गौरादह, झापाको दमक ३ मा निर्माण भइरहेको दमक भ्यु टावर ।
चन्द्र पन्दाकताप्लेजुङ, असोज १४ गते। ताप्लेजुङमा तीन दिने ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९’ सम्पन्न भएको छ। जिल्लाको पर्यटन प्रवर्द्धन तथा धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ) को प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महोत्सव बिहीबार सम्पन्न भएको हो। सदरमुकाम फुङ्लिङमा मङ्गलबार, बुधबार र बिहीबार तीन दिन आयोजना गरिएको पर्यटन महोत्सव हर्षोल्लासका साथ सम्पन्न भएको छ। पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र जिल्लास्थित नेपाली सेनाको भीमकाली गुल्मले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा खेलकुद, मनोरञ्जनलगायत विविध कार्यक्रमका सम्पन्न भएको छ। महोत्सव मूल आयोजक समारोह समितिका संयोजक एवं पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले विगतमा भन्दा यसपटक अझ बढी गतिविधिका साथमा महोत्सव सम्पन्न गरिएको बताउनुभयो। उहाँकाअनुसार यस वर्ष साहसिक तथा खेलकुद गतिविधिमा साइक्लिङ, रक क्लाइबिङजस्ता गतिविधि थप गरिएका थिए। बाँकी विगतमा झैँ खुला तथा महिला हाफ म्याराथन (दौड), खाद्य परिकार महोत्सव, औद्योगिक प्रदर्शनी मेला, फोटो प्रदर्शनी लगायतका स्टलहरू राखिएका थिए। यस्तै महोत्सवकै अवसरमा अन्तरपालिकास्तरीय मेयरकप भलिबल प्रतियोगिता र खुला बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको थियो। यता महोत्सवको तीनै दिन स्थानीय तथा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहेको आयोजक समिति सदस्य एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो। महोत्सवमा सहभागी पाहुना तथा पर्यटकले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नुका साथै मिक्वाखोला गाउँपालिकामा रहेको फुङफङ्गे झरनासमेतको अवलोकन गरेका आयोजकले जनाएको छ। यता यस वर्षको महोत्सव अवधिभर करिब एक लाखले सहभागिता जनाएका बताइएको छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजमा आमूल रुपान्तरण गर्नसक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल र तेक्वान्दो प्रतियोगिता हुने म्याग्दीमा तयारी तीव्र पारिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीका गुनासो र समस्या सुन्न र समाधान गर्न ‘हेल्लो तिलोत्तमा’ सुरु गरेको छ । हेल्लो तिलोत्तमाको नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले शुक्रबार उदघाटन गर्नुभयो ।
दशैं नजिकिएका बेला नेपालगञ्ज बजारमा म्याद गुज्रेका सामान र मापदण्डपिवरित मासु खुला रुपमा बिक्रि भएको भेटिएको छ । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान विक्री गरेको पाइएको हो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सुविधावाफत प्राप्त हुने तीन महिनाको रकम बालबालिकाको पोशाकमा खर्चने घोषणा गर्नु भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गुर्नभएको छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदा समेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको समयमा आम सञ्चार माध्यमले प्रकाशन र प्रसारण गरेका समाचार सामग्रीको स्वनियमन र स्वमूल्याङ्कन लागि आग्रह गर्नुभएको छ।
केही दिन अघिसम्म अस्तव्यस्त रहेको दमक बसपार्क अहिले स्थानीयहरुको प्रयासमा आकर्षक बनेको छ । चाडपर्वलाई लक्षित गरी साथीभाइ नामक समूहले बसपार्कको स्वरुप नै परिवर्तन गरेको हो ।
म्यानमारमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।
ज्येष्ठ नागरिकलाई स्वस्थ र सक्रिय जीवनयापनका लागि सहयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
गुल्मीका ग्रामीण भेगका किसान बाँदर र बँदेलबाट पीडित भएका छन् । जिल्लाको पश्चिम भेगमा पर्ने मदाने गाउँपालिका –१, अग्लुङ्गका किसानले आफुहरु बाँदर र बँदेलबाट निकै पीडित भएको गुनासो गरेका हुन् ।