सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएको एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् ।
झापाको कमल गाउँपालिका–३ स्थित कमल खोलाको पुलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । ६५ वर्षीय एक वृद्धको ठक्करले मृत्यु भएको हो ।
तराइवासीले मनाउने महान् पर्व छठ पर्व मनाउन मोहना नदी किनारमा तयारी गरिएको छ । तयारी समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार छठमा पूजा गर्न आउने भक्तालुका लागि धनगढीको मोहना नदीघाटमा टेण्ट निर्माण, बिजुली बत्ती र रातिका लागि जाग्रामस्थलको निर्माण गरिएको छ ।
एक दिवसीय विश्वकपको फाइनलमा अहिले आयोजक भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्तका लागि अस्ट्रेलियाले टस जितेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाअनुसार ‘सामाजिक सञ्जाल’ भन्नाले इन्टरनेटले उपलब्ध गराएको सुविधा प्रयोग गरी सामाजिक सञ्जाल ‘प्लेटफर्म’ले उपलब्ध गराएको विधिअनुरूप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधासमेत प्रदान गर्ने समूह, ब्लग, एपलगायतका सञ्जाल सम्झनु पर्छ ।
पश्चिम नेपालको अवध क्षेत्र मानिने बाँके र बर्दियामा सदियौँदेखिको अवधि संस्कृति, भाषा र साहित्यको संरक्षण र संवर्द्धनमा विशेष पहल गर्नुपर्नेमा अगुवाहरूले जोड दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसङ्घले शनिबार पुष्टि गरेको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवम् सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
छठपूजाका व्रतालु धमाधम छठघाटतर्फ प्रस्थान गर्नेक्रम सुरु भएको छ । नजिकको पोखरी, खोला, नदी, नहरलगायतका जलाशयमा निर्माण गरिएका छठघाटमा पूजा सामग्री बोकेर व्रतालु पुगिरहेका हुन् ।
दाङबाट स्वर्गद्वारी आश्रममा रहेका गाईका लागि पराल दान गरिएको छ । आश्रमको नाममा एक हजार एकसय विघा जग्गा भए पनि आयस्ता नउठ्दा गाईका लागि चाहिने घाँस, पराल दानको रुपमा संकलन गर्ने गरिएको छ ।
जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ ।
लहान नगरपालिकाका ४,५,६,७,८,९ र १० नम्बर वडाका स्थानीयहरुले छठ पर्व मनाउन खुटी खोलामा दुई हजारभन्दा बढी घाट निर्माण गरेका छन् ।
रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि भिडन्त गर्दा एक अर्ब ४० करोड भारतीयहरुको मुटुको धड्कन पटकपटक तेज हुनेछ ।