नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर सङ्घ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मङ्सिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
मोटरसाइकल जुधेर कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ खैरी बजारमा दुई मोटरसाइकल जुधेर ३० वर्षीय युवाको मृत्यु भएको हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकको दोखु क्षेत्रमा सडक बत्ती जडान भएपछि स्थानीय खुसी भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखु क्षेत्रका विभिन्न टोलमा सडक बत्ती जडान गरिएपछि स्थानीय खुसी भएका हुन् ।
नेपाली सेनाको रणशूर गुल्मबाट खटिएको फौजले खुम्बु पासाङ ल्हामु–५, लार्जादोभान इलाकामा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरेको छ ।
सूर्य उपासना अर्थात् सूर्यदेवको पूजा गरी अत्यन्त निष्ठा र उत्साहका साथ नदी पोखरी र अन्य जलाशयको डिलमा (किनारमा) मनाइने छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न विशेष कार्य योजना बनाइएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिनुभएको छ । नेपालीका महत्त्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उहाँले निर्देशन दिनुभयो ।
छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताउनुभयो ।
बागलुङ बजारबाट शुक्रबार बिहान देखिएको धौलागिरि हिमाल ।
रुकुमपश्चिममा एक सुत्केरीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ की २० वर्षीया फूलमाया ओलीलाई हेलिकप्टर मार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पतालमा थप उपचारको लागि लगिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।
नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९औँ राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा रजत पदक जित्नुभएको छ ।
आज शुक्रबारबाट वाणिज्य बैङ्कहरूको नयाँ ब्याजदर लागू भएको छ । बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन् ।
जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामी निको भएर डिस्चार्ज हुनेक्रम बढेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ ।