ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले जितेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा स्वागत गरेर वैदिक विधिअनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गर्नुभएको हो । यसैक्रममा उहाँले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिनुभयो ।
काठमाडौं, असोज १८ गते । फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मितिसमेत घोषणा गर्नुभएको हो । फिल्म आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ । जोन योञ्जनले निर्देशन गर्नुभएको फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवानराज उप्रेती, संयोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका रहेको छ । फिल्ममा आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन् भने राजेश हमालको आवाजले कथा बोकेको छ ।फिल्ममा आलोक शुक्लाको छायाङ्कन, भीम विश्वकर्माको सम्पादन रहेको छ । किरण कुमार महर्जन सह–निर्माता रहेको फिल्ममा जिवलाल भुसाल, नवीन भुसाल र श्रृषा भुसाल भने कार्यकारी निर्माता हुनुहुन्छ ।
जिल्लाको पूर्बी–उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकाको वडा –६ ओबाबका दर्जनौ दलित बस्तीमा वर्खामै खानेपानीको अभाव देखिएको छ ।
तनहुँको भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाको महिलाको बाख्रा पालनबाट आयस्तर परिवर्तन भएको छ । दुई पालिकाबाट यसपालीको दशैंमा खसी र बोका बिक्री गरी झण्डै तीन करोड रुपियाँ महिलाले आम्दानी गर्न सफल भएका छन् ।
नवरात्र अर्थात् बडाददशैंको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
छिमेकी जिल्ला पाँचथरको थर्पूमा लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक निशान नाच प्रदर्शन गरिएको छ । मङ्गलबार याङ्वरक गाउँपालिका –४ थर्पूस्थित कालिका भगवती मन्दिर परिसरमा निशान नाच प्रदर्शन गरिएको हो ।
सर्पले डसेर हुम्लामा एक जनाको मृत्यु भएको छ । पशुुपालन गर्दैआएका उहाँको खर्कमा सुतेको अवस्था सर्पको टोकाइबाट मृत्यु भएको हो ।
यस वर्षको दशैं वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन् । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसममा भइरहेको परिवर्तनका कारण अहिले बाँकेमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका विरामीको संख्या बढ्दैगएको छ । असोज शुरुदेखि कहिले अत्यधिक गर्मी र कहिले सामान्य मौसम परिवर्तन हुँदा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दशैंको नवौं दिन अर्थात महानवमी पर्वका दिन नेपालीले अधिक मात्रामा पशुको बलि दिन्छन् । देवी देवताका नाममा बलीभोग दिनुहुन्न भन्ने कोणबाट पनि बहश शुरु भएको छ । यसैवीच पाँचथरको फिदिममा पशुबलीबिरुद्व सन्देश दिन भन्दै प्रदर्शन गरिएको छ ।
पाल्पाको रैनादेवी छहरा –३, भुवनपोखरीमा लु १ ज २५८३ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको रैनादेवीछहरा–३ का वडाअध्यक्ष प्रदीप पौडेलले जानकारी दिनुभयो ।
प्युठानको ददेरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका २ ददेरीमा अन्दाजी २८ वर्षीया महिलाको बसको ठक्करबाट आज मंगलबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापाले बताउनुभयो ।
बडादशैं मनाइरहेका बेला सोमबार रातीबाट सदरमुुकाम सिमकोट लगायत दुुई वटा गाउँपालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ । हिल्दुम बिधुुत आयोजनाको नहरलाई पहिरोले भत्काएपछि अनिश्चितकालका लागि बिधुत सेवा अवरुद्ध भएको हो ।
भियतनाममा बुधबारदेखि सुरु हुने एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपालको एउटै लक्ष्य छनोट रहेको छ ।