नेपाल टेलिकमले बिहीबारदेखि लागु हुने गरी अटम अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत टेलिकमको नेटवर्कभित्र १३ रुपियाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म असीमित कुराकानी गर्ने सुविधा उपलब्ध हुने छ । सोही प्याकमा १३ रुपियाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म असीमित कुराकानीको सुविधा पनि उपलब्ध हुने टेलिकमले जनाएको छ । अटम अफर अन्तर्गत नै १८ रुपियाँमा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा पनि उपलब्ध हुने छ । त्यस्तै ९५ रुपियाँमा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जिबी डेटा उपलब्ध हुने पनि टेलिकमले जनाएको छ ।
पुनर्प्रयोग आउने वस्तु (कबाड) को ढुवानीमा भरतपुर महानगरले कर लगाउने तयारी गरेको छ । भरतपुर महानगरमा उत्पादन भएर महानगरभन्दा बाहिर ढुवानी हुने कबाड सामानबाट महानगरले राजस्व उठाउने लक्ष्य लिएको हो । कर सङ्कलनकै लागि महानगरले टेन्डर आह्वान गरिसकेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताबाट हवाई सुरक्षाको गम्भीर उल्लङ्घन भएको छ । एमाले मधेश प्रदेशको अधिवेशन उद्घाटनका लागि बुधबार काठमाडौँबाट यति एयरलाइन्सको जहाजमार्फत जनकपुर पुग्नुभएका अध्यक्ष ओलीलाई स्वागत गर्न कार्यकर्ता जहाजको ढोकासम्मै पुगेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी कोषबाट अनुदान प्राप्त गर्ने निजी क्षेत्रलाई पनि अख्तियारले अनुसन्धान गर्न पाउनुपर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रमुख आयुक्त राईले सरकारी कोषको रकम उपलब्ध गराइएको अवस्थामा त्यस्तो रकमबारे छानबिन गर्न पाउनुपर्ने बताउनुभएको हो।
दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरको चार लाख १९० किलोलिटर इन्धन आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन लाख ८९ हजार ८२० किलोलिटर इन्धन आयात भएको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएका बेला ७० हजार केजी (सात टन) चिनी भण्डारण गरेको आरोपमा सिलबन्दी गरेको व्यावसायिक फर्मलाई जरिबाना गरेर सिलबन्दी फुकुवा गरेको छ । विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले कुलेश्वरमा रहेको गुह्येश्वरी ट्रेड लिङ्कको गोदामलाई तीन लाख रुपियाँ जरिबाना गरेर सिलबन्दी फुकुवा गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रबर्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
पछिल्लो एक सातामै मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु भएको छ । अनुकूल मौसम सुरु भएपछि मुस्ताङमा अहिले आन्तरिक र बाह्य दुवै खालका पर्यटकको भीड लागेको छ ।
पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित हुनुभएको छ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ गर्नुभएको छ ।
२०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।
चिकित्सकमाथि भएको कुटपिटको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चिकित्सकमाथि दुव्र्यबहार गरी फरार रहेकामध्ये सुवास स्याङतानलाई आज पक्राउ गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले मानव बेचबिखन पीडितका लागि पुनस्र्थापना कोष र पुनर्स्थापना केन्द्र सम्बन्धमा कानुन बनाउन पर्ने औंल्याइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको वर्तमान सरकारलाई जनताप्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ ।