हिमाली जिल्ला हुम्लामा गत चार दिनयता हवाई सेवा अवरुद्ध भएको छ। लगातार वर्षा र मौसम बिग्रेको कारण हवाई सेवा अवरुद्ध भएको हो।
शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो।
ढुङ्गाले लागेर अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका – ७ बागमारा बस्ने कल्पना थापाको मृत्यु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नुभएको छ।
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत हुनुभएको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार राना मगरलाई दलको उपनेता मनोनीत गर्नुभएको हो ।
२५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलले महिला हिंसा वा सामाजिक कुरीतिबाट कर्णालीवासी अहिले पनि ग्रसित रहेको बताउनुभएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घण्टापछि पुनः सञ्चालनमा आएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको बन्दिपुर गाउँपालिका –५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
नेपालका बक्सर भूपेन्द्र थापा आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा जर्मनीका गोक्दुमान देवरामसँग पराजित हुनुभएको छ ।
कञ्चनपुरमा किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको जनाएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।
कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिनुभएको छ । उहाँले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गर्नुभएको हो।
नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ ।
दार्चुलाको व्यास गाउँपालिका –१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।