• ७ जेठ २०८१, सोमबार

टेलिकमका पूर्व प्रबन्ध निर्देशक आचार्यलाई ‘टेलिकम एक्स्पर्ट’ अवार्ड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २४ गते  ।

नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित हुनुभएको छ । भारतको जयपुरमा आयोजित ‘फरएभर स्टार इन्डिया अवार्ड’ कार्यक्रममा आचार्यले नेपालको दूरसञ्चार क्षेत्रमा पुराउनु भएको योगदानको कदर गर्दै उक्त सम्मान उपलब्ध गराइएको आयोजकले जनाएको छ । 

२०७१ भदौमा टेलिकमको प्रबन्ध निर्देशक हुनुभएका आचार्य चार्टर्ड एकाउन्टेन्ट समेत हुनुुहुन्छ । तत्कालीन समयमा थ्रीजीको सेवाको विस्तार तथा टेलिकमका नयाँ सेवा सुरुवातमा उहाँको महत्वपूर्ण भूमिका थियो । अवार्ड कार्यक्रममा आचार्यले दूरसञ्चारर सेवा विस्तार गर्दै डिजिटल डिभाइड कम गर्न योगदान पु¥याएको उल्लेख गरिएको थियो ।