भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयौँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
नेपाल विकास अध्ययन संस्थाको आयोजनामा धनकुटाको टुँडिखेलमा एक दिने दिगो पुनः एकीकरण मेला हुने भएको छ । असोज २७ गते शनिबारका दिन एकदिने दिगो पुनः एकीकरण मेला हुन लागेको हो ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी आजबाट धनगढीमा सुरु भएको छ ।
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीसँग शुल्क उठाउने विद्यालयलाई कारबाही गर्ने तयारी गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै पक्ष र क्षेत्र जिम्मेवारीका साथ सामूहिक प्रयासमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो (बर्खे) अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले दोस्रो अधिवेशनको अन्त्य गर्नु भएको हो ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताउनुभएको छ ।
इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।
सांसदहरूले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा इजरायलमा रहेका नेपालीको उद्धार र चाडबाडको समयमा आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड पुगेका र स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजश्व छुटको सिफारिस दिन अनुरोध गरेको छ ।
प्रतिनिधि सभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ ।