत्पादनमा ह्रास आउने भएको छ । मौसमी प्रतिकूलता र रोगका कारण आँपको फूल (मञ्जर) नै डढेकाले उत्पदनमा निकै कमी आउने जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । बोटमा फल नलागेपछि आँप कृषकले करोडौँ रुपियाँ बारबरको क्षति बेहोर्नुपर्ने भएको छ ।