इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । आइतबार राति भएको म्यानचेस्टर डर्वीमा सिटीले म्यानचेस्टर युनाइटेडलाई ६–३ गोलले हरायो ।
सुदूरपश्चिमको मुख्य राजमार्ग भिमदत्त राजमार्गमा बस र ट्रक एकापसमा ठोक्किँदा १२ यात्रु घाइते भएका छन् । कैलाली अत्तरियाबाट बझाङतर्फ गइरहेको सुदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको बझाङबाट धनगढीतर्फ गइरहेको ट्रक सोमबार दिउँसो एकापसमा ठोक्किँदा १२ जना यात्रु घाइते भएका हुन् ।
साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियल तुलनात्मक रुपमा कमजोर टोली ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
गोरखा, असोज १७ गते । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एक जनाको मृत्यु भएको छ। आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीन जना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उहाँले बताउनुभयो।मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिनुभयो। मृतकको शवपरीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ। आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो। यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो। उक्त हिमपहिरामा परी दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो। रासस
दशैं र तिहारको अवसरमा गाउँघरमा खेलिने लिङ्गे पिङ लोप हुँदै गएपछि रुपन्देही सैनामैना नगरपालिका १० सालझण्डीका युवाहरु पिङ संस्कृति संरक्षण गर्न लागिपरेका छन् । पिङ नै हराउन थालेको भन्दै स्थानीय सालझण्डी ब्वाइज क्लव र विश्व शान्ति युवा क्लवले पहिलो पटक सालझण्डीमा लिङ्गे पिङ शुरु गरेका हुन् ।
बाँके क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जमा सञ्चालन गरिएको छ। जिल्लाका क्षेत्र नम्बर १ र ३ गरेर अन्य दुई क्षेत्रमा कार्यालय सञ्चालन गरिंदैछ।
हिमालि च्याङग्राको मुल्य आकाशीएसँगै स्थानीय खसीबोकाको माग बढेको छ । हिमाली क्षेत्रमा जडिबुटी खाएर हुर्केका च्याङग्रा दशैंमा उपभोक्ताको रोजाईमा परे पनि मुल्य बढी हुँदा स्थानीय जातका खसीबोका उपभोग गर्नु स्थानीयको बाध्यताझै भएको छ । च्याङग्रा खाना नसक्ने अवस्था भयो काठेखोला २ का सागर विकले भन्नुभयो । च्याङग्राको मासु खाने होईन मुल्य सुनेर बस्नु पर्ने भयो । दशैंलाई गाउँकै खसी उपभोग गर्ने तयारी छ उहाँको भनाइ छ।
चन्द्र पन्दाकताप्लेजुङ, असोज १७ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले कैदीबन्दीलाई खसी उपलब्ध गराउनुभएको छ। नगर प्रमुख मादेनले ताप्लेजुङका कारागारका कैदीबन्दीलाई दुई वटा खसी उपलब्ध गराउनुभएको हो। कारागार कार्यालयका प्रमुख (जेलर) कुलेन्द्र खवासका अनुसार नगरप्रमुख मादेनले शनिबार दशैंको फूलपातीको दिन खसी उपलब्ध गराउनुभएको हो। कैदीबन्दीहरुको दशैं चाड रमाइलो बनाउनका लागि नगर प्रमुख मादेनले खसी उपलब्ध गराउनुभएको उहाँका स्वकीय सचिव अञ्चल गुरुङले जानकारी दिनुभयो।ताप्लेजुङ कारागारमा हाल एकसय ४० जना कैदीबन्दी रहेका छन्। उक्त सङ्ख्यामध्ये कैदी ९८ जना र थुनुवा ४२ जना रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।
रामेछापको सदरमुकाम मन्थलीबाट सोलुको लुक्लासम्मको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थल व्यस्त बनेको छ । कोभिड–१९ र विमानस्थल मर्मतका कारण रोकिएको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थलमा चाप बढेको हो ।
बडादशैं अन्तर्गतको नवरात्रीको अष्टमीको दिन राष्ट्रपति विद्यादेवि भण्डारीले आज सोमबार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ मा रहेको पलान्चोक भगवतीको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत सोमबार बिहान उहाँ पाँचखालस्थित बिरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म आउनुभएको थियो ।
बडादशैंको अवसर पारेर लोपोन्मुख सन्थाल जातिहरुको सांस्कृतिक झाँकीसहितको नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा झापाको कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा भएको सन्थाल नृत्यमा झापा र मोरङ जिल्लाका १८ सन्थाल टोलीको सहभागिता रहेको थियो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार उहाँ एमाले प्रवेश गर्नुभएको हो ।
हिमाली जिल्ला म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उनीहरु आफू स्वरोजगार हुँदै अन्य युवालाई पनि रोजगारी प्रदान गरेका हुन् ।
धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गर्नुभएकाे छ । उहाँले २ घण्टा ४७ मिनेट २० सेकेन्ड मा पूरा गरेर ४५ वर्ष उमेर समूहमा साे स्थान हासिल गर्नुभएकाे हाे ।