प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुम्बु क्षेत्रको कालापत्थरमा शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।
काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पोल्याण्डको रेजेस्जो क्षेत्रका ट्रेड युनियनका किसानहरू पोल्याण्ड–युक्रेनी सीमामा पोल्याण्ड ट्रक व्यवसायीहरूले गरेको विरोधमा सामेल भएका छन् ।
गुल्मीमा बुधबार साँझदेखि सम्पर्कविहीन रहेका २८ वर्षीय राजु मृत फेला परेका छन् ।
कैलालीको धनगढीमा भीषण आगलागीबाट एक अस्पतालसहित सात वटा पसलमा क्षति भएको छ ।
यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनले रकम फिर्ता गरेका छन् ।
चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।
कालीकोटको महावै गाउँपालिकामा दुई समूह बिच झडप हुँदा १२ जना घाइते भएका छन् । वडा नं ७ को राम्नी गाउँमा भाइटिकाको दिनमा नाचगान गरिरहेको अवस्थामा गीत बजाउने डिजे (बुफर) का विषयमा भएको विवाद झडपमा परिणत भएको थियो ।
धनगढी बजारमा भीषण आगलागी भएको छ । शुक्रवार राति १ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं. १ मुख्य बजार सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो ।
सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन् । सरकारले काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोली माथि आक्रमण गरेको हो ।
पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीका कारण अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्रा चौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन चार वर्षदेखि अलपत्र पारिएको छ ।
त्यस दिन साँझ म टुँडिखेलमा थिएँ । कार्यवश एउटा पुरानो मित्रलाई भेट्ने प्रतीक्षामा थिएँ । टुँडिखेलको रमझम चहल पहल हेर्दा हेर्दै मेरो मन पुरानो युवा अवस्थामा चर्न पुगे । हो आजभन्दा धेरै पहिले म १०–१५ वर्षको थिएँ होला टुँडिखेल यस्तो थिएन । टुँडिखेल फलामो बारमा बाँधिएको थिएन । खुल्ला पर परसम्म हरियो घाँसमा घाम ताप्ने, दौडिने आदि टुँडिखेलमा भई नै रहन्थ्यो । त्यतिबेला भूत, ख्याकको कथाहरू धेरै नै सुनिन्थ्यो । हामीलाई पनि यस्ता कथाहरूमा अति नै चाख थियो । मेरो साथी रामे र लक्ष्मण मभन्दा अलि उमेरमा जेठा थिए । एक दिन हाम्रो आमाले किचकन्याको कथा सुनाउनु भयो र भन्नुभयो, “हेर है केटा हो ! राति भएपछि टुँडि
कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् ।