सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुग्नुभएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले उहाँ विरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो ।
विश्वबैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेसमा रहनुभएका अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले मुनाफा आर्जन गरिरहेकाले दक्षिण कोरियाली कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ ।
नेपालमा अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रसम्म आँखा उपचारको पहुँच पुर्याउनुपर्ने भएको छ । आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि अन्धोपन बढी सङ्ख्यामा ग्रामीण क्षेत्रमा रहेको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ ।
राप्ती आँखा अस्पतालले स्थापनादेखि हालसम्म दुई लाख १२ हजार मोतियाबिन्दुको शल्यक्रियापछि नयाँ दृष्टि प्रदान गरेको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बैठक जारी रहेको हो ।
बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीमा पहिलो पटक बिजुली बत्तीको पहुँच पुगेको छ । निस्दीको बतासा, ज्यामिरे र सिन्दुरे गाउँमा पहिलो पटक विजुलीबत्ती बलेपछि यहाँका बासिन्दा खुसी भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारीमा समस्या आउन नदिनका लागि लेखापरीक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यालय आउजाउ गर्ने प्रयोजनका लागि विद्यार्थीलाई साइकल वितरण गरेको छ ।
नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ६८ औँ नेपाल प्रहरी दिवसका अवसरमा बिहीबार अस्पताल परिसरमा प्रहरी कर्मचारीद्वारा रक्तदान गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. अमिनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका–१३ गाहाँ खोलाबाट ११ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आँधीखोला किनारबाट अवैध रूपमा नदी जन्य पदार्थ ओसार पसारमा संलग्न नौ भरी र दुई खाली ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ता अधिकारको बारेमा सरोकारवालासँग छलफल गरेको छ ।
गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् । । प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा कास्की पहिलो र तनहुँ दोस्रो धेरै उजुरी पर्ने जिल्लाका रूपमा रहेका आयोगको कार्यालयले जनाएको छ ।