सर्लाहीमा छठ पूजाका लागि २७४ स्थानमा छठघाट निर्माण गरिएको छ। जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको विवरण अनुसार २० वटा पालिकाका २७४ स्थानमा छठको पूजा स्थल तयार पारिएको हो।
सप्तरी राजविराजको पहिचान गराउनेमध्येको एक रहेको राम मन्दिर निर्माण कार्यमा स्थानीयले तदारुकता देखाएका छन् । शनिबार मन्दिर निर्माणका लागि राजविराज–६ का खुसीलाल यादव कोशिलादेवी यादव दम्पतीले एक लाख ५६ हजार नगद दान गरेका छन् ।
उत्पादित फूल बिक्री नभएपछि तनहुँका कृषकले नदी तथा सडकमा फालेका छन्। गत वर्षभन्दा यो वर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूलखेती गरे पनि सोअनुरूप फूल बिक्री नभएपछि फाल्न बाध्य भएका हुन्।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुका एकल महिलाका लागि वडा कार्यालयले सहयोग गरेको छ । एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग गर्ने उद्देश्यसहित उन्नत जातका बाख्रा वितरण गर्दै वडा कार्यालयले सहयोग गरेको हो ।
नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ।
नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा नियमित यात्रु उडान नगर्ने एयरलाइन्सका जहाजलाई अवतरणमा अवरोध गरिने भएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क शल्यक्रियाका लागि पाठेघरको समस्या भएका महिलाहरूलाई अस्पताल लगिएको छ ।
बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगन्जले केही समयअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनको असर मनाङमा पनि पर्न थालेको छ । विगतका वर्षहरुमा कात्तिक पहिलो साता नै बेँसी झर्ने भेडा–च्याङ्ग्रा तथा चौंरी गोठ यस वर्ष मंसिर लागेपछि बेँसी झर्न थालेका हुन् ।
इरानले शुक्रबार यु–१७ फिफा विश्वकपको समूह सी मा न्यु क्यालेडोनियालाई ५–० ले हराएको छ ।
घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ
जनकपुरधाममा मधेश मानसको आयोजनामा भएको वैचारिक बहसमा २५ वर्षपछिको जनकपुरधामका बारेमा चर्चा भएको छ । जनकपुरधामको गङ्गासागर डिलमा भएको बहसअन्तर्गत पहिलो सत्रका वक्ताहरूले २५ वर्षपछिको जनकपुरधामबारे चर्चा गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आँबुखैरेनी गाउँपालिकामा कार्यरत ६ जना कर्मचारीलाई सम्मान गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–११, बालगङ्गामा छ दिनअघि गाडिएको युवतीको शव खाल्डोबाट निकालेर परीक्षण गरिने भएको छ ।