चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ ।
नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङे गैँडा मारेको घटनाको छानविन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ ।
पलङमुनि छिर्यो र हेर्यो । भेटिएन । फेला नपरेपछि केही खोज्न थाल्यो । अभैm भेटिएन । पलङमुनिबाट बाहिर आयो । उभियो ।
विद्यालयको आन्तरिक आम्दानी बढाउन सयपत्री फूलको व्यवसाय सुरु गरेको गैँडाकोटस्थित जनक माध्यमिक विद्यालयले यस वर्ष फूल बिक्री हुन नसक्दा आम्दानी नभएको बताएको छ । नेपालीको दोस्रो ठुलो चाड तिहारमा प्रयोग हुने सयपत्री फूलको उत्पादनमा पूर्वी नवलपरासी पूर्ण रूपमा आत्मनिर्भर बने पनि यो तिहारमा बिक्री हुन नसक्दा विद्यालयको आम्दानी घट्ने भएको छ । यस वर्ष जताततै फूल फुलेका कारण धेरै बिक्री गर्न नसकिएको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्माले बताउनुभयो। माविले दुई लाखको सयपत्री फूल बिक्री गर्ने योजनाका साथ फूल रोपेको भए पनि ६० हजारको मात्र बिक्री भएको छ ।
कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय, टुर मुकाम मोहना बन्द भएपछि उद्योगहरू प्रभावित भएका छन् । क्वारेन्टाइन बन्दका कारण आयात निर्यात ठप्प भएकाले उद्योग सञ्चालनमा समस्या भएको छ । कैलालीसहित सुदूरपश्चिमको विभिन्न जिल्लामा उद्योग सञ्चालन गरेका उद्योगीले त्रिनगर भन्सार नाका भएर उद्योगका लागि कच्चा पदार्थ भित्र्याउन सकिरहेका छैनन् । यो नाकाबाट कच्चा पदार्थ ल्याउन नसकिएका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको धनगढीस्थित विवेक ग्रुप अफ कम्पनिजका अध्यक्ष विवेक भट्टले बताउनुभयो ।
सुन्दा अचम्म लाग्ला तर टावरमुनि रहेका जिल्ला सदरमुकामको गाउँमा नेपाल टेलिकमको फोन लाग्दैन । फोनको नेटवर्कले काम नगर्दा करिब दुई सयभन्दा बढी घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित छन् । सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि दशरथचन्द नगरपालिका–४, सपराली, पारी बवेत, ज्युताली, खोलीजर्गलगायतका अधिकांश गाउँमा फोन लाग्दैन । स्थानीयवासी नेटवर्कको खोजी गर्दै सेवाग्राही डाँडातिर उक्लिने गरेका छन् । खोली जर्गमा नेपाल टेलिकमको फोन र फोरजीले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय वीरेन्द्र पाण्डेयले बताउनुभयो ।
प्रतिजैविक प्रतिरोध विरुद्धको लडाइँमा तत्काल प्रतिफलको लागि सम्पूर्ण समाजले अपनत्व गरी व्यक्तिगत रूपमा सचेत हुनु जरुरी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरवर्ग स्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनले जानकारी दिनुभयो ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी विकट गाउँ बेदिङवासीले यो वर्षको तिहार अँध्यारोमा मनाएका छन् । बेदिङमा तिहारअघिदेखि नै विद्युत् लाइनमा आएको समस्या समाधान नभएपछि अँध्यारोमा तिहार मनाउन बाध्य भएको स्थानीय मिङ्मा शेर्पाले दुःखेसो पोख्नुभयो । गाउँ नजिकै ४५६ मेगावाटको माथि
