शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेकाले जे जति विषयमा त्यस्तो ग्रेड प्राप्त गरेका छन्, ती सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिनुभयो । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले ‘नन ग्रेडेड’मा वर्गीकृत हुने व्यवस्था छ ।
गण्डकी प्रदेश प्रमुुख पृथ्वीमान गुरुङले विविधता बीचको एकताबाट राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७औँ बुद्ध जयन्तीको अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ तथा दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाउनुभएको पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
ललितपुरको लगनखेल बसपार्क क्षेत्रमा बिहीबार रातो मच्छिन्द्रनाथको रथलाई परिक्रमा गराइँदै।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताउनुभएको छ।
काठमाडौं, वैशाख २१ गते । काठमाडौं महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये एक हजार सात सय ३५ जनाको नक्सा पास भएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्नेलगायत प्रक्रिया चलिरहेका छन् । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न ९० दिनको अवधि दिएर कामपाले २०७९ भदौ २३ गते सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो । उक्त सूचनालाई नै आधार मानेर नक्सा अद्यावधिक गर्न निवेदन परेको हो । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार गएको साउनदेखि सहरी विकास विभागले नौ सय ६२ वटा डिपिसी स्वीकृत गरेको छ भने एक हजार सात सय ३५ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गरेको छ । यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएका छन् । डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम (इबिपीएस) महानगरले नक्सा स्वीकृतिका लागि प्रयोग गरेको अनलाइन प्रणाली हो । यो प्रणालीलाई राजस्व र बैंकसँग लिङ्क गरिएको छ । भवन संरचनासँग सम्बन्धित उजुरी पनि यही प्रणालीमा आबद्ध गरिएको छ । जनताका पीर मर्कासँग सम्बन्धित कानुनी कागजपत्र प्रणालीमा अपलोड गरेपछि कानुन विभागले प्रणालीबाटै कारबाही प्रक्रिया अगाडि बढाउँछ । प्रणालीमा नागरिकले आफ्नो फाइल कसको डेक्समा पुगेको छ । त्यो डेक्समा पुगेको कति समय भयो भनेर ट्र्याकिङ गर्न सक्नेछन् ।कामपाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका दुई सय ७८ भवनको नक्सा स्वीकृत गरेको छ। विसं २०८० वैशाख १ गतेदेखि पाँच हजार स्क्वायर फिटसम्मका नक्सा स्वीकृत गर्ने अधिकार वडाहरुलाई प्रदान गरिएको छ ।रासस
सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका हुन्।
कैलालीको धनगढीस्थित मोहना पुल अत्तरिया छ लेन सडकबाट चोरी भएको रेलिङ कवाड सङ्कलन केन्द्रमा फेला परेको छ।
यस वर्षको रामचन्द्र गौतम–इन्दु पत्रकारिता पुरस्कारबाट गोरखापत्रका पूर्व प्रधान सम्पादक रमेश तिवारीलाई पुरस्कृत गरिने भएको छ । वैशाख २४ गते हुने हरेक वर्षको गोरखापत्रको स्थापना दिवस तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिएको हो ।
'रगतको महिमा अपरम्पार, रगत नै बुझ जीवनको आधार, आउ रक्तदान गरौं..’ रक्तदान सम्बन्धी जागरण गीतका रचनाकार प्रेमसागर कर्माचार्यले १७४ औं पटक रक्तदान गर्नुभएको छ।