• १२ साउन २०८१, शनिबार

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

blog

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस

काठमाडौं, असोज २३ गते ।

यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ । 

उहाँ आउने शुक्रबार ४ दिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको थियो । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासचिवको शुक्रबारबाट हुने तय भएको नेपाल भ्रमण स्थगित भएको र भ्रमणको अर्को मिति छिट्टै नै तय हुने जानकारी दिनुभयो । 

चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू र अन्य विशिष्ट अधिकारीहरूलाई भेट्ने तालिका रहेको थियो । 

गुटरेस जलवायु परिवर्तन र शान्ति प्रक्रियाका कामको सन्दर्भमा नेपाल भ्रमणमा आउन लाग्नु भएको थियो ।