ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जित्नुभएको छ ।
रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई डायलोसिस मेसिन हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा नगरप्रमुख खिलध्वज पन्थीले पाँच वटा डायलोसिस मेसिन गुल्मी अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीलाई हस्तान्तरण गर्नुभएको हो ।
कर्णाली कोरिडोरको बाजुरा जिल्लाको तिथि चौरमा धनगढीबाट हुम्लाको सलीसल्लातर्फ शनिबार बिहान आउँदै गरेको मालबहाक ट्रक दुर्घटना भएको छ ।
नेपाली लोकसङ्गीतका गायक तथा सर्जक विमलराज क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । क्षेत्रीले ‘घर त पर हो’ बोलको गीत विमलराज क्षेत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।
अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा.डा. चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रूपान्तरणमा सहकारीले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
मृत अवस्थामा भेटिएका रुकुमपूर्वक पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्माका दुई दिदीबहिनीको शव पोष्टमार्टम गरिँदै छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठका अनुसार आज (शनिबार) पोष्टमार्टम हुन लागेको हो ।
नेवा: संस्कृति काठमाडौँ उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । बागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् । नेवा: शब्दले कुनै नस्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौँ उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोबास उपत्यकामा रहँदै आएको पाइन्छ ।
कुनै समय फाट्टफुट्ट रूपमा मात्र विदेश जाने नेपालीको सङ्ख्या यतिबेला निकै माथि उक्लिएको छ । सयौँ, हजारौँ होइन, लाखौँमा पुगेको छ । कोही कामको क्रममा, कोही अध्ययनका लागि त कोही आफ्ना सपना पूरा गर्न पुगेकाहरू पछि त्यहीँका ‘रैथाने’ पनि बनेका छन् । अहिले नेपालीको आकर्षक गन्तव्य युरोप, अमेरिका र अस्ट्रेलिया बन्दै गएको छ । उज्ज्वल भविष्यको सपना देख्दै घरखेत बन्दकी राखेर आकर्षक कमाइ हुने देशमा जान नेपाली लालयित छन् । तथ्याङ्कले पनि यस कुरालाई पुष्टि गर्छ
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो।
हरेक दिन हजारौँ पैतलाले चुम्छ न्युरोड । हजारौँ मनको क्रीडास्थल हुन्छ न्युरोड । रङ्गिला सपनामा मुस्कुराउँछ–न्युरोड । इन्द्रेणी विपना बोकेका मानिसहरूको स्वर्णिम सौन्दर्य हो– न्युरोड । हृदयमा प्रेमिल यौवन बोकेर आउँछन् मानिसहरू ! मस्तिष्कमा गुलाफी रङ पोतेर आउँछन् अधवैंसेहरू ! प्रेमको काल्पनिक स्वर्ग कल्पिएर आउँछन्– तन्नेरीहरू ! सपनाको धरोहर हो न्युरोड । विपनाको प्रिय गन्तव्य हो न्युरोड ।
कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डको अवरुद्ध सडक सुचारु भएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका –३ को धुला चौर नजिकको साका चौरको भीरमा बिच सडकमा बिग्रिएको जेसिवी मेशिन मर्मत गरिएपछि अवरुद्ध सडक सुचारु भएको हो ।