माओवादी केन्द्र बाँकेका नेता–कार्यकर्ताले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान गरिरहेका छन् । गत भदौ १६ गते देशभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय नागरिकको धान काटेर श्रमदान गरेका हुन् ।
स्पिन इभेन्ट्सको आयोजनामा अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुनेभएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको वार्षिक कार्यक्रममा रहेको यस प्रतियोगिता कात्तिक १ देखि ४ गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्न नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले सो कुरा बताउनुभएको हो ।
भक्तपुर नगरपालिका-१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सहरी विकासमन्त्री सीता गुरुङले नेपाली समाजमा भ्रूणदेखि बालिकामाथि हिंसा हुने गरेको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले बिहीबार काठमाडौँमा आयोजना गरेको “बालिका तथा किशोरीमाथि हुने अवहेलना, दुर्व्यवहार र हिंसाको सवाल” अन्तरक्रिया कार्यक्रममा उहाँले बालिकाले भोग्दै आएका विभेदको प्रतिकारका लागि थुप्रै कोणबाट काम गर्नुपर्ने बताउनुभएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको तीन मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गर्नुभएको छ ।
असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाको बजार अनुगमन समितिले पशुपति स्प्रिङ वाटर उद्योगलाई आज एक लाख रुपियाँ जरिवाना गरेको छ । समितिले खानेपानीमा किरा परेको भन्दै उद्योगलाई एक लाख रुपियाँ जरिवाना गरेको हो ।
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दुईजनाको दाबी पेस भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समयभन्दा एक दिनअघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्नुभएको हो ।
संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट र छलफल भएको छ ।
कुश्मा नगरपालिकाले नागरिक समाजको व्यापक दबाबपछि तीन महिना ढिलागरी असोज १० गते नगर सभा सम्पन्न गरी कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो ।
निर्वाचन आयोगले विदेशमा रहेका ‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार भएको हुँदा यसमा सुझाव पठाउन अनुरोध गरेको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताउनुभएको छ ।