दशैंको अवसरमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
नेपाःडान्स एकेडेमीको आयोजनामा काठमाडौंमा तीन दिनसम्म चलेको कत्थक कार्यशाला सम्पन्न भएको छ।
आठौं आईटीएफ तेक्वान्दो वल्र्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन् ।
किङ रोबर्ट “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेटमा शनिबार च्याम्पियन बन्नुभएकोे छ । उहाँले नुवाकोटे टाइगरलाई पराजित गर्नुभएको हो । उपाधिसँगै रोबर्टले एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
पाँचथर जिल्लाका प्रमुख राजनीतिक दलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सवालमा नगरले आउने पॉच वर्षभित्र नमुना काम गर्ने बताउनुभएको छ । दशैं लगायतको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमूखले सो कुरा बताउनुभएको हो ।
ताप्लेजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले कैलालीमा रहेका इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।
नारद कोहारतौलिहवा, असोज १५ गते। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको हो। कपिलवस्तुमा तीन वटा निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका क्षेत्र नम्बर २ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।त्यस्तै क्षेत्र नम्बर १ का लागि वाणगंगा नगरपालिका ४ नम्बर वडा कार्यालय गजेहडा र क्षेत्र नम्बर ३ को लागि शिवराज नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत शिवप्रसाद पराजुली र क्षेत्र नम्बर ३ का लागि प्रकाश मरासिनीलाई तोकिएको छ।कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि सुरु भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो। उहाँले २३ गते मनोनयन दर्ता, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते नामावली प्रकाशन गर्ने, २६ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न वितरणको कार्यक्रम रहेको बताउनुभयो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो। मनोनय दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको छ।निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ जना मतदाता रहेका छन्। जसमध्ये दुई लाख दुई हजार १२५ पुरुष र १ लाख ७६ हजार १ सय ५ महिला रहेका छन् भने दुई अन्य मतदाता रहेका छन्। जिल्लामा २ सय ३४ मतदानस्थल र चार सय ७२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामजी पन्थीले बताउनुभयो। कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन वली, प्रहरी उपरीक्षक प्रेम बस्नेत, अनुसन्धानका प्रहरी प्रमुख योगेनद्र केसी, प्रमुख सेनानी दिलिप घले र जिल्ला समन्वय अधिकारी भूमीराम पोख्रेललगायत सहभागी हुनुहुन्थ्यो।
जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले स्वदेशमै वस्तु उत्पादन गरी बिक्रिवितरण गर्ने वातावरणको निर्माणका लागि युवामा जीवन उपयोगी सीप र बित्तीय शिक्षाहुनु आवश्यक भएको बताउनुभएको छ ।
ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले विजयी यात्रा जारी राख्नुभएको छ । साविक विजेता थापाले शनिबार भएको तेस्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल हुनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी–२० वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो ।
प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन् भएको छ ।
देशको सङ्घीय राजधानीका सपिङ सेन्टर हिजोआज रङ्गिन छन् । दशैं, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो ।
नवीन शिशिर विक बागलुङ, असोज १५ गते । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको कुमार राना तीन वर्ष अघि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विश्वव्यापी फैलिएको कोरोनाको कारण उहाँले वैदेशिक रोजगारी गुमाउनुभयो । कामविहीन भएपछि उहाँ नेपाल फर्कन बाध्य हुनुभयो । नेपाल फर्के पनि उहाँ बेरोजगार नै बस्नुपर्यो । गाउँघरमा रोजगारका अवसर प्राप्त नभएपछि उहाँले फेरि विदेश जाने योजना बनाउँदै हुनुहुन्थ्यो । तर गाउँपालिकाले रानालाई स्वरोजगार बन्ने अवसर दिएको छ । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाउनुभएको हो । कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरूका लागि गाउँपालिकाले अटो–रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो ।गाउँपालिकाभित्रै चल्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटो–रिक्सा उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो–रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले बनाएको थियो । गाउँपालिकाले धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो–रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीहरूमा चल्नेछन् । ‘युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पुर्याउने दुवै योजना हो’’ अध्यक्ष शर्माले भन्नुभयो–‘हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।’पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँहरूमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादर गाउँपालिकाले तोकेर अटो–रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताउनुभयो । अनुदानमा अटो–रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको प्रमाण, १८ देखि ४० वर्ष भित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उहाँहरूलाई अनुदान उपलब्ध गराएको शर्माले बताउनुभयो । गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुनेछन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो–रिक्सा सञ्चालन, मर्मत र इन्धनको व्यवस्थापन अटो–रिक्सा सञ्चालक आफैँले गर्नुपर्नेछ । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो–रिक्साको लागि व्यवसायीले एक लाख ४७ हजार ४७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।अटो–रिक्सा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष । नवीन शिशिर विक