• ८ मंसिर २०८१, शनिबार

हेरिटेज पेजेन्टको तयारी पूरा

blog

काठमाडौँँ, मङ्सिर १ गते । ‘हेरिटेज पेजेन्ट’ को २०२३ को संस्करणको तयारी पूरा भएको छ । यही नोभेम्बरमा थाइल्यान्डमा सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सन्तोष सापकोटाको अध्यक्षतामा आयोजक टोली रहेको आयोजक इप्लानेटले जनाएको छ । 

आयोजकका अनुसार कार्यक्रमको आधिकारिक कोरियोग्राफर नेपालका रोजिन शाक्य तथा मलेसियाका वेस्ली स रहनुहुने छ । कार्यक्रमको संयोजन सुसान सनफुर्मी कोहले गर्नुभएको छ । प्रतियोगितामा मिसतर्फ १८ देखि २८ वर्ष उमेर समूहभित्र तथा मिसेसतर्फ २० देखि ४५ वर्ष उमेर समूहका महिलाले सहभागिता जनाउन पाउने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताउनुभयो ।

सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्धन गर्ने उद्देश्ले ‘हेरिटेज पेजेन्ट’ सुरु भएको थियो ।