फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९युएई०सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।
राजनीतिक दल प्रजातान्त्रिक प्रणालीका मुख्य तथा अभिन्न अङ्ग हुन् । यसका अनेकन परिभाषामध्ये निर्वाचनमा भाग लिने र जित हात पार्ने अभिप्राय राखेर गठन भएको वैचारिक शक्ति भन्नेसमेत एक हो । यस आधारमा हेर्दा चुनावमा भाग नलिने तर निर्वाचन आयोगमा दर्ता मात्र भएका शक्तिहरूको हैसियत के हुने भन्ने प्रश्न उठ्न सक्छ । हाम्रो निर्वाचन आयोगमा झन्डै १३० वटा दल दर्ता छन् । तीमध्ये लगभग सबैले कुनै न कुनै तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका होलान् । यद्यपि संसद्को निर्वाचनमा
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।
उच्च अदालत पोखराको बुधबारको अन्तरिम आदेशले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उच्च प्राथमिकता पायो । स्थानीय देवीकुमारी बरालले मङ्गलबार दायर गरेको रिटमा उच्चले उहाँलाई लेकसाइडमा चौबिसै घण्टा व्यवसाय गर्न चाहे नरोक्न आदेश दिएको छ । आदेशपछि फेरि लेकसाइड चौबिसै घण्टा खोल्न हुने वा नहुनेबारे बहस सुरु भएको छ ।
आगामी महाशिवरात्रिको दिन प्रदर्शन हुने चलचित्र ‘रङ्गेली’ को पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा देखिनुभएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’ मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, प्रभाकर न्यौपाने, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको छ ।
अष्ट्रेलियाले जाजरकोटमा गएको भूकम्प प्रभावितलाई आकस्मिक आवश्यकताका लागि छ लाख अष्ट्रेलियाली डलर (करिब पाँच करोड नौ लाख रुपियाँ) सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलिया कोषले सो रकम उपलब्ध गराउने भएको हो ।
सरकारी स्वामित्वको नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड ८७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८७ औँ वार्षिकोत्सवका अवसरमा आमनेपालीलाई सरल र सहज रूपमा अझ बढी प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री एवं विश्वसनीय बैङ्किङ सेवा प्रदान गर्दै राष्ट्रको उन्नति र प्रगतिमा अझ धेरै सहकार्य गर्ने र देशकोे आर्थिक निर्माणमा सारथि बन्ने प्रतिबद्धता बैङ्कले व्यक्त गरेको छ ।
वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।
सिक्किम, भारतको गेजिङका मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङ्वरक गाउँपालिका–२, पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुग्नुभएको छ । मिलनका छिमेकी तेन्जिङ भोटिया पनि आफ्नो माउ कुकुर लिएर पानीभित्ताकै किपालमु शेर्पाको गोठ आइपुग्नुभएको हो ।
हेटौँडामा बिहीबार साँझ झाडीमा शालनालसहितको शिशु फेला परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर प्रदेश लोकसेवा आयोग कार्यालय नजिकैको झाडीमा नवजात शिशु (छोरी) फेला परेको हो ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो।
अस्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अस्ट्रेलियाली डलर अर्थात् करिब पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउने विषय समितिमा छलफल हुने बताउनुभएको छ ।