नेपाल प्रहरीले मौलो पूजा सम्पन्न गरेको छ । मङ्गलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा मौलो पूजा सम्पन्न गरिएको हो । नेपाल प्रहरीले परम्परागतरुपमा गर्दै आएको मौलो पूजा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत असार महिनाभित्र ओसार्नुपर्ने साल्ट टेडिङ कर्पोरेशनको ढुवानी अनुदानको नुुन बल्ल ढुवानी सुुरु भएको छ । ढुवानीको जिम्मा पाएको सीता एयरले समयमै ढुवानी कार्य नगरेको कारण सो नुुन एक वर्षपछि ढुवानी सुुरु भएको हो ।
जिल्लाको खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करिब ४० वर्षका तारानाथ काफ्ले र उहाँको छोरा १५ वर्षका सनम काफ्ले रहेको सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमईमा लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईएमईमा लुटपाट मच्चाउने समूहमध्येका शंकास्पद एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले नटिङघम फरेस्टलाई ४–० गोलले हरायो ।
काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडादशैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रास्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोइपखाली गाडी सर्भिसिङ गरिन्छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजतपत्र लिएर वैद्यानिक रूपमा घरमा हातहतियार राख्दै आएका सर्वसाधारणहरूलाई हातहतियार बुझाउन आग्रह गरेको छ ।
महाकाली नगरपालिका –४ तिंकर खेडा बस्ने प्रेमसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि खुदुनावारीले हात पारेको छ । फाइनल खेलमा डाँगीबारी फुटबल क्लवलाई ४—० गोल अन्तरले पराजित गर्दै खुदुनावारी विजयी बनेर नगद ५० हजार रुपियाँ प्राप्त गरेको हो ।
म्याग्दीमा नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेल मैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ ।
सातादेखि लगातार परेको वर्षा मङ्गलबार र बुधबार पनि निरन्तर पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि मध्यमखालको वर्षा भई रहेको जनाएको छ ।
तलेजु भवानीको मन्दिरमा आज भक्तजनहरुको भीड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एकपटक महानवमीका (आज) मात्र खुल्ला हुने गर्दछ ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि यहीँ मङ्सिर ४ गते निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष)निर्वाचन तर्फको मनोनयन पत्र दर्ता आश्विन २३ गते आइतबार बिहान १० बजे देखि सॅाझ ५ बजे सम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
एउटा राँगो काट्न पनि बोलकबोल गरेर लाखौँ पैसा तिर्नुपर्छ भन्दा अचम्म पर्नुहोला ।
दशैं शक्ति उपासनाको पर्व हो । यतिबेला शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । यसो गर्नाले आयु, आरोग्य र सुख, शान्ति प्राप्त हुन्छ भन्ने जनविश्वास पाइन्छ । शक्ति सबैलाई नभई नहुने तत्व हो । वैदिक सनातन संस्कृतिले माता भगवतीलाई त्यसैको प्रतिनिधि मानेर पूजा तथा उपासना गर्न सिकाएको छ, लगाएको छ । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार देवताहरूले समेत गाह्रोसाह्रो पर्दा उनकै उपासना गर्ने गरेका छन् । भगवान् रामले पनि रावणमाथि विजय पाउन उनकै उपासना गरेका थिए, कृष्णले पनि आपत्विपत्मा उनकै सम्झना गरेका थिए ।