घर परिवार, समाजको नेतृत्व सम्हाल्ने जिम्मा ज्येष्ठ व्यक्तिलाई दिने चलन पुरानै हो । घर परिवार समाजमा अनुशासन कायम गर्न, सुरक्षा प्रदान गर्न, न्यायोचित वितरण प्रणालीमा विवेकपूर्ण निर्णय गर्न सक्ने सीप क्षमता र अनुभवको आधारमा नाइके (मूली) छान्ने अभ्यास विगतमा गरिन्थ्यो । समय परिवर्तन भए पनि समाजमा ज्येष्ठ नागरिकको भूमिका कुनै न कुनै रूपमा रहेको देखिन्छ ।
नेपालमा ५० को दशकदेखि विकासमा समान पहुँच, राज्य संयन्त्रमा समानुपातिक समावेशी सहभागिता र सामाजिक न्यायजस्ता विषयमा महìवपूर्ण बहस प्रारम्भ भएको हो । खासमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात् राज्यद्वारा पछाडि पारिएका र सत्तामाथि पहुँच कमजोर भएका आदिवासी जनजाति, मधेशी, दलित, महिला, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायले अधिकारका सम्बन्धमा आवाज उठाउँदै आएका छन् ।
सूचना प्रविधिको क्षेत्रमा भएको विश्वव्यापी विकास र विस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोग व्यापक हुँदै गएको छ । सूचना प्रविधिका प्रणालीमा प्रयोग गरिने उपकरण, अपरेटिङ सिस्टम, सफ्टवेयर, सूचना प्रविधि प्रणाली, डाटाबेस, तथ्याङ्क भण्डारणमा प्रयोग गरिने सङ्केत कोडलगायतका विषयमा एकरूपता कायम गर्न आवश्यक मानकीकरणको विकास तथा प्रयोग भएको देखिँदैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ ।२००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको छ ।
उच्च अदालत पाटनको फैसलापछि हरिगोपाल प्रजापतिले दिदी राधा महर्जनलाई दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ।
गलेश्वर, असार १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरमा पुर्र्याउने गर्छन् । तस्बिर : रासस
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका वडा नं ८ डुम्रेकोट, लाहुरे खोचमा कोशी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुने गरी रोकथामको प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
शिवशंङ्कर मिश्रबारा, असार १७ गते। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर–७ सनफुलवा टोलमा चट्याङ लागेर शुक्रबार एक युवकको मृत्यु भएको छ। चट्याङकै ठूलो ध्वनी तथा झट्काले एक नाबालिकासहित तीन जना घाइते भएका छन्। सनफुलवा गाउँ नजिकैको खेतमा काम गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर सुवर्ण गाउँपालिका वडा नम्बर–७ सनफुलवा टोलका २० वर्षीय धिरजप्रसाद यादवको घटनास्थलमै मृत्यु भएको हो। अरु तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो। घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।
नयाँ दिल्ली, असार १७ गते। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा शुक्रबार टेलिफोनमा कुराकानी भएको छ। रुस–युक्रेन युद्धका बारेमा नै उहाँहरूको कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन्। कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत् नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गर्नु भएको थियो। उहाँले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले सुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पार्नुभएको थियो। आफू सँधै वार्ता र कूटनीतिक पहलबाट नै यस्ता कुराको निकास निकाल्न सकिन्छ भन्ने पक्षमा रहेको उहाँको भनाई थियो।भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “युक्रेनसँगको विवादलाई कूटनीतिक र वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्छ भन्ने आफ्नो लामो समयदेखिको पक्षधरता कायमै रहेको कुरा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग राख्नुभएको छ।”भारतले युक्रेनमाथि रुसले आक्रमण गरेदेखि नै आक्रमण तत्काल रोक्न र वार्ता मार्फत दुई देशीय समस्या समाधान गर्न आग्रह गर्दै आएको थियो। भारतकै पहल र दबाबमा केही वार्ता भएपनि निष्कर्ष निस्कन भने सकेको थिएन। दुई नेताका बीचमा विगतमा भएका अन्य सहमति र सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको छ। गत वर्ष सन् २०२१ को डिसेम्बरमा पुटिनको भारत भ्रमणका क्रममा भएका सम्झौता र सहमतिको कार्यान्वयनको अवस्थाका बारेमा पनि उहाँहरूले समीक्षा गर्नु भएको थियो। विषेश गरेर दुई पक्षीय सम्बन्ध, व्यापार, कृषि सामग्री आदान प्रदानलगायतका विषयमा पनि उहाँहरूले कुराकानी गर्नु भएको अधिकारीहरूले जनाएका छन्। रासस/एएनआई
विर्तामोड, असार १७ गते। झापाको कनकाई नगरपालिका ८ बिरिङ नदीले बगाउँदा शुक्रबार दिउँसो एक बालकको मृत्यु भएको छ। कनकाई नगरपालिका लक्ष्मीपुरको विरिङ नदी किनारामा रहेको पार्कमा घुम्न आएका विर्तामोड नगरपालिकाका ६ वर्षीय बालक सर्वजित ओलीको विरिङ खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। बालक आफ्ना बुवा नविन ओलीसँग पार्क घुम्न पुगेका थिए। नदी किरानरमा रहेको पार्कमा खेल्दै गरेका बालक एक्कासी नदीमा खसेर बगाएको स्थानीयको भनाइ छ। नदीले बगाएर करिव ३ सय मिटर तल पुर्याएको र स्थानीयले उद्धार गरेर नदी किनारमा निकाल्दा बालककोे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरेर पोस्टमार्टको लागि पठाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ताप्लेजुङमा बाढी र पहिरोले अलैँची खेतीमा क्षति पु¥याएको छ । निरन्तरको वर्षासँगै गएको पहिरोले जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची खेतीमा क्षति पु¥्याएको हो ।
सिँचाइका लागि आकाशे पानी र वर्षे मुल कुर्नुपर्ने पर्वतको महाशिलाका कृषकलाई डिपबोरिङ प्रविधिबाट सिँचाइ सुबिधा हुनेभएको छ । जिल्लाको महाशिला गाउँपालिका ५ लंखुको बनपाखेमा पर्वतमै पहिलो पटक ट्युबवेल डिपबोरिङ सिँचाई आयोजना सञ्चालनमा आएसँगै कृषकहरु लाभान्वित हुने भएका छन् ।
तीन वर्षीया मोहन ठगुन्नालाई मुटु रोगले च्यापेको करिब चार महिना भयो । बैतडी अस्पताले उपचारका लागि रेफर गरेको तीन महिना बितिसकेको छ । बालकका आमाबुवासँग उपचार गर्ने रकमको जोहो नहुँदा मुटु रोगी बालकको उपचार हुन कठिन भएको हो ।
दृष्टिबिहीनले भोग्नु परेका सुख दुःखलाई समेटेर बनेको ‘हाम्रो पनि मन हुन्छ’ बोलको भिडियो सार्वजनिक भएको छ ।