मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ ।
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको भिडभाड बढेको छ । मन्दिर दर्शन र पूजाआजा गर्न दैनिक दुई हजार भक्तजनहरू आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ ।
झापामा धान काट्ने कृषि मजदुरहरूको अभाव भएपछि किसानहरूले ‘रिपर’ को प्रयोग गर्न थालेका छन् । परम्परागत कृषि प्रणाली अवलम्बन गरेका किसानका लागि नयाँ नयाँ यान्त्रिक प्रविधि आएपनि यो महँगो हुने गरेको उहाँहरू बताउनुहुन्छ ।
टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदनहरूमाथि मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
कालीकोट प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो ।
एक सय ८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ ।
विद्यालयमा भएका पुराना भवन जीर्ण र साँघुरा भए पनि आधार विकास नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएर सञ्चालनमा आएको हो ।
बाँकेको नरैनापुरमा बिहीबार कल्भर् मुनि फेला परेको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।
सडक भत्काएर बेवारिसे रुपमा छाडिएको भन्दै स्थानीयहरुले ठाउँठाउँमा सडक अवरोध गरेर विरोध जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनी अस्पतालको उद्घाटन
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताउनुभएको छ ।
बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका –११ का आकासजङ्ग रानालाई शुक्रबार बाँकेको जानकी गाउँपालिका –४ बाट गोली हानी नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
चाडवाड नजिकिएसँगै सीमापारिको भारतीय बजार नेपाली सेवाग्राहीको किनमेलको गन्तव्य बनेको छ ।