उत्तरी मकवानपुरको थाहा नगरपालिका–६, स्थित वज्रवाराही मन्दिरको संरक्षण र प्रवर्धन जनस्तरबाट गरिने भएको छ । वज्रवाराही मन्दिर जाने सिँढी मर्मतसँगै मन्दिर परिसरको जीर्णोद्धारपछि नयाँ मूर्ति प्रतिस्थापनसँगै मन्दिरसम्म पुग्ने सिँढी जनस्तरबाट निर्माण गर्न लागिएको हो । थाहा नगरसँगै आसपासका क्षेत्रको शक्तिपीठका रूपमा रहेको वज्रवाराही मन्दिर जाने सिँढी मर्मत र मन्दिरपरिसरको जीर्णोद्धार कार्य थाहा नगरपालिका–६ को कार्यालयको बजेट तथा नेवाः पुचः, वज्रवाराही र स्थानीय समाजसेवी नारायणबहादुर जोशीको सहयोगसहित करिब ४० लाख रुपियाँको लागतमा गरिएको थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । मन्त्रालयले आवेदकमध्येबाट छानिएका आठ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्धन शाखाका अनुसार उहाँहरूलाई मङ्सिर ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय गरिएको छ । सदस्यसचिवको छोटो सूची (सर्ट लिस्टिङ) मा परेकामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, टेकबहादुर मल्ल, नलराम देवकोटा, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य पर्नुभएको छ ।
चाडबाड लागेदेखि सागरनाथ वन विकास परियोजना मातहतको जङ्गलमा काठ तस्करको रजाइँ चलेको छ । माईस्थान र टुटेश्वरस्थित सबडिभिजन वन कार्यालयले उखुघारी, आँप बगैँचा र परियोजनाको जङ्गलबाट ठुलो परिमाणमा चोरी तस्करीका काठ बरामद गरेको छ । चाडबाड लागेदेखि परियोजनाको जङ्गलबाट काठ चोरी हुने क्रम बढ्दै गएको वनकर्मीले बताएका छन् । वन कर्मचारीको गौशाला–८ स्थित ढल्केबर सामुदायिक वनको सिसौ घारीबाट बेवारिसे अवस्थामा ४० क्युफिटको १६ थान युक्लिप्टसको काठ बरामद गरिएको हो । काँचै अवस्थामा भेटिएका ती काठ परियोजनाको जङ्गलबाट कसले चोरेको हो भन्ने खुल्न सकेको छैन ।
वैकल्पिक सहायक राजमार्गका रूपमा रहेको झापाको पाडाजुङ्गी–गौरीगन्ज सडकखण्डको अलपत्र परेको काम सुरु भएको छ । सडक भत्काएर बेवारिसे रूपमा छाडिएको भन्दै स्थानीयले ठाउँ ठाउँमा सडक अवरोध गरेर विरोध जनाएका थिए । पाडाजुङ्गीदेखि गेउरिया नजिकसम्म साढे तीन किलोमिटर सडक ठेक्का सम्झौता भएर काम अगाडि बढे पनि चालु आर्थिक वर्षमा बजेट नपरेपछि काम रोकिएको थियो । नेपाल–भारत सीमा गौरीगन्जसँग जोड्ने गरी दुई वर्षअघिदेखि पूर्वपश्चिम राजमार्गसँग जोडिएको पाडाजुङ्गीबाट सडक स्तरोन्नति र विस्तारको काम सुरु भएको थियो ।
परिवर्तन गतिशील क्रिया हो । परिवर्तन आफैँबाहेक अरू सम्पूर्ण कुरा परिवर्तनशील छन् । समाज परिवर्तन र विकास प्राकृतिक एवं निरन्तर भइरहने प्रक्रिया हुन् । समाज परिवर्तन बहुआयामिक प्रकृतिको हुन्छ । योजनाबद्ध वा आकस्मिक रूपमा पनि समाजको परिवर्तन गर्ने गरिन्छ । समाज विकासको पूर्वकाल खण्डमा मातृसत्तात्मक समाज थियो । समाज विकासको दौरानमा महिलाको भूमिका पारिवारिक रूपमै कमजोर हुँदै गएपछि सम्भवतः पितृसत्तात्मक समाजको विकास भएको अनुमान गरिन्छ । विकसित मुलुकमा लैङ्गिक असमानताको खाडल केही हदसम्म पुरिँदै गए पनि पूर्ण रूपमा समान भने हुन सकेको पाइँदैन । समाज विश्लेषकको भनाइमा प्राकृतिक रूपमा लैङ्गिक विभेद नभएर सामाजिक रूपमा मात्र लैङ्गिक विभेदको जन्म हुने गर्छ । अर्थात् समाजले नै लैङ्गिक
मानव प्रकृतिकै अङ्ग हो । प्रकृतिमा आउने उतारचढावको प्रत्यक्ष प्रभाव उसको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने गर्छ । प्रकृतिमा उमङ्ग छाउँदा मानव मन प्रफुल्लित हुने र प्रकृति उजाड हुँदा मानव मन पनि नीरस बन्ने गर्छ । अझ अकस्मात् आउने प्राकृतिक प्रकोपले त व्यक्तिलाई प्रत्यक्ष रूपमा भौतिक क्षति गरेको देखिए पनि यसभन्दा कै