नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले दूरसञ्चार सेवा शूल्क महँगो भयो भन्ने विषय सान्दर्भिक नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
चाडपर्व नजिकिएसँगै हेटौँडामा माछामासु पसल अनुगमनलाई तीव्रता दिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरको नेतृत्वमा बिहीबार हेटौँडा आसपासका एक दर्जन बढी माछामासु पसलको अनुगमन गरिएको हो ।
सांसदहरूले दूरसञ्चारलाई गुणस्तरीय बनाउनेतिर नियमनकारी निकायले ध्यान नदिएको गुनासो गरेका छन् । बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्नुहुँदै सांसदहरूले यस्तो बताएका हुन् । उनीहरूले सरकारी संस्थानले पनि कसैको नियन्त्रणमा नभए हुन्थ्यो भन्ने कुराले थप आशङ्का उब्जिएको बताए ।
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा कार्यरत अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
दसैँ र तिहारजस्ता ठुला चाडपर्वहरू नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली चाडपर्व मनाउन नेपाल फर्किने क्रम हाल आएर बढेको छ ।
यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । सो क्रममा नगरपालिकाले नियमित विपरीत प्रयोग गरिएका ढक बरामद गरेको छ ।
नेकपा (एमाले) का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।
गोठमा आगलागी हुँदा चौपाया घाइते भएका छन् । जिल्लाको छत्रकोट गाउँपालिका–३ काउलेका पशुपति पन्तको गोठमा आगलागी हुँदा भैँसी र पाडा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा आज विभिन्न आयोगका प्रतिवेदन पेस गरिएका छन् ।
गोरखामा ६ दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । गोरखा नगरपालिका –१० ठुटेबजारस्थित दरौदी नदीको किनारमा पुरुषको शब फेला परेको हो ।
नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै तीन दिन लाग्ने भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भागबाट मनसुन पूर्णरुपमा बाहिरिएपनि पूर्वी क्षेत्रबाट बाहिरिन भने अझै तीन दिन लाग्ने देखिएको छ ।
काठमाडौँ महानगरपालिकाले चाडपर्वलक्षित सडकको विशेष सरसफाइ अभियानमा एक सय जनालाई खटाएको छ ।
सुन्दा सामान्य लाग्ने तर किसानको सुदूर भविष्यका लागि आर्थिक भरथेगको दिगो माध्यम बनाउने उद्देश्यले इलामको रोङ गाउँपालिकाले गुन्द्रकलाई बजारीकरण गर्न थालेको छ ।