• २८ पुस २०८१, आइतबार

लागू औषधविरुद्धको अभियान शुभारम्भ

उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक : रक्षामन्त्री खड्का

blog

कर्णाली प्रदेशमा लागू औषधविरुद्धको लालटिन अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुृहुँदै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का ।

काठमाडौं, असोज २५ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागू औषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गर्नुभएको छ । लागू औषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्‍याइरहेको बताउनुहुँदै उपप्रधानमन्त्री खड्काले सिङ्गो समाज यसका विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

“सबैको साझा सङ्कल्प र प्रयत्नबाट लागू औषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता हो”, लालटिन अभियानको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुभारम्भ गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “घर, समाज र राष्ट्रलाई लागू औषधमुक्त बनाउका लागि सबैले सङ्कल्प गर्नु आवश्यक छ ।”


उपसभापति खड्काले सीमा नाकामा हुने लागू औषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक सङ्घ–संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । “सीमाबाट हुने लागू औषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ”, उपसभापति खड्काले भन्नुभयो, “यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।”

उपसभापति खड्काले लागू औषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्कले देखाएको बताउनुहुँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताउनुभयो ।