• १३ साउन २०८१, आइतबार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक युवक पक्राउ

blog

साङ्केतिक तस्बिर

राजकुमार भट्टराई 

खोटाङ, असोज २२ गते । खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । गोठालो गएकी आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका २० वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् । 

जङ्गलमा अमला टिपिदिने बाहानमा आरोपित युवाले बालिकालाई करणी गर्ने प्रयास गरेको आफन्तले दाबी गरेका छन्। बालिकाले सुरुमा आफ्नो हजुरआमालाई अमला टिपिदिन भनेकी थिइन् । हजुरआमाले बोटमा चडेर अमला झार्न नसक्ने भएपछि सोही ठाउँमा रहेका युवालाई अमला टिपिदिन आग्रह गरेको बताइएको छ । अमला टिप्न गएको १०–१५ मिनेटसम्म नफर्किएपछि हजुरआमाले खोजी गर्नुभएको थियो । हजुरआमाले बोलाएपछि बालिका बलात्कार हुनबाट जोगिएकी हुन् । ा

‘थरथर’ काम्दै घर पुगेकी बालिकाले आफ्नो आमालाई भनेपछि घटना बाहिरिएको हो । असोज २० गते हजुरआमासँग गोठालो गएकी बालिकालाई अमला टिप्न जाँदा बलात्कार प्रयास गरेको भन्दै उजुरी आएपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । घटनाकै दिन पक्राउ परेका श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप गरी अघि बढाइएको प्रहरीले जनाएको छ ।