• २८ वैशाख २०८३, सोमबार

प्रथम कोशीटप्पु महिला राष्ट्रिय कबड्डीमा कोशी प्रदेश विजयी

blog

प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै कोशी र बागमती प्रदेशका खेलाडी । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख २८ गते । प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताअन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ ।

कोशी प्रदेशले बागमती प्रदेश कबड्डी टोलीलाई ४०–२५ अंकले पराजित गरेको हो । खेलको ‘म्यान अफ द म्याच’ रोमान्स कर्ण घोषित हुनुभएको आयोजकले जनाएको छ ।

त्यसैगरी सोमबार भएको छैटौँ खेलमा एपीएफ क्लब विजयी भएको छ । एपीएफले मधेश प्रदेश कबड्डी टोली लाई ३६–१८ अंकले हराएको हो । उक्त खेलको ‘म्यान अफ द म्याच’ मनिषा जोशी घोषित हुनुभयो ।

यसअघि भएको खेलमा सुदूरपश्चिम प्रदेश कबड्डी टोलीले मधेश प्रदेशलाई ५१–२१ अंकले पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराएको आयोजक तरुणकुमार यादवले जानकारी दिनुभयो ।