इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सिन्धुलीकी शर्मिला थापामगर एक दिनका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य बन्नुभएको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले बजार महँगीले नागरिकको चुलो बल्न बन्द हुने अवस्थामा पुगेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले इजरायलमा रहेका नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ताका लागि सरकारले पहल थालिसकेको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको आक्रमणका कारण स्वदेश आउन चाहने नागरिकलाई फर्काउनका आग्रह गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा समाजवादी आन्दोलन सफल भएमात्रै मुलुकले आर्थिक विकास हासिल गर्ने बताउनुभएको छ ।
सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन आज राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ ।
वराहक्षेत्र –९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्त्व रहेको बताउनुभएको छ ।
नवलपुरको गैँडाकोट–१ मौलाकालिका मन्दिरमा धर्मशास्त्रसँगै व्यावहारिक ज्ञान दिन गुरुकुल शिक्षा अध्यापन गराउन थालिएको छ । गुरुकुलमा मुख्यगरी विद्यार्थीलाई अनुशासित बनाइ जीवनदर्शन र धर्मशास्त्रको ज्ञान दिइने गरिएको छ ।
नेपाललाई मानवीयताको देश बनाउने लक्ष्यमा समर्पित ‘मानवसेवा आश्रम’का ठाउँ ठाउँमा भवन निर्माण भइरहेका छन् । आश्रमका अभियन्ताका भनाइमा ती भवन ‘मानवताका मन्दिर’ हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताउनुभएको छ ।
रोटरी क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका–६ को ऐतिहासिक भैरवी मन्दिर परिसरमा निर्माण सम्पन्न शौचालय मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन केन्द्रमार्फत इन्क्युवेशन सेन्टर चलाएर स्टार्टअपमा बिउ पुँजी उपलब्ध गराई उद्यमशीलताको विकास गर्न सकिने बताउनु भएको छ ।