• ६ जेठ २०८१, आइतबार

अष्ट्रेलियाले भूकम्प प्रभावितलाई पाँच करोड सहयोग गर्ने

blog

काठमाडौं, मङ्सिर १ गते ।

अष्ट्रेलियाले जाजरकोटमा गएको भूकम्प प्रभावितलाई आकस्मिक आवश्यकताका लागि छ लाख अष्ट्रेलियाली डलर (करिब पाँच करोड नौ लाख रुपियाँ) सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलिया कोषले सो रकम उपलब्ध गराउने भएको हो ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क भन्नु भएको छ, “पश्चिम नेपालमा गएको भूकम्प र त्यसपछिका पराकम्पनबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । अस्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता र सन् २०१५ को भूकम्प र कोभिड–१९ महामारीलगायत संकटका बेला एकअर्कालाई सहयोग गर्ने इतिहास छ। हालैको भूकम्पको प्रतिक्रियाका लागि हाम्रो मानवीय कोषले जाडोको तयारीसहित प्रभावित समुदायहरूको तत्काल आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ। ”

अष्ट्रेलिया र नेपाल बिच लामो समय देखिको मित्रता रहेको छ र हाम्रा दुई देशहरुले २०७२ को भूकम्प, कोभिड १९ महामारीलगायत बिपत्तिहरुमा एकर्कालाई सहयोग गरेको इतिहास छ । हाम्रो यो मानवीय सहायताले भर्खर गएको भूकम्पले प्रभावित समुदायमा निम्त्याएको आकस्मिक आवश्यकता पूरा गर्न  र आउँदा हिउँदका लागि तयारी गर्न सहयोग पुग्नेछ ।” 

यो भन्दा पहिले नेपालमा रहेको संयुक्त राष्ट्र संघीय जनसंख्या कोषलाई प्रदान गरिएको सहयोगमार्फत तयारी अवस्थामा राखिएका डिग्निटी किट र किशोरी किटहरु १० हजार महिला तथा किशोरीलाई बितरण गरियो । 

साथै अष्ट्रेलियाको सहयोगमार्फत प्रजनन सेवा, प्रसूतिसम्बन्धी जटिलता र अन्य सेवाहरु प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई सहयोग गरेको छ र यसले अनुमानित ६० हजार महिलालाई सेवा प्रदान गर्ने नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ ।