समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतिएल्बम ‘तिम्रो खुसी’ लोकार्पण भएको छ । लामो समयदेखि उपन्यास विधामा कलम चलाउँदै आउनुभएका ताम्राकारले क्यान्सर जस्तो जटिल रोगलाई जितेपछि केही समययता गीत रचनातर्फ लाग्नुभएको कार्यक्रममा प्रमुख अतिथि पूर्वन्यायाधीश गीतकार कल्याण श्रेष्ठले बताउनुभयो ।
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को:गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । फेस्टिभलले सोमबार सार्वजनिक गरेको लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको ‘गुराँस’ पनि प्रतिस्पर्धामा परेको छ । आइसफल प्रडक्सनले श्रीलङ्काको फिल्म काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो ।
साङ्गीतिक ब्यान्ड एक्सिसले छ वर्षपछि नयाँ गीत ‘पाइला’ सार्वजनिक गरेको छ । ब्यान्डले युट्युब च्यानलबाट आइतबार गीत सार्वजनिक गरेको हो । ब्यान्डले पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालि (पिभिई नेटवर्क) को प्रस्तुतिमा गीत बजारमा ल्याएको हो । ब्यान्डले गीतसँगै ‘एक्लो जीवन’, ‘पैसा’ र ‘विस्तारै’ बोलको गीत पनि तयार पारेको छ । गीत ‘पाइला’ मा व्यक्तिलाई हार नमानी जीवनमा अगाडि बढ्न प्रेरित गरिएको छ । त्यस्तै ‘एक्लो जीवन’ र ‘विस्तारै’ प्रेमभावका गीत हुन् । ‘पैसा’ मा भने जीवनमा पैसाको महत्त्व, पैसा र पैसाको शक्तिले मानिसले कसरी रङ फेर्छ भन्ने अथ्र्याइएको छ ।
करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीले करिब छ करोड लगानीमा सुरु गर्नुभएको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो ।
कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ ।
नवलपुरमा एप्पलको सोना मन्सुली चामलमा अखाद्य वस्तुको मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । पवनपुत्र खाद्य उद्योग प्रालि वीरगन्जको एप्पल सोना मन्सुली चामलमा अखाद्य मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको हो । मध्यबिन्दु नगरपालिकाको आरुङखोला कोटथरमा आइतबार गरिएको बजार अनुगमनका क्रममा चामलमा अखाद्य वस्तु फेला परेपछि त्यसको वितरक कम्पनी समीक्षा इन्टरप्राइजेज, कावासोतीमा सोमबार अनुगमन गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपिन सुवेदीसँग संवाद गर्नुभएको हो।
चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि इलेक्ट्रिक सवारीसाधन आउन सुरु भएको छ । चोभार सुक्खा बन्दरगाहमा सुरु अवस्थामा कन्टेनराइज्ड कार्गो मात्र आउने गरेकामा गत असारबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको हो ।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा गत वर्षको तुलनामा यो वर्ष कम पानी सङ्कलन भएको छ । नेपालबाट वर्षाको मौसम बाहिरिएको र पानी पर्ने क्रम घट्दा जलाशयमा गत वर्षभन्दा कम पानी सङ्कलन भएको पाइएको हो । गत वर्षको तुलनामा यो वर्ष जलाशयमा यही अवधिमा पानीको सतह घटेको हो । नेपालको जलाशययुक्त यस आयोजनालाई जलविद्युत्को महत्त्वपूर्ण ब्याकअपका रूपमा समेत मानिन्छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण एक जनाको मृत्यु र २९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । घाइते हुनेमा बझाङमा २१, अछाममा तीन, बैतडीका तीन र बाजुरामा दुई जना छन् ।
नेकपा (माओवादी केन्द्र) ले शिक्षक महासङ्घसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक परिमार्जनका लागि संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सोमबारको संसदीय दलको बैठकले सहमतिलाई संसदीय दलका प्रमुख सचेतकमार्फत संशोधन प्रव्रिmया अघि बढाउने र सोका लागि अन्य दलसँग पनि परामर्श अघि बढाउने निर्णय गरेको हो । दलका तर्फको आधिकारिक संशोधन प्रमुख सचेतकमार्फत लैजाने विषयमा संसदीय दलमा छलफल भएको हो । शिक्षा र विद्युत् विधेयकको संशोधनको विषयमा सोमबार छलफल भएको थियो ।
तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।