टीकापुर पार्कमा मङ्सिर २ गते शनिबार दश हजार ६०० जना पर्यटकले अवलोकन गरेका छन् । कर्णाली, लुम्विनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका पर्यटकले करिब १३ विघामा फैलिएका पार्कका गार्डेन, बाटिका, पिकनिक स्थल, पार्किङ भरिभराउ छन् ।
दाङमा प्रहरीले धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका –१५ गोरखा हस्पिटल रोडनजिकै हिडिरहेको अवस्थामा २१ बर्षीय कृतिक बुढामगरमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
नौबहिनी गाउँपालिका –३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पोखरामा हुने एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ११ देशका ५५ खेलाडीले भाग लिने भएका छन् ।
छठ पर्वका लागि काठमाडौंस्थित गौरीघाट परिसर सिङ्गारिएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले गौरीघाट परिसरलाई सिङ्गारिएको हो ।
मिथिला क्षेत्रमा मनाइने छठ पर्व सुदूरपश्चिम क्षेत्रमा समेत मनाउन थालिएको छ। सुप प्रदेशका कैलाली, कञ्चनपुर लगायत तराईका जिल्लामा छठपर्व मनाइँदै आएको छ।
मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ ।
झापामा छठ पर्वका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल भारत सिमानामा रहेको मेची खोला किनार लगायतका झापाका अन्य रतुवा, कन्काई लगायतका खोलामा समेत घाट निर्माण भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताउनुभएको छ ।
इङ्ल्यान्ड र साबिक विजेता इटालीले युरो कप २०२४ को छनोट खेलमा सहज जित निकालेका छन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न तीनबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । आज सोही गाउँपालिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष मिङमा छिरी शेर्पाले स्थानीय समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउनुभएको हो ।
मेची महाकाली यात्रामा निस्किनुभएका नित्यानन्द शर्मा कँडेल शनिबार नवलपुरको कावासोती आइपुग्नुभएको छ। गत कार्तिक ८ गतेदेखि यात्रा सुरु गर्नुभएका नित्यानन्द २५ औँ दिनमा कावासोतीमा आउनुभएको हो। कावासोतीमा स्थानीयले स्वागत गरेका थिए।
झारखण्डको गिरिध जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ ।
हिउँ चितुवालाई हिमालको रानीका रूपमा पनि लिइन्छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलन गर्न सहयोगी भूमिका खेल्ने गर्दछ । यसैले पनि यसको संरक्षण गर्नु आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरूले औँल्याएका छन् ।
गुल्मीको रुरुक्षेत्रमा लुम्बिनी प्रदेशस्तरीय पहिलो ‘लाखे महोत्सव तथा लाखे नाच प्रतियोगिता’ हुने भएको छ। रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार सो प्रतियोगिता हुन लागेको हो।