चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका जिल्ला गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङमा घुम्ती चलचित्र तथा चलचित्र साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । ती जिल्लाका चलचित्र भवनहरू नभएका क्षेत्रमा विद्यालयको भवन, सामुदायिक भवन, क्लब एवं खुला स्थानमा चलचित्र प्रदर्शन गरिएको थियो ।
साधारण अर्थमा मानवबीच विचार, अनुभव र सन्देश सम्पे्रषण गर्ने मौखिक वा लिखित माध्यमलाई भाषा भन्न सकिन्छ । मानवशास्त्रीका अनुसार करिब १० हजार वर्षअघिसम्म भाषा प्रचलित थिएन तर मानिसबीच विचार,
राष्ट्रिय भूमि आयोगले रुपन्देही जिल्लामा १० हजार थान जग्गाधनी लालपुर्जा तयार गरेको छ तर लालपुर्जा लिँदा तिर्नुपर्ने राजस्व बढी तोकिँदा सेवाग्राहीले पुर्जा लिन खासै चासो नै दिएका छैनन्। रुपन्देही जिल्लामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गाको क्षेत्र र प्रकृति हेरी प्रति कठ्ठा १७ हजारदेखि ४९ लाख रुपियाँसम्म जग्गाको मूल्याङ्कन दर तय गरिएको छ।
राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र एवं प्राचीन तिलौराकोट सँगैको कन्थक स्तूपको दक्षिणतर्फ उत्खनन गर्दा भेटिएको गजुर कपिलवस्तु सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएको छ। कन्थक स्तूप नजिकै रहेको बिहार र पोखरीको उत्खननमा सो गजुर भेटिएको थियो। माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटर रहेको छ। कपिलवस्तुको उत्खननमा यस खालको वस्तु पहिलो पटक भेटिएको पुरातत्वविद् बताउँछन्। भेटिएको गजुर कुन समयमा बनेको भन्ने कुरा गजुरको परीक्षणपछि मात्र थाहा हुने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको सबैभन्दा प्यारो पार्टी बनाउने बताउनुभएको छ। शनिबार तनहुँको आँबुखैरेनीमा सभालाई सम्बोधन गर्दै लामिछानेले छोटो समयमा नै जनताले विश्वास गरेर मलजल गरेर ठूलो पार्टी बनाएको र आगामी चुनावसम्ममा सबैभन्दा ठूलो बनाउने विश्वास व्यक्त गर्नुभयो।
पुतलीबजार नगरपालिका–१३, ज्यामिरेमा अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरेका छन्। स्थानीय शेषकान्त सुवेदीको आँधीखोला बाख्रा फार्मका बाख्रा पछिल्लो चार दिनमा मरेका हुन्। पहिलो दिनमा पाँचवटा बाख्रा मरेपछि घाँसका कारण मरेको सोचिए पनि दोस्रो दिन नौ, तेस्रो दिन सात र चौथो दिनमा एउटा बाख्रा मरेपछि रोगले मरेको आशङ्का गरिएको हो। बाख्रा मरेपछि ल्याब टेस्टका लागि नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ। एक/दुई दिनमा के कारणले मरेका हुन् थाहा हुने पशु तथा भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख इन्द्र भट्टले बताउनुभयो।
बेनी नगरपालिका–२, लभ्लीडाँडाकी ६० वर्षीया पवित्रा कार्कीले ४० वर्षदेखि निरन्तर ताजा तरकारी र सागसब्जी बिक्री गर्दै आउनुभएको छ । बेनीमा कार्कीलाई तरकारी आमा भनेर चिन्छन् । एकाबिहानै कार्की तरकारी र सागसब्जीले भरिएको डोको बोकेर बेनी बजार झर्नुहुन्छ ।
सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणसहित विभिन्न प्रतिबद्धता व्यक्त गर्दै सहकारी महासम्मेलन शनिबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि चलेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
जलेश्वर नगरपालिका वडा नम्बर २ का महादेव पासवान एमबीबीएस अध्ययनमा ‘फुल स्कलरसिप’ (पूर्ण छात्रवृत्ति) पाए पनि तनावमा देखिनुभएको छ। किताब–कापीलगायतका अन्य सामग्री सापटी मागेर भए पनि मेहनत गरेका कारणले मेडिकल शिक्षाको प्रवेश परीक्षा उत्तीर्ण भएर चिकित्सा शिक्षा अध्ययनको बाटो खुलेको जानकारी दिँदै पासवानले घरको आर्थिक अवस्थाले गर्दा अझै धेरै समस्या बाँकी रहेकाले मानसिक तनावमा रहेको बताउनुभयो।
भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसमेतले बेवास्ता गरेपछि चौदण्डीगढी नगरपालिका–५, सिवाईस्थित त्रियुगा पुल अझै पुनर्निर्माण हुन सकेको छैन। नगरपालिकाको केन्द्र बेल्टार पुग्ने सडकअन्तर्गत सिवाई र बेल्हा जोड्ने गरी १३ वर्षअघि अर्थात् २०६६ सालमा निर्माण सुरु भएको सो मोटरेबल पक्की पुल २०७८ साल असार १९ गते त्रियुगा नदीमा आएको बाढीका कारण पिल्लर भासिएर क्षतिग्रस्त भएको थियो।
भैरहवा समाचारदाताभैरहवा, चैत २६ गते । कोभिड महामारीका बेला खस्किएको लुम्बिनीको पर्यटन क्षेत्र बिस्तारै लयमा आउन थालेका छन् । पछिल्लो तीन महिनामा लुम्बिनीमा करिब ९० हजार पर्यटक भित्रिएका छन् । यद्यपि लुम्बिनी आएका पर्यटक भने बस्दै नबसी फर्कने क्रम रोकिएको छैन । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले तेस्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ ।लुम्बिनी विकास कोषले दिएको जानकारीअनुसार जनवरी सुरु भएयता ६१ हजार १२२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट मात्र २८ हजार ८०६ जनाले लुम्बिनी भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षभरिका कुल विदेशी पर्यटकभन्दा पाँच हजार बढी हो । सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । जनवरी महिनामा तेस्रो मुलुकबाट तीन हजार ९८७ पर्यटक लुम्बिनी आएका थिए । फेब्रुअरीमा १२ हजार ५२२ र मार्चमा १२ हजार २९७ विदेशी पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ । अहिले सबैभन्दा बढी थाइल्यान्डबाट सात हजार ७६० पर्यटक आएका छन् । श्रीलङ्काका पाँच हजार १५८, म्यान्मारका चार हजार ३४२, भियतनामबाट दुई हजार ९११ र दक्षिण कोरियाका दुई हजार ८८५ जनाले लुम्बिनी भ्रमण गरेका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने बढ्न सकेको छैन । यस अवधिमा चीनबाट ३६९ जना पर्यटक मात्रै नेपाल आएका छन् ।लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कोषले हालै गरेको केही कार्यक्रमले पनि विदेशी पर्यटकको आगमन बढेको बताउनुभयो । “कोरियन र थाई पर्यटकलाई केन्द्रित गरेर कार्यक्रम गरेका थियौँ । यसले पनि पर्यटकहो सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा पर्यटकको सङ्ख्या अझै बढ्ने सङ्केत देखिएको छ ।”गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । कुवेतको जजिरा एयरले सातामा तीन पटक उडान गरेको छ । अरू उडान पनि थपेर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने हो भने लुम्बिनीमा खर्च गर्ने खालका गुणस्तरीय पर्यटक आउने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोटो)का लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयले बताउनुभयो ।
गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । शनिवार धुर्कोट गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेल र महानगरपालिकाका प्रमुख रेणु दाहालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण तथा सरोकारवाला निकायसँगको छलफलमा उहाँले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट विमानस्थल अत्यन्तै महत्वको ठाउँ भएकाले त्यसलाई कमजोर पार्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने उल्लेख गर्नुभयो। विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिँदै उहाँले पर्यटक र श्रमका लागि बिदेसिने नागरिकलाई गरिने व्यवहारमा समेत सुधार ल्याउन निर्देशन दिनुभयो।
सामाजिक सुरक्षा कोषमा आबद्ध लाभग्राहीले तोकिएका अस्पतालमा उपचार गर्दा अब २० प्रतिशतभन्दा बढी रकम तिर्नु नपर्ने भएको छ । कोषले सम्झौता गरेका विभिन्न ४४ वटा अस्पतालमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षाबापत अस्पतालमा लाग्ने खर्चमा २० प्रतिशत मात्र बुझाए पुग्ने कोषले जनाएको छ ।
पूर्व अर्थ मन्त्री जनार्दन शर्माले अहिलेको नयाँ वर्ष चुनौती पूर्ण वर्ष रहेको बताउनुहुँदै विकास र समृद्धिको एजेन्डा पूरा नगरी भाग्ने छुट हामीलाई छैन’ उहाँले भन्नु भयो । प्रेस सेन्टर नेपाल रुपन्देहीले शनिवार साँझ बुटवलमा शर्माले उक्त कुरा बताउनु भएको हो।