धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ ईनरुवास्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिन्दु थापा तानसेन, असार २१ गते । पाल्पालाई देशकै ढाकाको एकमात्र राजधानी बनाउनुपर्ने पाल्पाका स्थानीयबासीले जोड दिएका छन् । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्र्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको थियो । पाल्पा भन्नसाथ ढाका कपडा र करुवाले चिनिने भएका कारण पाल्पाको महत्व र पहिचान बढ्दै गएको छ यो पहिचान र इतिहास कसैले मेटाउन सक्दैन तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा गाहा सिंजालीले भनुभयो ।२०५५ सालसम्म टोपी र चोलोमा सीमित पाल्पाली ढाकाले बच्चादेखि वृद्धवृद्धासम्मको मन जितेको छ । स्वदेश र विदेशमा पाल्पाली ढाकाको चर्चा पपरिचर्चा भएको कारण अन्य जिल्लाले पाल्पाको उत्पादनलाई लगेर बिक्रि वितरण गर्दा त्यो जिल्लाको गरीमा बढ्ने छ सिंजालीले बताउनुभयो ।तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले इतिहास बिर्सेर सामाजिक संजालमा तस्बिर राख्दैमा पाल्पाली ढाकाको पहिचान नगुम्ने बताउँदै उहाँले भन्नुभयो, ‘‘पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौमा बंगलादेशको राजधानी ढाकाबाट ढाका बुट्टेदार कपडा आउँथ्यो ।’’ सोही कपडाको टोपी बनाई धनी साहुमहाजनले लगाउने प्रचलन चलेको थियो । सोही समयमा एउटा टोपीको मूल्य १० रुपियाँदेखि २५ रुपियाँसम्म पर्दथ्यो । टोपीको मूल््य महँगो भएका कारण सर्वसाधारणको पहुँचमा थिएन । ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पाको स्वदेशी वस्त्रालयमा पनि उत्पादन हुने थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको होे । २०१५ सालदेखि सुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय गहनाका रूपमा पहिचान बनाएकाले पाल्पालाई ढाकाको राजधानी गराउनुपर्ने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताउनुभयो । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई २०७८ चैत १२ गते ढाकाको राजधानी घोषणा गरिएको हो । २०७९ असार २० गते ढाकाको राजधानी तेह्रथुम घोषणा गरिएको समाचार सामाजिक संजालमा आएसँगै पाल्पा उद्योग वाणिज्य संघको ध्यान केन्द्रित भएको र पाल्पालाई नै ढाकाको राजधानी गराउनुपर्नेमा दुईमत नरहेको पाल्पा उद्योग वाणिज्य संघ पाल्पाका महासचिव शैलेन्द्र भट्टराईले बताउनुभयो । ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय सुरु भएको थियो । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको पूर्णमाया मर्हजनले बताउनुभयो । स्व गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । पाल्पामा पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गर्दछन् । पाल्पाली ढाकाबाट साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी ५० बढी थरिका सामान उत्पादन हुने गर्दछ । पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । कार्की ढाका उद्योग, सरस्वती ढाका कपडा, पौडेल ढाका कपडा उद्योग, नेपाल कपडा उद्योग, बाँस्टारी ढाका कपडा उद्योग, मंगलचन्द ढाका कपडा उद्योगलगायतका उद्योग सञ्चालनमा छन् ।
तनहुँ प्रहरीले एक लाख ८० हजार ४३० रुपियाँ नगद सहित १३ जुवाडे पक्राउ गरेको छ
प्रधानमन्त्री तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक शेरबहादुर देउवाले देशमा लोकतन्त्रको स्थापनामा तथा संरक्षणमा कलाकारले निर्वाह गरेको भूमिकालाई हेर्दा कलाकार राष्ट्रको महत्वपूर्ण अङ्ग भएको बताउनु भएको छ।
सत्ता साझेदार दल नेपाली कांग्रेसको मंगलबारको पदाधिकारी बैठकमा निर्वाचनको कानुन परमार्जन एवम् परिस्कृत गर्ने सम्बन्धनमा छलफल भएको छ।
काठमाडौं, असार २१ गते। नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बसबरीया गाउँपालिका-३ बंगलवाका २६ वर्षीय प्रमोद ठाकुर र त्यहीका २५ वर्षीय गंगा कुमार यादव रहेका छन्। गत शुक्रबार दुवै जनालाई काठमाडौंको दक्षिणकाली-५ फर्पिङ चेक पोइन्टबाट प्रहरीले पक्राउ गरेको हो। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ३४ प ५५७० नम्बरको १५० सि.सि.पल्सर मोटरसाइकलमा सवार रहेका उहाँहरुको साथबाट सिरियल नम्बर झ ७३६३६७०३, झ १९७९१४४४ र झ ३७५३०६६९ को हजार दरको २७ थान नक्कली नेपाली रुपियाँ फेला पारी नियन्त्रणमा लिइएको थियो। उहाँहरुमाथि मुलुकी अपराधसहिंता २०७४ को परिच्छेद-२२ को मुद्रासम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ।
मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास नेपाल संस्थाले १४ बुँदे घोषणा पत्र हस्तान्तरण गरेको छ । मङ्गलबार मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रका श्रमिकहरुको अधिकारको संरक्षणका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै संस्थाले १४ बुँदे घोषणा पत्र हस्तान्तरण गरेको हो ।
रामेछापको खाँडादेवी गाउँपालिका-१ लुभु घाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
१३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाल् जितेको छ । पाल्पाको दमकडामा भएको प्रतियोगितामा तानसेन १९ स्वर्ण पदकसहित पहिलो भएको हो । सात वटा स्वर्ण पदकसहित रम्भा गाउँपालिका दोस्रा र पाँच स्वर्ण पदकसहित तिनाउ गाउँपालिका तेस्रो भएको छ ।
सोमबारदेखि परेको निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा परेको छ ।
मंगलबार नेप्से परिसूचकसँग कारोबार रकममा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४६.०८ अङ्कले घटेर २०३०.५९ बिन्दुमा झरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९४४ आरटी पीसीआर परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रारा तालमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्याएको हो ।