नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको बताउनुभएको छ ।
हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’ जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमिमा बुद्धको जन्म नेपाली र नेपालीका लागि गर्वको विषय भएको बताउनुभएको छ ।
पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
भारतबाट नेपाल आएर अलपत्र परेको एउटा हात्तीको छावाको झापामा सकुशल उद्धार गरिएको छ । झापाको मेचीनगरस्थित बाहुण्डाँगीमा भारततर्फ आएका दुई दर्जन सङ्ख्यामा रहेका हात्तीहरूसँगै उक्त छावा पनि रहेको थियो । मानिसहरूको होहल्ला भएपछि हात्तीको हुल छावालाई छाडेर भारततर्फ फर्किएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको उत्तरी हिमाली भेगमा पर्ने दार्चुला जिल्ला भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक दृष्टिले धनी छ । नेपाल सरकारले घोषणा गरेका १३ वटा दुर्गम जिल्लामध्ये दार्चुला पनि एक हो । सङ्घीय संरचनाको निर्माणसँगै यो जिल्ला दुर्गमबाट बिस्तारै सुगमतर्फ फड्को मार्दै छ । सडक, यातायात, ऊर्जासँगै सूचना प्रविधिको प्रयोग र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुँदै आएको छ ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सकिएको छ । करिब चार महिना चलेको अधिवेशनमा १५ वटा बैठक सञ्चालन भएका थिए तर पहिलो अधिवेशनमै अधिकांश सदस्यहरू सबै बैठकमा उपस्थित नभएको पाइएको छ । सबै बैठकमा उपस्थिति हुनेको सङ्ख्या आधाभन्दा पनि कम अर्थात् १९ जना मात्रै छन् । संसद् छल्नेमा बहालवाला मुख्यमन्त्रीसहित मन्त्री र पूर्वमन्त्री पनि छन् । विगतमा पनि प्रदेश सभाका सदस्यले संसद् बैठकभन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको पाइएको थियो ।
कर्णाली कोरिडोरको हुम्ला, बाजुरा र कालीकोट खण्डमा यातायात व्यवसायीको सिन्डिकेटका कारण यात्रुले कठिनाइ खेप्नु परिरहेको छ । सो खण्डमा प्रत्येक जिल्ला र गाउँपालिकाभित्रका यातायात व्यवसायीले सिन्डिकेट लागू गरेका छन् । सो खण्ड हुँदै सुर्खेत र नेपालगञ्ज आउजाउ गर्ने यात्रुले स्थानीय व्यवसायीको गाडी चढ्नैपर्ने बाध्यता छ ।
मातृभाषा पत्रकारिताको व्यावसायिकताप्रति सरकार उदासीन रहेको गुनासो गर्दै मातृभाषी पत्रकारले आवश्यक ऐन र नीति बनाउन माग गरेका छन् । नेवाः पत्रकार राष्ट्रिय दवुको आयोजनामा भएको आठौं मातृभाषा दिवसको अवसरमा मातृभाषी पत्रकारले सो माग गरेका हुन् ।
पोखरा महानगरपालिका–११, कालीखोलादेखि काहुँकोटसम्म पुग्ने कालीखोला–काहुँकोट अर्गानिक पदमार्ग निर्माण गरिने भएको छ। पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभएको हो। कालीखोलादेखि काहुँकोटसम्म १ दशमलव ८ किमि लम्बाइको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो। “पोखरा आसपासमा थुप्रै पदमार्ग छन्, त्यसलाई व्यवस्थित गर्दै नयाँ निर्माण गर्नु पनि आजको आवश्यकता हो,” प्रमुख आचार्यले भन्नुभयो। अब निर्माण गरिने पदमार्ग स्थानीय विशेषता झल्कने र पहिचानसहितका हुने उहाँले बताउनुभयो।
नवलपरासीपूर्वको कावासोतीमा बन्न लागेको नमुना सदरमुकाम शिलान्यास भएको चार वर्ष पुगे पनि कामले भने गति लिन सकेको छैन। वि.सं. २०७६ वैशाख ७ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट शिल्यान्यास भएको नमुना सदरमुकाममा शिलान्यासको चार वर्ष बितिसक्दा पनि अझै भौतिक पूर्वाधार निर्माण सुरु हुन नसकेको कावासोतीका समाजसेवी गोपाल बस्ताकोटीले बताउनुभयो।
साझेदारी तथा वैज्ञानिक वन व्यवस्थापन कार्यले वन संरक्षण प्रभावकारी देखिएको छ। यो कार्यक्रम लागू भएपछि वन संरक्षण हुनुका साथै स्थानीय जनताको जीवनस्तरमा समेत परिवर्तन ल्याएको बताइएको छ। १० वर्षअघि सैनामैना नगरपालिका–१० को लुम्बिनी साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको हो। वैज्ञानिक वन व्यस्थापनको काम गत दुई वर्षअघि खारेज गरिए पनि अहिले पुनः यसलाई दिगो वन व्यवस्थापनको नामबाट सञ्चालन गरिएको छ।